मुलुकको अर्थतन्त्रलाई गति दिन सरकारले विभिन्न सुधारका कार्यक्रम ल्याउँदा अहिले अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुग्नबाट रोकिएको छ । मूलभूत परिसूचकले अर्थतन्त्र सहज अवस्थामा रहेको तर अझै सुधारका दिशामा जान अग्रसर हुनुपर्ने देखाएका छन् तर पनि बजार चलायमान हुन सकिरहेको छैन । अर्थतन्त्र चलायमान हुन नसक्नु भने अहिलेको गम्भीर विषय नै हो । सरकारले अर्थतन्त्र चलायमान बनाउन विभिन्न निकायसँग छलफल गरेको छ । सरकारको वित्तीय नीतिलाई सहयोग पुग्ने गरी नेपाल राष्ट्र बैङ्कले ल्याएका समयानुकूल मौद्रिक नीतिका कारण अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिएको छ । विप्रेषण, विदेशी मुद्रा सञ्चितिलगायतका क्षेत्रमा सुधारले झन्डै नौ महि
सुशासन प्रजातान्त्रिक शासन प्रणालीको अपरिहार्य अवयव हो । प्रजातन्त्र एउटा साधन र प्रजातान्त्रिक शासन प्रणाली प्रक्रिया हो भने सुशासन यसको अपेक्षित उत्पादन हो । राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउनु पर्ने सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रूपमा उपलब्ध गराई आमनागरिकलाई शासनको सुखद अनुभूति दिलाउने प्रक्रिया सुशासन हो । जनमुखी शासन प्रणाली, सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता, कानुनी राज्य, जवाफदेहिता, पारदर्शिता, नागरिकका न्यूनतम अधिका
संयुक्त राष्ट्रसङ्घले सन् २०२३ को अन्तर्राष्ट्रिय युवा दिवसका लागि ‘दिगो विश्वका लागि सिपयुक्त युवा’ भन्ने मूल नारा तय ग¥यो । यो नाराको भाव यदि विश्वलाई दिगो बनाउने हो भने युवालाई सिपयुक्त र दक्ष बनाउनु पर्छ भन्ने हो । अझ युवाका लागि हरित सिप (ग्रिन स्किल्स) अर्थात् वातावरणमैत्री सिपको विकास गर्नुपर्ने यस वर्षको युवा दिवसको मुख्य कुरो हो भनेर बुझ्न सकिन्छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
१. सरकारले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी फिर्ताको निर्णय कहिले गरेको हो ? विसं २०७० साउन २३ – यसअघि सरकारले चालु आर्थिक वर्ष (२०८०/८१) को बजेटमार्फत बोर्ड खारेजीको घोषणा गरेको थियो । – आत्मनिर्भरको अवस्थामा रहेको दुग्ध क्षेत्रलाई नियमन तथा अनुगमनका लागि बोर्ड आवश्यक देखिएकाले यसलाई खारेजी गर्न नहुने मन्त्रीपरिषद्ले निर्णय गरेको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
आर्थिक कूटनीति सञ्चालनका समस्या १. आर्थिक कूटनीति भनेको के हो ? नेपालमा विदेशी लगानी वृद्धि तथा निर्यात प्रवर्धन गरी आर्थिक समृद्धि हासिल गर्न आर्थिक कूटनीति सञ्चालनमा रहेका समस्या पहिचान गरी समाधानका उपाय प्रस्तुत गर्नुहोस् । मुलुकको आर्थिक हित प्रवर्धन गर्न द्विपक्षीय, क्षेत्रीय वा बहुपक्षीय तहमा हुने सम्पर्क, संवाद तथा साझेदारी विस्तार नै आर्थिक कूटनीति हो । परराष्ट्र नीतिको कार्यान्वयनमा मुलुकको आर्थिक हितलाई केन्द्रमा राखेर सञ्चालन गरिने सबै क्रियाकलाप आर्थिक कूटनीति अन्तर्गत पर्दछन् । आर्थिक कूटनीतिको सफल कार्यान्वयनका लागि स्पष्ट रणनीति, नीतिगत निरन्तरता, पर्याप्त
सरकारले एक घर एक घारा पुर्याउने लक्ष्य लिएर अगाडी बढीरहदाँ भीर कोट नगरपालिका २ केघाका स्थानीयले सरकारलाई चुनौती दिँदै घर घरमा धारा पुर्याएका छन् ।
सरकारले मुस्ताङमा भेल र पहिरोले पु-याएको क्षतिको तत्काल सम्बोधन गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारका तर्फबाट गर्नुपर्ने सबै पहल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिनुभएको छ। उहाँहरूबिच भएको छलफलका क्रममा देशका विभिन्न स्थानमा भारी वर्षाबाट ज्यान जोगाउन र विपत् सामना गर्नुपरेको मुस्ताङलगायत स्थानमा आवश्यक राहत तथा उद्धार व्यवस्था गर्न गृहमन्त्री श्रेष्ठलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिनुभएको हो। छलफलका क्रममा गृहमन्त्री श्रेष्ठले मुस्ताङमा भएको क्षतिको जानकारी दिँदै देशका विभिन्न स्थानमा सम्भावित क्षतिको न्यूनीकरणका लागि गृह मन्त्रालयले गरिरहेको पहलबारे प्रधानमन्त्री प्रचण्डसमक्ष बिफ्रिङ गर्नुभयो।
चलचित्र रङ्गेली ग्याङ्स्टर्स नाम परिमार्जन गरी ‘रङ्गेली’ राखिएको छ । निर्माण टिमले प्रेस वक्तव्य जारी गर्दै यसको नाम परिमार्जन गरेको जानकारी गराएको छ । वक्तव्यमा शीर्षकमा गरिएको परिमार्जनले हाम्रो समाजभित्र सकारात्मकता, एकता र सम्मानको वातावरण कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ । चलचित्रको छायाङ्कन हुने स्थान मोरङको रङ्गेलीमा भएको आपसी समझदारीबाट शीर्षक परिमार्जनको निर्णय गरिएको हो । त्यहाँका स्थानीय समुदायका अग्रजहरू तथा स्थानीय निकायबाट यस चलचित्रको शीर्षकमा परिमार्जनका लागि आग्रह गरिएको थियो । उहाँहरूको आग्रहलाई सम्मान गर्दै शीर्षक परिमार्जन गरिएको हो । यद्यपि, चलचित्रको स्क्रिप्टमा कुनै परिमार्जन गरिएको छैन ।
काठमाडौँमा दक्षिण एसियाली पुस्तक प्रदर्शनी आयोजना गरिने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा मङ्सिर ५ देखि १० गतेसम्म भृकुटीमण्डपमा प्रदर्शनी आयोजना गरिने जनाइएको छ । प्रदर्शनीमा चीन, अमेरिका, इजिप्टलगायत दक्षिण एसियाली मुलुकको सहभागिता हुने आयोजकले जनाएको छ ।
निर्देशक रामबाबु गुरुङले नयाँ चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’ घोषणा गर्नुभएको छ । आगामी नयाँ वर्षमा प्रदर्शनमा आउने चलचित्र कमेडी श्रेणीमा हुने छ । बाँसुरी फिल्म्सले बनाउने चलचित्रको स्लोगन ‘किन चाउरियो मरीच, आफ्नै रागले’ राखिएको छ । यसअघि चलचित्र आगामी दसैँमा प्रदर्शन हुने
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अवैध रकमसहित दुईजना चिनियाँ नागरिकलाई आज पक्राउ गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपत्यकामा जग्गा अधिग्रहण र सुकुम्बासी व्यवस्थापन पहल गर्न निर्देशन दिनुभएको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तीनकुनेमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा समस्या समाधान र उपत्यकामा सुकुम्बासी व्यवस्थापनसम्बन्धी बैठकमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभयो ।
गृह मन्त्रालयले नेपाल प्रहरीको सरुवा, बढुवा तथा पदस्थापनामा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागु गरेको छ। ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९’ अनुसार ठुलो सङ्ख्याका प्रहरी निरीक्षक सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको गृह मन्त्रालयले जनाएको छ। यो मापदण्ड कार्यान्वयनमा आएसँगै पहुँचवालाले लगातार अवसर पाइरहने र पहुँच नहुनेहरू अवसरबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य भएको मन्त्रालयले जनाएको छ।