सवारी चेकजाँचमा कडाइ गरेपछि कपिलवस्तुमा गाउँपालिका र प्रहरीवीच विवाद चुलिएको छ । साउन २६ गते आइतवार जनप्रतिनिधि निकटका सवारी चालकलाई कारवाही गरी जरिवाना तिराएपछि गाउँपालिका आक्रोशित भएको छ ।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले सङ्घीय निजामती सेवा ऐनको मस्यौदा एक हप्ता भित्र संसदमा पेश गर्ने बताउनुभएको छ ।
कैलालीको गोदावरी नगरपालिकाका कृषि अधिकृतले राजीनामा दिनुभएको छ । सेवाग्राहीसँग घुस मागेको आरोप लागेका कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिनुभएको हो ।
ताप्लेजुङको लोदेन क्षेत्रमा रहेको पदमचाल (केन्जो) फूल ।
कमलामाई नगरपालिका –९ बतासे निवासी किसान ठाकुरदास श्रेष्ठको घरमुनिको खेतमा रोपेको हरियो फिरेर हुर्किदै थियो । उहाँले उक्त खेतमा साउनको पहिलो सातामा रोपाइँ गर्नुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय मुगुको पहलमा आर्थिक वर्ष ०७९/०८० मा जिल्लाका पाँच जना गर्भवती महिलालाई हवाई मार्गबाट उपचारका लागि जिल्ला बाहिर पठाइएको छ ।
भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत साढे चार किलोमिटर सडक मर्मत गरिएको छ । गाउँपालिकाको संयोजनमा सञ्चालन भइरहेको ‘जनश्रमदान अभियान’मा जोडिएर स्थानीयले सडक मर्मत गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सुरक्षाको अवधारणा सामाजिक न्यायबाट वञ्चित उपेक्षित वर्गलाई राज्यको मूलप्रवाहिकरणमा ल्याउने मुख्य रणनीति रहेको बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिकाको नेतृत्वमा गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याउने कामले तीव्रता पाएको छ ।
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा उडान अवरुद्ध भएको पाँच दिनपछि पुनः हवाई सेवा सुचारु भएको छ ।
काठमाडौँ तराई–मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गरिएको छ । लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
२०७१ साउनको अन्तिम साता अविरल परेको पानीले ठूलो विपद् निम्त्याउला भन्ने पीडित कसैले सोचेका थिएनन् । साना खोलादेखि सुर्खेत भएर बग्ने भेरी नदीमा बाढीले बितण्डा नै मच्चायो । एक सयभन्दा बढीले ज्यान गुमाए, एक हजारभन्दा बढी परिवार विस्थापित भएका थिए ।
उहाँले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगाईकाे शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको बैठक सुरु हुँदा उपयुक्त समयमा वर्तमान सरकारले विश्वास मत लिने प्रष्ट पार्नुभयो ।
कैलालीको बाढी प्रभावित क्षेत्रमा जनजीवन सहज बन्न थालेको छ । डुबानका कारण विस्थापितहरू घर फर्कने वातावरण बनेसँगै जनजीवन सहज बन्न थालेको हो ।
मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन् ।