नेपाल क्रिकेट सङ्घ मोरङको अध्यक्षमा मोहम्मद सादबाबु निर्विरोध निर्वाचित हुनुभएको छ ।
नइ एकेडेमी अस्ट्रेलियाले विभिन्न विधाका उत्कृष्ट नारीहरूलाई ‘नइ नारी गौरवी पुरस्कार’ ९नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३ अवार्ड० द्वारा सम्मान गरेको छ।
निरन्तर भएको वर्षासँगै ठाउँ–ठाउँमा पहिरो र ढिस्को लड्दा पाँचथरको सदरमुकाम फिदिमदेखि रानिटार हुँदै लुङरुपा जाने सडक अवरुद्ध भएको छ।
स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको सेमिफाइनल खेलमा स्पेनले स्विडेनलाई २–१ गोलले हरायो ।
नेपालका उद्धव थापामगर र गुना गुरुङले अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा पदक जित्नुभएको छ ।
दुई वर्षअघिको बाढी पहिरोपश्चात् मनाङका अधिकांश स्थानमा भत्किएका संरचना निर्माण नहुँदा एक ठाउँबाट अर्को ठाउँ पुग्नै सकस भएको छ।
नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मङ्गोलियामा हुने इस्ट एसियन यूथ गेम्स २०२३ मा खेल सञ्चालन गर्नुहुने भएको छ ।
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत कार्यरत विभिन्न पदका स्वास्थ्य प्राविधिकमध्ये बाहिर जिल्ला र पालिकामा दरबन्दी रही कामकाजमा आएका ४४ जना कर्मचारीको काज फिर्ता भएको छ।
नेपाल हक्की सङ्घको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमा मंगलबारदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु भएको छ ।
गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ ।
तनहुँको व्यास नगरपालिकाले महिलाको स्वामित्वको नाममा जग्गामा घरनक्सा पास गर्दा राजस्व छुट दिने व्यवस्था गर्दा सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको छ ।
काठमाडौँ महानगरपालिकाले कपन खोलालाई पुनः खोलाकै स्वरूपमा ल्याउन पर्खाल निर्माण गर्न सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशित दिनुभएको छ ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्ने बताउनुभएको छ ।
देशभरि डेंगुको सङ्क्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् ।