निरन्तर वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण बर्दियामा दुई सय ७३ घरधुरी डुबानमा परेको छ ।
पाँचथरको सदरमुकाम फिदिममा रहेको फिदिम मावि खेल मैदान निर्माण कार्य अलपत्र भएको छ । खेल मैदान नहुँदा यहाँ आयोजना हुने खेलकुदका गतिविधि ठप्प भएका छन् ।
बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् ।
नेपालमा महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदान गरिए पनि पितृसत्तात्मक सोचका कारण छोराको चाहनाले लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्तिले जन्मिएका शिशुमध्ये छोराको सङ्ख्या धेरै भएको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषामा पर्खाल लगाए बापत रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिने दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नेपालमा उत्पादित वस्तुको निर्यातका लागि भन्सार जाँचपास प्रक्रिया सहज बनाइनुपर्ने र अवैध चोरी पैठारी रोकिनुपर्ने सुझाव निजी क्षेत्रले दिएको छ ।
बर्सेनि बर्सातका दिनहरूमा डुबानबाट आक्रान्त हुँदै आएका मोरङको विराटनगरवासी यसपटक हर्षित छन् । यस वर्ष ढिलो वर्षा सुरु भए पनि पछिल्ला केही दिनदेखि भइरहेको भारी वर्षामा पनि विराटनगर क्षेत्रमा डुबानको समस्या कहीँ कतै देखिएको छैन ।
नेकपा (माओवादी केन्द्र) ले सङ्घीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय बैठकमा सरकार फेरबदलको विषयमा छलफल नभएको बताउनुभएको छ ।
हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा ९३ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । बितेका एक सय वर्षमा यति भीषण एवम् भयावह अवस्था अमेरिकी जनताले गर्नुपरेको थिएन ।
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सभाको बैठक तत्काल राख्न माग गरेको छ ।
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बालुवाटारमा केही बेरदेखि जारी रहेको छ ।
नेपाल शिक्षक महासङ्घले गुल्मीका सबै स्थानीय तहमा धर्ना दिएको छ । यस जिल्लामा रहेका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहमा तीन घण्टा धर्ना दिएको नेपाल शिक्षक महासङ्घ गुल्मीका अध्यक्ष हिरासिंह सराङ्कोटीले जानकारी दिनुभयो ।
सुर्खेत तथा नेपालगन्जबाट कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडान ठप्प भएको छ । मौसम खराबीका कारण लामो समयदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन कायम गर्न र सेवा प्रवाहलाई गुणस्तरीय बनाउन अब कुरा होइन काम गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।