शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राधा लुइटेल
फिदिम, फागुन १० गते । पाँचथरमा निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई पोसाक उपलब्ध गराइएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरसहितका सुरक्षा एकाइले आइतबार उनीहरूलाई पोसाक वितरण गरेका हुन् ।
पोसाकसँगै जुत्ता, मोजा र टोपीलगायतका सामग्री वितरण गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय पाँचथर र सशस्त्र प्रहरी बलको हिमशिखर गुल्मसहित विभिन्न १० वटा प्रहरी चौकीमा तालिम दिएर म्यादी प्रहरीलाई कार्यक्षेत्रमा खटाइएको छ । उनीहरूलाई सम्बन्धित प्रहरी एकाइमार्फत नै पोसाक उपलब्ध गराइएको हो ।
जिल्लामा कुल एक हजार २२७ जना म्यादी प्रहरी भर्ना गरिएको छ । जसमा महिलाको सङ्ख्या दुई सय हाराहारी रहेको प्रहरीले जनाएको छ ।