• ११ फागुन २०८२, सोमबार

बसको ठक्करले एक बृद्धाको मृत्यु

blog

गुणबहादुर रोका 

सुलीकोट, फागुन १० गते । गोरखाको गोरखा नगरपालिका –१२ स्थित दशकिलो बजारमा यात्रुबाहक बसको ठक्करबाट ९५ बर्षिय बृद्धाको मृत्यु भएको छ । 

शनिबार दिउँसो ३ बजे काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ना ५ ख ५०३० नम्बरको बसले ठक्कर दिदाँ स्थानीय सुकमायाँ लामालाई गम्भीर चोट लागेको थियो । बृद्धा लामाको दाहिने खुट्टामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

गम्भीर घाइते लामालार्इं तत्काल स्थानीय र प्रहरीको सहयोगमा प्रदेश अस्पताल गोरखामा उपचारको लागि लगिएको थियो । गोरखा अस्पतालमा शनिबार साँझ उपचारको क्रममा बृद्धा महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । 

प्रहरीले चालक र सवारीसाधनलाई नियन्त्रणमा लिएर घट्नाबारे आबश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।