• १ जेठ २०८२, बिहिबार

बस्ती जोगाउन निर्देशन

blog

बागमती नदी कटान क्षेत्रको निरीक्षण गर्दै मन्त्रीसहितको टोली । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, साउन ३०  गते । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिम र स्वास्थ्यमन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाहीको पश्चिमी भेगस्थित बागमती नदी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । 

अविरल वर्षासँगै बागमतीमा आएको बाढीले विभिन्न स्थानमा कटान तथा डुबानको अवस्था सिर्जना भइरहेका बेला प्रदेश सरकारका मन्त्रीद्वय समिम र सिंहले बागमती नदी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको हो । उहाँहरूले बागमती नदीको हजरिया, महिनाथपुर, खैर्वालगायतको स्थानमा पुगेर नदीको कटान तथा बाढीको अवस्थाबारे जानकारी लिनुभयो । 

केही दिनदेखि वर्षा भइरहँदा सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा जल सतह बढिरहेको छ । सो सन्दर्भमा प्रदेशका दुई जना मन्त्री आएर स्थानीय प्रहरी प्रशासनसहित अनुगमन गरेर फर्किनुभयो । त्यस क्रममा मन्त्रीद्वयले सुरक्षा निकायका प्रमुखलाई अस्थायी तटबन्ध निर्माणमा जुटेर बस्ती तथा खेतबारी जोगाउने काममा लाग्न निर्देशन दिनुभयो । बागमती तथा लखन्देहीले कटान गरेको हजरिया, महिनाथपुर, खैर्वालगायतको स्थानमा अस्थायी तटबन्ध निर्माण भइरहेको छ ।