भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ ।
नाम्खा गाउँपालिका – ६ को हिमालपारिको गाउँ लिमीमा दश महिनासम्म खाद्यान्न नपुगेको पाइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्षमा विनियोजित कोटाको खाद्यान्न ढुवानी गर्न नसकेपछि लिमीमा खाद्यान्न नपुगेको हो ।
कर्णाली प्रदेशका नौ जिल्ला बाढी र पहिरोको उच्च जोखिममा छन्। विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कर्णालीमा यो वर्ष विपत्बाट ३५ हजार ३३३ जना प्रभावित हुने अनुमान गरेको छ। आठ हजार ८५ घरधुरी बाढी, पहिरोको जोखिममा छन्। शनिबार र आइतबार निरन्तर वर्षा हुँदा भेरी र कर्णाली नदीमा पानीको बहाव बढेको छ। नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालयले निरन्तर वर्षा भइरहेको भन्दै सावधानी अपनाउन अपिल गरेको छ।
मौसम सुधारसँगै जुफाल विमानस्थलमा हवाई सेवा सुचारु भएको छ । लगातारको बर्सातका कारण नेपालगन्ज डोल्पा आउने जहाजको आकासी मार्ग अवरुद्ध भई छब्बीस दिन सम्म हवाई सेवा बन्द भएको थियो ।
पूर्वी गण्डक नहरको निर्माण अवधि समाप्त भएकाले त्यसमा बनाइएका करिब ८७ वटा सानाठुला संरचना भासिँदै गएका छन् । मध्य तराईको सिँचाइको एक मात्र पूर्वाधारका रूपमा रहेको गण्डक नहरको नियमित मर्मतसम्भार भए पनि निर्माण अवधि समाप्त भएको तथा नहर प्रयोजनका लागि बनाइएको सडकमा क्षमताभन्दा बढी भारका सवारीसाधन गुड्दा संरचना जीर्ण बनेर भासिँदै गएको हो ।
जुम्लाको सिँजा गाउँपालिकाले पालिकामा उत्पादित रैथाने बालीको खरिद र बजारीकरण गर्ने भएको छ। सिँजा गाउँपालिकाले रैथाने बाली बजारीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ। गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार गाउँपालिकामा उत्पादन हुने रैथाने बालीको संरक्षण, उत्पादन गरी किसानलाई सहजै बजारीकरणमा टेवा पु-याउन कम्पनीसँग शनिबार सम्झौता गरिएको हो। गाउँपालिका अध्यक्ष धिताल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।
एउटै सार्वजनिक जग्गा र भवनमा तीन वटा संस्थाको आँखा लाग्दा भोगाधिकारसम्बन्धी विवाद उत्पन्न भएको छ। हेटौँडा उपमहानगरपालिका–२ स्थित शिक्षा विकास तथा समन्वय एकाइ मकवानपुर रहेको भवन र जग्गामा समन्वय एकाइसँगै सिद्धार्थ माध्यमिक विद्यालय र हेटौँडा उपमहानगरपालिकाले आआफ्नै दाबी गरेपछि विवाद भएको हो।
नेपालको भारत सीमामा रहेको बिहार राज्यमा मादक पदार्थ सेवन र विक्री वितरणमा रोक लागेसँगै नेपालबाट भारतीय बजारमा मादक पदार्थ चोरी पैठारी बढेर गएको छ ।
वन पैदावारसम्बन्धी कसुर तथा मुद्दामा कानुनी समस्याका कारण समयमै न्यायिक निरूपण तथा छिनोफानो नहुँदा नुवाकोटमा लाखौँ मूल्यका सालका काठ कुहिएका छन् भने ढुवानीका साधन कवाडी बन्दै गएका छन् ।
युवा समूहले जानकी मन्दिर प्राङ्गणमा लगाइएको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको पोस्टर (ब्यानर) हटाएको छ । मास नामक युवा समूहले मन्दिर प्राङ्गणमा लगाइएको मुख्यमन्त्री यादवको ठुलो पोस्टर हटाएको हो ।
डोल्पाबाट आर्थिक वर्ष २०७९/८० मा छ क्विन्टल यार्सागुम्बा निकासी भएको छ । से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलिगाडका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार आर्थिक वर्ष २०७९/८० मा यार्सा सङ्कलकबाट यार्सापाटनमा प्रवेश गरेबापतको शुल्कबाट ८६ लाख ७७ हजार पाँच सय र २४० केजी यार्सागुम्बाको छोडपुर्जीबाट ७४ लाख ६३ हजार ४७० गरी एक करोड ६१ लाख ४० हजार ९७० रुपियाँ राजस्व उठेको छ ।
सर्लाहीको दक्षिणपूर्वी भेगस्थित सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिकाले निजी तथा सार्वजनिक जग्गामा वृक्षरोपण सुरु गरेको छ । ‘सबसे बडा धन, बेटी और वन’ भन्ने मूल ना
शून्य लागतमा खेतबारी सिँचाइ गर्न सकिने सौर्य पम्प प्रणाली अर्थात् ‘सोलार सिँचाई’ प्रति कचनकबल गाउँपालिकाले चासो दिँदै पुराना सोलार सिँचाइको मर्मतसम्भार सुरु गरेको छ ।
भजनी नगरपालिका कैलाली जिल्लाका अन्य पालिकाभन्दा फरक र छुट्टै विशेषता भएको पालिका हो। पूर्वमा पथरैया, पश्चिममा कान्द्रा, बिच भागमा काँडा नदी रहेका छन्। यी नदीहरू दक्षिणको मोहना नदी हुँदै कर्णालीमा मिल्छन् । कर्णाली नदी बढेमा मोहना नदी थुनिन्छ । मोहना थुनिएपछि पथरैया, काँडा र कान्द्राले पालिकाका सबै वडालाई डुबाउँछ । भजनी यस जिल्लाको पञ्चायतकालीन केन्द्र भए पनि अहिले भने अन्य सहरको तुलनामा ओझेलमा परेको छ । जिल्लाका अरू सहरी क्षेत्रले विकास
कैलाली जिल्ला अदालतले एक वर्षमा एक हजार ९७९ मुद्दा फर्स्योट गरेको छ। गत आर्थिक वर्षमा नयाँ दर्ता भएको र जिम्मेवारी सरेको गरी जम्मा तीन हजार ५९१ मुद्दा रहेको थियो। सो अदालतका अनुसार एक हजार ६१२ मुद्दा फर्स्योट हुन सकेन। त्यसको जिम्मेवारी चालु आर्थिक वर्षमा सरेको छ। नयाँ दर्ता भएको दुई हजार २०१ र अघिल्लो आवको जिम्मेवारी सरेर आएको पुरानो एक हजार ३९० मुद्दा गरेर गत आवमा साढे तीन हजारभन्दा बढी मुद्दा अदालतमा रहेका थिए।