धान रोपाइँ गर्न खेतमा जडान गरिएको आधा दर्जन भन्दा बढी विद्युतीय मोटर र दमकल चोरी भएको छ । महागढीमाई नगरपालिका वडा नं. ३ र १० बाट मोटर र दमकल चोरी भएको पीडित किसानले बताएका छन् ।
एक साता देखिको निरन्तरको वर्षा सोमबार पनि निरन्तर हुने जनाएको छ । सोमबार बिहानै देखि वर्षा भई रहेको छ भने दिनभर देश भरी भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।
युवा अदम्य शक्ति र साहसका पुञ्ज हुन् । ती देशका आशा र भरोसा हुन् । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्तिसमेत हुन् तर त्यस्ता नेपाली युवा आफैँ अन्योलमा छन् । युवाको अपार ऊर्जा आत्मसात् गरी व्यवस्थापन र परिचालन गर्दा मुलुकको कायापलट हुन्छ । त्यसैले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवामा रहेको ज्ञान, सिप, दक्षता र अनुभव प्रयोग गरी दिगो विकास लक्ष्य हासिल गर्न र समतामूलक अनि शान्तिपूर्ण समाज निर्माण गर्न केन्द्रित हुने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले २४ औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनु भएपछि तीन वटा ठुला काण्डका छानबिनमा सरकार लागेको छ । दुई वटा पुरानै घटना हुन् भने एउटा नयाँ घटना थपिएको छ । यी घटनासँग जोडेर संसद्का गतिविधि स्वाभाविक रूपमा अगाडि बढ्न पाएका छैनन् । प्रतिपक्षका लागि सरकारलाई कमजोर बनाउने मुद्दामा यी घटना सहयोगी बनेका छन् । खासमा बनाइएका छन् । यी घटनाको टुङ्गो सरकारले कसरी लगाउँछ ? वा विगतमा जस्तै केहीलाई दोषी
सप्तकोशी नदीमा ११ वर्षकै पानीको बहाव उच्च मापन गरिएको छ । आज बिहान ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजको ५६ वटै ढोका खोलिएको छ ।
कोरोना जस्तै फैलियो डेङ्गु भन्दै डेङ्गुको त्रासले दिउँसै मानिसहरू झुलभित्र बस्न र सुत्न थालेका छन् । हाल देशका धेरै जिल्लामा डेङ्गु सङक्रमण फैलिरहेको र बढ्दै छ । जेठको तेस्रो सातायता धरानमा मात्र परीक्षण गरिएकामा ६० प्रतिशतमा सङक्रमण र सङ्क्रमितमध्ये नौ जनाको ज्यान गइसकेको छ । विशेषत छोराछोरी विदेशमा भएका तथा आफू दीर्घरोगी भएकाहरू दिनभर नै झुलमा बसी राति बाहिर निस्केर दैनिक काम गर्ने, फेरी झुलमा सुत्ने गरेका छन् । सङ्क्रमण फैलिएपश्चात् झुल ५० प्रतिशत, प्यारासिटा
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेश सभाको बैठक तत्काल बोलाउन माग गरेको छ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले आइतबार संसदीय दलको कार्यालय, हेटौँडामा आयोजना ग
रुकुम पश्चिममा एक महिलाको हत्या आरोपमा पक्राउ परेकी २३ वर्षीया सिर्जना बुढा बोहराले त्यस अघि पनि महिलाको हत्या गरेको बताइएको छ । गत बिहीबार मुसिकोट नगरपालिका १ सल्लेकी एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेकी सिर्जनाले पाँच वर्ष अघि अर्की महिलाको पनि हत्या गरेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार एक युवतीले दुई महिलाको हत्या गरेको रहस्य खुलेको हो ।
यता केही महिनादेखि ब्याजदरको चर्चा चुलिएको छ । खास गरी गत मङ्सिरमा भएको निर्वाचनपछि बनेको वर्तमान सरकारले ब्याजदरलाई तल ल्याउने प्रतिबद्धता गरेको थियो । सोही अनुसार नीति र कार्यक्रम ल्याउने प्रतिबद्धतासँगै केन्द्रीय बैङ्कलाई लचिलो मौद्रिक नीतिको दबाब पर्दै आएको थियो । विगत सात, आठ महिनामा ब्याजदर क्रमशः तल आउन पनि थालेकै हो तर निजी तथा व्यावसायिक क्षेत्रको चाहना अनुसार अहिले पनि ब्याजदर तल आउन सकेको छैन । बैङ्क तथा वित्तीय क्षेत्रमा झन्डै चार खर्बको तरलता मौजुद रहेको देखिँदै छ तर पनि फेरि ब्याजदरको रेखाचित्र उँभो लाग्ने सङ्केत देखिन थालेको छ । निक्षेप लिन बैङ्क तथा वित्तीय संस्थाबिच कडा प्रतिस्पर्धा छ । भदौदेखि ब्याजदर दोहोरो अङ्कतिर विचरण गर्ने वातावरणले लगानी चुनौती थपेको छ ।
भर्खरै सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा थुप्रै सवाल उठाइएको छ । पाँच दिनसम्म चलेको बैठकमा पार्टी र आन्दोलन बनाउने सन्दर्भमा विभिन्न कोणबाट छलफल भएको थियो । प्रायः अधिकांश सदस्यको मर्म र भावना भनेको पार्टी आन्दोलन कमजोर भयो भन्ने नै थियो । यसलाई हामी सबै रूपान्तरण भएर सुदृढ गर्नु पर्दछ । हामी सबै बिग्रियौँ नेता पनि बिग्रिएका छन्, भन्नेमा सबैको एकमत देखिन्थ्यो । हाम्रो उठबस, जीवनशैली र कार्यशैली बिग्रियो । पद
दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्था दमकले ‘रुपियाँ एक सेवा अनेक’ कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार २७ औँ वार्षिकोत्सव तथा २९ औँ साधारण सभाको पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गर्दै यो कार्यक्रम सार्वजनिक गरेको हो ।
रोजगारीका लागि कोरिया जानुभएका गमबहादुर कुँवरले त्यहाँ बाख्रापालन गरेको देखेर आफ्नो गाउँठाउँ सम्झनुभयो । उहाँले मनमनै स्वदेश फर्किएपछि त्यस्तै व्यवसाय सञ्चालन गर्ने सोच बनाउनुभयो ।
निजी ऊर्जा उत्पादकहरूको संस्था स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) ले विद्युत् खरिदबिक्री सम्झौतासम्बन्धी नीतिगत परिवर्तन गर्ने नेपाल विद्युत् प्राधिकरणको प्रयासलाई सराहनीय भनेको छ । आइतबार इप्पान सचिवालयमै पत्रकार सम्मेलन गरी इप्पान पदाधिकारीले विद्युत् खरिदबिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत व्यवस्थासम्बन्धी प्रतिवेदनले विद्यु्त् खरिदबिक्री सम्झौताका विद्यमान जटिलता हटाउने र नयाँ आयोजना निर्माणलाई समेत प्रवर्धन गर्ने निष्कर्ष सार्वजनिक गरेका हुन् ।
मुग्लिन–पोखरा सडक विस्तारमा ढिलाइ हुँदा पर्यटन व्यवसायी मारमा परेका छन् । एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा सडक सुधार आयोजना अन्तर्गत सडक स्तोन्नति कार्यमा ढिलाइ हुँदा पर्यटन क्षेत्रमा मर्का परेको व्यवसायीको गुनासो छ ।