• १३ साउन २०८१, आइतबार

जीवन सन्देश

blog

म सूर्य

म ताप

म जीवन स्रोत

म अस्ताउँदिनँ  

मेरो निरन्तरको यात्रा

एक महाद्वीपदेखि अर्को

एक महासागरदेखि अर्को

मेरो अविरल यात्रा

मेरो पहिचान !  


तिम्रो महादेशमा अँध्यारो हुँदा

म अर्को महादेशमा उज्यालो छरिरहेको हुन्छु  

मेरो अनुपस्थितिले जन्माएको त्यो अँध्यारोको पल

तिम्रो विश्रामको पल हो   

तिम्रो विश्राम अवधिको समाप्तिपछि  

पुनः आउँछु प्रातः बनेर

प्रत्येक बिहान  


तिमी

मेरो प्रकाशको अर्थ नबुझेर

झ्याल र ढोका लगाउँछौँ

मेरा किरणलाई  रोक्न

अनेक प्रयास गर्छौं

अनि लम्पसार सुती रहन्छौ

काखीमा मिठा सपना च्यापेर  


निरन्तरको मेरो अविरल यात्रा

कहिलै रोकिँदैन  

म अजर म अमर  

हिमाली डाँडाबाट रातो वर्णलिएर

झुल्किन्छु तिम्रो देशमा  

तिम्रो दिवा यात्रा प्रारम्भ भएको शङ्खनाद गर्दै     

कोठामा लम्पसार सुतिरहेका तिमीहरूलाई

मेरो आगमन र प्रस्थानको कुनै आभास हुँदैन 

सूर्योदयको जीवन्तता र सूर्यास्तको रहस्यबारे

तिमीहरूलाई कहिल्यै चासो भएन   

मात्र लज्जाहीन मुद्रामा

प्रश्न गरिरहन्छौ

आफैँसँग । तिम्रो दिवा यात्रा प्रारम्भ भएको शंखनाद गर्दै     

कोठामा लम्पसार सुतिरहेका तिमीहरूलाई

मेरो आगमन र प्रस्थानको कुनै आभास हुँदैन 

सूर्योदयको जीवन्तता र सूर्यास्तको रहस्यबारे

तिमीहरूलाई कहिलै चासो भएन   

मात्र लज्जाहीन मुद्रामा

प्रश्न गरि रहन्छौ

आफैसँग