म्याग्दी जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ आजभन्दा करिब छ सय वर्षअघि राजाले बसालेको नियम अझै मान्ने गरिन्छ। पन्ध्रौँ शताब्दीको मध्यतिर यहाँका एक राजाले समाजमा बसालेको नियम अझै जीवित छ। धार्मिक संस्कारयुक्त समाज निर्माणका लागि बाइसे/चौबिसे राज्यका पालामा राजा दिलीपबम मल्ल (डिम्बबम) ले पुलाको गाजने गाउँमा मदिरा सेवन नगर्ने, सुगुर, बङ्गुर, कुखुरापालन र काटमार गर्न नपाइने नियम बनाएका रहे छन्।
स्थानीय पालिका, विपद् व्यवस्थापन प्रहरी जनशक्ति र चिनियाँ कम्पनीसँगको समन्वयमा दुई डोजरको सहायताले पहिरो हटाएर राजमार्ग सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग विगत एक सातादेखि अवरुद्ध हुँदा पहाडी जिल्लामा डिजेल, पेट्रोल र एलपी ग्यासको अभाव भएको छ। पहिरोका कारण कैलालीको गोदावरी नगरपालिका–४, बुढीतोला क्षेत्रको सडकखण्ड अवरुद्ध भएको हो।
निरन्तर वर्षा जारी रहेपछि कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ । चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह नौ मिटर ३३ सेन्टिमिटर पुगेको छ ।
धनगढी उपमहानगरपालिका–८ स्थित तौलाहा ताल परिसरमा दुई करोड ३४ लाख ८५ हजार रुपियाँ लगानीमा बनाइएको संरचना बेवारिसे बनेको छ। तालको संरक्षण, सौन्दर्यीकरण र पर्यटन विकास गर्ने उद्देश्यका साथ उपमहानगरपालिकाले सो संरचना बनाएको हो। तर, बनेको संरचना बेवारिसे भएको छ। ठुलो लगानीमा बनेको संरचनाको रेखदेख हुन नसक्दा तोडफोड हुन थालेको छ। गेटका पर्खाल, बस्ने ठाउँलगायत तोडफोड गरिएको छ। ताल वरिपरि लगाइएको टायल भासिन थालेको छ।
बैतडीको पाटन नगरपालिका–८, खोड्पेका कृष्ण विष्ट र कलावती भण्डारी विष्टले ४० रोपनी क्षेत्रफलमा लगाएको करिब दुई सय क्विन्टल बन्दा बारीमै कुहिएको छ। बजारीकरण तथा ढुवानीको समस्याका कारण बन्दा बारीमा कुहिएको हो। पेसाले शिक्षकसमेत रहनुभएका विष्ट दम्पती स्थानीय ज्ञानेश्वर माध्यमिक विद्यालयमा पठनपाठन गराउनुहुन्छ। शिक्षण पेसाबाट बचेको समय सदुपयोग गर्दै बाँझो जमिनमा तरकारी खेती गर्दै आउनुभएको छ। स्थानीय बन्दाले बजार नपाउँदा चार लाख रुपियाँ घाटा भएको विष्टले बताउनुभयो। आलुबाट भने राम्रो फाइदा हुने गरेको छ। बजारमा १० रुपियाँ किलोका दरले समेत बन्दा बिक्री नहुँदा बारीमै कुहिएको हो।
बाजुराको हिमाली क्षेत्र जगानाथ, बुढीनन्दा र स्वामिकार्तिकलगायतका अधिकांश ठाउँका स्याउ पाक्ने समय भएको छ। स्याउ पाक्ने बेला सडक अवरुद्ध हुँदा समस्या भएको छ। गाउँमा स्याउ पाक्ने बेला भयो तर बजारसम्म लैजाने बाटो बन्द भएपछि कसरी बिक्री गर्ने चिन्ता लागेको कृषक कर्चेन थापा भोटले बताउनुभयो। प्रत्येक वर्ष बर्खाको समय बाटो बन्द हुन्छ, गाउँमा स्याउ पाक्न सुरु हुन्छ। अनि ती स्याउ बजारसम्म लिएर बिक्री गर्न निकै समस्या हुने गरेको उहाँको भनाइ छ।
लगातारको वर्षा सँगै आइतबार राती हिमालपारिको जिल्ला मुस्ताङको काग खोलामा आएको बाढीले बाढीले ३१ वटा भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ । क्षति भएको भवन तथा भौतिक संरचना, पशु चौपाया एवम् सवारी साधनको क्षति हेर्दा एक अर्ब हाराहारीको क्षति हुन सक्ने अनुमान गरिएको छ ।
भीमदत्त नगरपालिका–१३ ले घरका छाना विस्थापित गरी पक्की घर बनाउने योजना सार्वजनिक गरेको छ। सो योजनाले खर र फुसका झुपडीमा बस्दै आएका १८ घरपरिवार लाभान्वित हुने छन्। वडाध्यक्ष रामचन्द्र बोहराले कच्ची घर विस्थापित गरेर पक्की घर बन्न लागेको जानकारी दिनुभयो। सोनापुर टोलको अति पिछडिएको बस्ती विपन्न बस्तीका नामले परिचित छ। सो बस्तीका १८ र वडाभित्र अन्य गरी जम्मा ३० घरपरिवार कच्ची फुसका घरमा बसोबास गर्दै आइरहेका छन्।
सिन्धुली जिल्लाको दुधौली नगरपालिका–२, हत्पते लङ्गुर खोलाको मधुगङ्गा महादेव मन्दिर पछिल्लो समयमा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
घुमनी थारू ७२ वर्ष पुग्नुभयो । उमेरका हिसाबले आराम गर्नुपर्ने अवस्था भए पनि घुमनीको जोसजाँगरले विश्राम लिएको छैन । बुढ्यौली उमेरमा पनि उहाँका हात खाली छैनन् । पुख्र्र्यौली सिपयुक्त घुमनीका हातले ढकिया बुन्न थालेको छ दशक बित्यो । जसले अझै निरन्तरता पाइरहेको छ । खेतबारी, मेलापात, चुलोचौकोबाट बचेको समयमा घुमनी आकर्षक ढकिया बुन्नुहुन्छ । सानै उमेरदेखि सिप सिक्नुभएकी घुमनीले हजारौँको सङ्ख्यामा ढकिया बुनिसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “उमेरमा त दुई/तीन दिनमै एउटा ढकिया बुन्थेँ । अहिले १२/१३ दिनमा एउटा बुन्ने गरेको छु ।
पश्चिम सुर्खेतको वराहताल गाउँपालिकाको आफ्नै कार्यालय भवन छैन । स्थानीय सरकार सञ्चालनको सात वर्ष पुगिसक्दा पनि पालिकाको भरपर्दो भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन । साँघुरो र जीर्ण भवनबाटै गाउँपालिका धानिएको छ । साबिकको कुनाथरी गाउँ विकास समितिको पुरानो भवनबाट पालिकाले सेवा दिँदै आएको छ । गाउँपालिका मात्र होइन कतिपय वडा कार्यालय पनि भाडाका भवनमै छन् । पुराना भवनबाट सेवा प्रवाह गरिरहेका छन् । जीर्ण अवस्थाको भवनबाट काम गरिरहेको गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार कार्यालय नै भरपर्दो नभएपछि दैनिक कार्यसम्पादन गर्न असहज भइरहेको छ ।
रुकुमपश्चिमका विभिन्न स्थानमा एक लाखभन्दा बढी बिरुवा रोपिएका छन् । डिभिजन वन कार्यालय रुकुमपश्चिमले निःशुल्क र अनुदानमा उपलब्ध गराएका एक लाख १७ हजार ७४१ बिरुवा आर्थिक वर्ष २०७९/८० मा रोपिएका हुन् । कार्यालयका निमित्त वन डिभिजन प्रमुख शेरबहादुर परियारका अनुसार विभिन्न प्रजातिका सात हजार ८२३ वटा बिरुवा निःशुल्क र एक लाख नौ हजार ९१८ वटा बिरुवा अनुदान कार्यक्रम अन्तर्गतबाट रोपिएको हो । निःशुल्क वितरण गरिएका बिरुवा विभिन्न सार्वजनिक क्षेत्र, अतिक्रमित क्षेत्र, निजी क्षेत्र, सडक किनारा र सामुदायिक वन क्षेत्रमा रोपिएको बताइन्छ । कार्यालयले सञ्चालन गरेका विभिन्न पाँच वटा कार्यक्रम अन्तर्गत कपुर, बेल, गुलमोहर, लप्सी, कल्की, सिसौ, बकाइनो, तेजपात, छतिवन, देवदार, टिमुर, सल्लोलगायत बिरुवा निःशुल्क वितरण गरेको थियो ।
रोजगारीका लागि कोरिया जानुभएका गमबहादुर कुँवरले बाख्रापालन गरेको देखेर आफ्नो गाउँठाउँ सम्झनुभयो । उहाँले मनमनै स्वदेश फर्किएपछि त्यस्तै व्यवसाय सञ्चालन गर्ने सोच बनाउनुभयो ।
केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।