सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले दलित सशक्तीकरण ऐन कार्यान्वयन गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।
अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढङ्गले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताउनुभएको छ ।
झोलुङ्गे पुलको जिल्लाले परिचित बागलुङमा अहिले पनि नागरिकहरू जोखिम मोलेर काठको फड्के तर्न बाध्य छन् ।
धादिङको उत्तरी क्षेत्रमा पर्ने गङ्गाजमुना गाउँपालिका–१स्थित रिगाउँ पहिराको जोखिममा परेको छ । गाउँ माथिबाट पहिरो झर्ने खतरा बढेपछि स्थानीयवासी त्रस्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हन्ना सिंगर ह्यम्डीबीच शिष्टाचार भेट भएको छ ।
अविरल वर्षाका कारण अवरुद्ध मेलम्ची नगरपालिका– ११ स्थित सिमखेतमा सडक सञ्चालनमा आएको छ । मेलम्ची-हेलम्बु सडक अन्तर्गतको सिमखेतमा आइतबार आएको बाढीका कारण सडक अवरुद्ध भएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले महोत्तरीका डा. रञ्जितकुमार यादव नक्कली शैक्षिक प्रमाणपत्र कीर्तेका वास्तविक प्रतिवादी नभएको पाइएपछि छाडिएको स्पष्ट पारेको छ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज स्वदेश फर्किनुभएको छ । युरोपमा भएका पार्टी सम्बद्ध विभिन्न कार्यक्रममा सहभागी भई उहाँ आज स्वदेश फर्किनुभएको हो ।
उत्तर कोरियाली नेता किम जोङ उनले आगामी हप्ता दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त अभ्यासको तयारी गरिरहेका बेला प्रमुख हतियार कारखानाको भ्रमणका क्रममा क्षेप्यास्त्र उत्पादनमा ‘व्यापक वृद्धि’ गर्न निर्देशन दिनुभएको छ ।
दुधौली नगरपालिका–१३ अरुणठाकुर निवासी पुनाकुमारी मगरको घरको छानोमा यतिखेर रङ्गिन रातो जस्तापाता टल्किएको छ ।
बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।
अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महत अहोरात्र दौडधुप गरिरहनुभएको छ । मन्त्री डा. महतको एकमात्र अर्जुनदृष्टि भनेको देशको अर्थतन्त्रलाई चलायमान बनाउनु हो ।
सौरमास अनुसार साउनको अन्तिम सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
रुपन्देहीमा घरेलु हिंसामा वृद्धि भएको पाइएको छ । पछिल्लो ६ वर्षमा रुपन्देहीमा दुई हजार ७८१ घरेलु हिंसाविरुद्धका उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।