सरकारले मुलुकको ऊर्जा क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर केही महत्त्वपूर्ण विषय अगाडि सारेको छ ।
मकवानपुर बकैया गाउँपालिका ११ मा अविरल वर्षापछि आएको पहिरोका कारण तीन घर जोखिममा परेको छ ।
नेकपा (एमाले) का केन्द्रीय सदस्यद्वय केशव स्थापित र प्रमोद नारायण यादवको ठाउँमा दुई सदस्य मनोनीत हुनुभएको छ ।
रुसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा २७ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् ।
पोखरा उपत्यकाभित्र सञ्चालन हुने सबै ट्याक्सीहरू मिटरमा चल्ने भएका छन् । पोखरा क्षेत्रभित्र सञ्चालन हुने ट्याक्सीहरू भदौ १ गतेदेखि अनिवार्य मिटरमा चल्नुपर्ने यातायात व्यवस्था कार्यालय कास्कीले जनाएको छ ।
चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
सोमबार यहाँ भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । उपचारका लागि अस्पताल लैजाँदै गर्दा एक घाइतेको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिमाली जिल्ला मनाङ आउने अवरुद्ध एकमात्र सडक चार दिनमा सञ्चालन भएको छ । सोमबारदेखि मौसममा सुधार आएपछि डुम्रे–बेँसीसहर–चामे सडक सुचारु भएको हो ।
मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
पश्चिम चितवनको मेघौली न्युरेनीमा नारायणी नदीले कटान गरेपछि अस्थायी सुरक्षा व्यवस्था मिलाइएको छ । भरतपुर महानगरपालिका–२७ र २८ को सिमानामा रहेको न्युरेनीमा
गुल्मीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ काल ढुङ्गा बस्ने भगवान् सिं ठकुरीको २१ वर्षीय छोरा को शैलेस सिं ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
भारत सरकारले रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि डिपीआर माग गरेपछि जनकपुधामका स्थानीय बासिन्दा हर्षित भएका छन् । स्थानीय बासिन्दा भन्छन्
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठक राखी मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट विस्थापित र प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गर्नुभएको छ। आइतबार रातिको बाढीले कागबेनी क्षेत्रका घर बगाउँदा सर्वसाधारण विस्थापित भएका छन् भने उनीहरूको दैनिकी पनि असहज बनेको छ।
पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तको खोस्ट सहरमा सोमबार भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ ।
कोशी प्रदेश सभाको बैठक भदौ १ गते दिउँसो बस्ने भएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव असार १५ गते अस्वीकृत भए लगतै अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बैठक ४५ दिनपछि बस्ने गरी सूचना प्रकाशित भएको छ ।