आइतबार बेलुका देखि कागखोलामा आएको बाढीले कागबेनी क्षेत्रमा रहेका ४८ भवनमा क्षति पुर्याएको छ । बाढीले गर्दा प्रहरी चौकी, मन्दिर, धर्मशाला लगायतका भौतिक संरचनामा क्षति भएको हो ।
नेपाल चिकित्सक सङ्घले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले डा.रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव र मान मर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरेको भन्दै आपत्ति जनाएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको एकनिष्ठ उद्देश्यमा अगाडि बढिरहेको बताउनुभएको छ।
तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । बिहीबार राति बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो जाँदा कोरिडोर अवरुद्ध भएको थियो ।
सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग एक सातादेखि अवरुद्ध हुँदा कञ्चनपुरमा तरकारीको भाउ आकासिएको छ ।
प्युठानको झिमरुक गाउँपालिकाले अपाङ्ग भएका नागरिकहरूलाई पहिचान गर्दै घरघरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण कार्यलाई निरन्तरता दिएको छ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी रहेको छ ।
नारायणी नदीले कटान गरेको क्षेत्रमा तत्काल मर्मतको काम सम्पन्न गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आग्रह गर्नुभएको छ । भरतपुर-२७ को न्यूरेचोकमा आइतबार नारायणी नदीले कटान गरेपछि आज स्थलगल निरीक्षणका क्रममा उहाँले आग्रह गर्नुभएको हो ।
भक्तपुरमा गुन्हुँपुन्ही (जनैपूर्णिमा) भदौ १३ गते र सापारु (गाईजात्रा) भदौ १४ गते मनाउने निर्णय गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई समाजवादी मोर्चाको प्रतिनिधित्व एवम् पार्टी एकताबारे वार्ता गर्ने जिम्मेवारी दिइएको छ ।
सप्तकाेशी नदीमा पानीको बहाव उच्च मापन गरिएसँगै सप्तकोशी कोरिडोर आसपास क्षेत्रमा बसोबास गर्ने स्थानीयमा डर र त्रासले डेरा जमाउन थालेको छ ।
बेल्जियमको क्यासेल्लोमा २९औँ विश्व आदिवासी दिवस भव्यताका साथ सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियमको आयोजनामा आइतबार विश्व आदिवासी दिवस सम्पन्न भएको हो ।
सकारात्मक प्रयासका बाबजुद अर्थतन्त्रमा अपेक्षित सुधार देखिन नसकेपछि सरकारले निजी क्षेत्र, दातृ निकाय, विकास साझेदार, नियामक निकायलगायत सरोकारवाला क्षेत्रसँग छलफल थालेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गौरव बस्नेतलाई नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ ।