ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ । विसं २०६९ को मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणका सन्दर्भमा पौडेलसँग जानकारी लिइएको सिआइबीले जनाएको छ ।
जिल्लाको सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बेदकोट नगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र लिङ्गेश्वर धाम संरक्षणका लागि तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय गौरवको हुलाकी राजमार्गको हालसम्मको प्रगति ९१ प्रतिशत पुगेको छ । हालसम्मको भौतिक प्रगति र वित्तीय प्रगति दुवै ९१ प्रतिशत पुगेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।
आँखा पाक्ने रोग लागेपछि हेटौँडा सामुदायिक अस्पतालमा उपचार गराउनेको सङ्ख्या बढ्दै गएको छ । आँखा रातो हुने, चिलाउने, दुख्ने र आँखाबाट पानी आउने गरेपछि उपचार गराउनेको सङ्ख्या अहिले अत्यधिक भएको अस्पताल प्रशासनले जनाएको छ ।
हङकङ, साउन २९ गते । सोमबार भारत क्षेत्रको निकोबार टापुमा ६.१ म्याग्निच्युडको भूकम्प गएको जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले जनाएको छ ।दश किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रविन्दु प्रारम्भमा ९.८६ डिग्री उत्तर अक्षांश र ९३.०२ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ । रासस/सिन्ह्वा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने बताउनुभएको छ।
गण्डकी प्रदेश सरकारले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट विस्थापित एवं प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने भएको छ ।
अविरल वर्षासँगै पहिरो गएपछि दुई दिनदेखि अवरुद्ध मदनभण्डारी राजमार्ग आज साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडकखण्ड शनिबार रातिदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो ।
नक्कली भूटानी शरणार्थी बनाई अमेरिका लैजाने लोभ देखाएर रकम ठगी गरेको घटनाका थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् ।
कर्णाली नदीमा चेतावनी तह नजिक पुगेको पानीको सतह घट्न थालेको छ ।
मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा ६० किलो सात सय ८९ ग्राम फेला परेको छ ।
काठमाडौँ महानगरपालिकाले समयमा नै डेङ्गी सङ्क्रमण बढ्न नदिनका लागि पूर्वतयारी गरेकाले विगतको तुलनामा यस वर्ष सङ्क्रमितको सङ्ख्या न्यून रहेको जनाएको छ ।
त्रिवेणीमा क्याराभान कन्स्ट्रक्सनले गरिरहेको पक्की पुलको निर्माण कार्य अवरुद्ध भएको छ । पुल निर्माणस्थलमा भेरीनदी र जगदुल्ला नदीको बहाव बढेर बाढीको उच्च जोखिम भएपछि निर्माण कार्य अवरुद्ध भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खोटाङ कलाकारहरू उत्पादन गर्ने नर्सरी भएको बताउनुभएको छ ।