• १३ साउन २०८१, आइतबार

बटुवा

blog

म आज पनि त्यहीँ छु यात्री

कुर्दै छु थाह छैन कसलाई

यो निरवतामा

यो शून्यतामा 

आँखाका परेलाहरू

न झिम्क्याई

सास रोकेर

मुटुका ढुक ढुकी थामेर 

कोटि आए

कोटि गए

कोही क्षणिक माया दर्साई

बटुवाको प्रीत वर्षाई

तर सब कहाँ गए

मेरो कोही भनेन्

मेरो कोही भएन

थाह छैन यी नयन

तै पनि

कसको प्रतीक्षामा छ ?