गण्डकी प्रदेश सभा बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । ‘बिजनेस’ नभएपछि बैठक दुईपटकसम्म स्थगन भएको थियो । आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
मङ्गलवार कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेकाले यसको प्रभावले हाल देशभर रहेको र आंशिकदेखि सामान्य बदली देशैभर रहेको महाशाखाले जनाएको छ ।
केही दिनअघिदेखि परेको अविरल वर्षाले लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा क्षति पु-याएको छ। बाढीले बगाएर मानवीय क्षतिका साथै पहिरोका कारण सडक अवरुद्ध भएका छन्। बाढीका कारण मानव बस्ती डुबानमा परेका छन्। नदीमा आएको बाढीका कारण बस्ती उच्च जोखिममा रहेका छन्।
त्रिशूली नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने दुईवटा झोलुङ्गे पुलमा क्षति पुग्दा विशेष गरी किसान र विद्यार्थीसमस्यामा परेका छन् ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिम र स्वास्थ्यमन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाहीको पश्चिमी भेगस्थित बागमती नदी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ ।
मोरङ कै सबैभन्दा होची महिला मालती ऋषिदेवलाई जिल्ला प्रशासन कार्यालय मोरङले जन्मसिद्ध नागरिकता प्रदान गरेको छ ।
असार १० भित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था भए पनि केही स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन् । बागमती प्रदेशका ११९ स्थानीय तहमध्ये धादिङको त्रिपुरासुन्दरी गाउँपालिका अझै बजेट पारित गर्न असफल भएको छ ।
फेदाप गाउँपालिका–५, इसिबुमा निर्माणाधीन स्वास्थ्य चौकी भवन ठेकेदारको लापरबाहीका कारण आठ वर्षदेखि अलपत्र छ । पाँचौँ पटकसम्म म्याद थप्दासमेत काम अगाडि बढेको छैन ।
लाखौँ रकम खर्चेर सडकको स्तरोन्नति गर्न कालोपत्रे गरिएको छ तर सडकको बिचैमा भएको रुख काटिएन । हेर्ने र देख्नेलाई समेत आश्चर्य लाग्न सक्छ ।
गत असार १४ गते गोरखा नगरपालिका–७, सतीपीपलस्थित राममाया शाहीको घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रूपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ। गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बरामद गरिएको घरका परिवारले उक्त ढुङ्गालाई कुल देवताको मानेर पूजा गर्दै आएको र यसलाई गोर्खाली जनताले पनि शक्तिको प्रतिकका रूपमा लिएकाले जिल्लाबाहिर नपठाउने निर्णय भएको जानकारी दिनुभयो।
देवचुलीस्थित देवचुली माध्यमिक विद्यालयमा आठ महिनासम्म पनि नयाँ विद्यालय व्यवस्थापन समिति बन्न नसक्दा शिक्षकले तलब पाएका छैनन्। गत पुस ३० गते विघटन विद्यालय व्यवस्थापन समिति विघटन भएको थियो। जसका कारण विद्यालय अस्तव्यस्त बन्न पुगेको छ। रजहरका समाजसेवी पबिन्दै जिसीले पटक पटक व्यवस्थापन समिति निर्माणका लागि छलफल र बैठक भए पनि राजनीतिक दाउपेचका कारण बन्न नसकेको बताउनुभयो।
लोकतन्त्रमा जनता सर्वोपरि हुन्। वर्तमान संविधानबमोजिम नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित छ। जनताले आफ्ना प्रतिनिधि चुनेर संसद्मा पठाएका हुन्छन् र तिनै प्रतिनिधिमार्फत त्यो सत्ता प्रयोग हुन्छ। यसर्थ संसद् जनताको विश्वास, आशा, भरोसाको केन्द्र हो। त्यो संसद्ले मुलुक सञ्चालनका लागि कानुन बनाउने, सरकारको निगरानी र परीक्षण गर्ने, सरकार गठन र विघटन गर्ने तथा वित्तीय नियन्त्रण गर्ने परम्परागत शास्त्रीय मात्र नभई संवैधानिक मान्यता छ। संसद्ले राष्ट्र« र जनतासँग सम्बन्धित विषय, विकास निर्माण, सुशासनसँग सम्बन्धित सवालहरूमा मार्गनिर्देशन गर्न सक्छ। य
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
कुनै पनि आवधिक निर्वाचन सम्पन्न भइसकेपछि निर्वाचन आयोगले सरोकारवालाहरूको सहभागितासहित यसको विस्तृत समीक्षा गर्दै आएको छ। गत वर्ष सम्पन्न तीनै तहका निर्वाचन र यस वर्षको वैशाख १० गते सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको पनि आयोगबाट समीक्षा गरिएको छ। आयोगले २०७९ साल मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रदेशगत समीक्षा कार्यक्रम आयोजना गरेको थियो। सो क्रममा प्रदेश १ को ताप्लेजुङ, मधेश प्रदेशको रौत
पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका बेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् ।