त्रिभुवन विमानस्थलबाट बरामद सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बनमा पशु चराउन जानु भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह सार्की भीरमा चिप्लेर लड्दै लडेर मृत्यु हुनुभएको छ ।
काठमाडौँ महानगरपालिकाले आँखा पाकेका विद्यार्थीलाई घरमा आरामको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताउनुभएको छ ।
गोरखापत्र दैनिकमा कार्यरत पत्रकार चाँदनी हमाल र द राइजिङ नेपालका पत्रकार आशिषकुमार मिश्रले ‘इयू मानव अधिकार पत्रकारिता पुरस्कार–२०२३’ प्राप्त गरेकोमा ललितपुर महानगरपालिकाले सम्मानसहित बधाई दिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा यसै आर्थिक वर्षमा दादुरा–रुवेला रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले दिगो विकासका लक्ष्यहरू हासिल गर्न सरकार कटिबद्ध भएर लागेको बताउनुभएको छ ।
नेपथ्य टोलीले जापानको फुकुओकामा पनि राजधानीको टोकियोमा जस्तै दर्शकबाट उत्तिकै न्यानो हार्दिकता पाउन सफल भएको छ ।
गौशाला नगरपालिकाका उपप्रमुख रेनुकमारी महतोको दुर्व्यवहार विरोधमा नगर कर्मचारीले सेवा ठप्प पारी विरोधका कार्यक्रम ठप्प परेका छन् ।
सुनसरीको श्रीलङ्का टापुमा कोशीको कटान बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरणले बिजुलीका पोल सुरक्षित स्थानमा सारेकाे छ । टापुमा कटान हुने क्रम नरोकिएपछि कोशीको कटान क्षेत्रमा रहेको बिजुलीको पोल सारिएको हो ।
रुपन्देहीको मर्चवारी गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित सात जनाविरुद्ध १३ लाख ४५ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का क्रिकेट राजनीतिमा प्रवेश गर्नुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को पदाधिकारीमा आउने रुचि राख्नुभएका पारसले दुई वर्षअघि कप्तान पदबाट राजीनामा दिनुभएको थियो ।
बाँके प्रहरी एकाइमा पछिल्लो समय बैङ्किङ कसुरका उजुरीहरु बढ्दो क्रममा छ । विभिन्न बैङ्कको चेक दिए पनि निर्धारित समयमा नसाटिएको दावीसहित उजुरी पर्नेक्रम बढिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाङ्गीले जानकारी दिनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले भ्रष्टाचारविरुद्धको अभियानले ‘हाइ प्रोफाइल’ कल्चर अन्त्य भएको बताउनुभएको छ । दाङको लमहीमा अजम्बरी सामुदयिक वनले आयोजना गरेको भेटघाट कर्यक्रममा मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।