नेपालमा पञ्चायत कालदेखि नै भूमिहीन, सुकुमवासीलाई जग्गा वितरण जारी रहे पनि भूमिहीनसम्बन्धी समस्या समाधानभन्दा झन् बढ्दै गएको देखिन्छ । मुलुकमा आजसम्म भूमिहीनहरूलाई जग्गा वितरण गर्न धेरै आयोग बनाइए । पञ्चायतकालमा पनि भूमिहीनका नाममा जग्गा दर्ता गर्नलाई आयोग पटक–पटक गठन भए । उच्चस्तरीय आयोगहरू, भूमि समस्या समाधान आयोग, भूमिहीनलाई बसोबास गराउन बसोबास आयोग पनि गठन भएकै हुन् । बहुदल प्राप्तिपछि चौधौँ शृङ्खलाको सुकुमवासी
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
मुलुकको सर्वाेच्च विधायिकी निकाय सङ्घीय संसद्ले सात महिनाको अवधिमा एउटै मात्र कानुन निर्माण गरेको र लगातार संसद् अवरोध भएको विषयले सञ्चार माध्यममा महत्वपूर्ण स्थान पाएको छ । गत मङ्सिरमा सम्पन्न निर्वाचनपश्चात् गत पुस २७ बाट सुरु भएको पहिलो अधिवेशन २८ वटा बैठक बसी गत वैशाख १५ मा अन्त भयो । पुनः वैशाख २४ बाट सुरु भएको बजेट अधिवेशनमा हालसम्म ४८ वटा बैठकको कार्यसूची बनिसकेको छ । तथापि धेरै बैठक अवरुद्ध भएका छन् । यस तीन महिनाको अवधिमा अनुचित लेनदेन (मिटर ब्याजी) उपर कानुनी कारबाही गर्ने विषयको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने
सेयर बजार केही समयअघि १८०९ को बिन्दुबाट उकालो लागेर २२२६ को बिन्दु नजिक पुगेर करेक्सन हुँदै बुधबारको कारोबारमा २०२५.१२ को बिन्दुमा ओर्लिएको अवस्था छ । बजार उकालो लाग्ने व्रmमले निरन्तरता पाउँछ भन्ने मानसिकताबाट उच्चतम बिन्दुमा मनग्य सेयर खरिद गर्ने लगानीकर्ता अहिले निरास छन् भने राम्रो ट्रेडिङ ज्ञान भएकाहरू भने माथिल्लो बिन्दुमा सेयर बेचेर अब कहिले खरिद गर्दा होला भन्ने तरखरमा छन् । त्यसै गरी नेपाली सेयर बजारको ठुलो हिस्सा ओगटेको कमर्सियल बैङ्क समूहको सेयर सूचक पनि ११७० को बिन्दुबाट एकाएक १३९३ को बिन्दुनजिक पुगेर हाल १२७०.९२ मा ओर्लिएको छ । बैङ्कहरूको वार्षिक प्रति
कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति ती दुई प्रदेशमा मात्र भारी वर्षाको अनुमान गरिएको छ । अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
झापाको दमक नगरपालिका भित्रका जीर्ण बनेका कालोपत्रे सडक मर्मत सम्भारमा लापरबाही गर्ने गरेको भेटिएको छ । दमक नगरपालिका पुर्वधार शाखाका अनुसार विभिन्न सडकहरू मर्मत सम्भार हुँदै आएकोमा केही ठाउँमा लापरबाही भएको गुनासो आएको हो ।
अचम्मको मन भएको प्राणी मानवलाई आफ्नो वशमा कुनै कुरा नहुँदा जसरी पनि पाए हुन्थ्यो भन्ने लाग्छ । र, चाहेको कुरा पाउनका लागि ऊ जुनसुकै मूल्य चुकाउनसमेत तयार हुन्छ । अनेकौँ यत्न–प्रयत्न त्याग–तपस्या, हण्डर–ठक्कर, कठिन परीक्षा र लामो प्रतीक्षा पूरा गर्दै चाहेको फल प्राप्त पनि गरिछाड्छ मानवले । जब अपेक्षित फल प्राप्तिको केही समय व्यतीत हुन्छ, तब मानवले पहिले आफूसँग भएको पीडा, दुःख कष्ट चाँडै भुल्ने गर्छ । प्राप्त उपलब्धिको उपभोगसँगै सो फल प्राप्तिका लागि गरेका कठि
महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षणको तयारीसम्बन्धी कामको जानकारी गराएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्यतालिकाबारे ब्रिफिङ गर्नुभएको थियो ।
पत्रकार सुव्रतराज आचार्यको प्रिमियम ‘टक सो ‘केही मिठो बात गरौँ’ को पहिलो सिजन प्रसारण हुने भएको छ । ओएसआर डिजिटलको युट्युब प्लेटफार्म ओएसआर रियालिटीमार्फत भदौ महिनादेखि हरेक हप्ता प्रसारण हुने छ । २६ शृङ्खला प्रसारण हुने पहिलो सिजनमा अभिनेता सरोज खनाल, गायक रामकृष्ण ढकाल, गायिका देविका वन्दना, गायक आनन्द कार्की, साहित्यकार नयनराज पाण्डे, डा. दिलजान मंसुर, अभिनेतृ रिमा विश्वकर्मा, अभिनेता आकाश श्रेष्ठ, मोडल गरिमा शर्मालगायतसँग सुव्रतले गरेको कुराकानी रहेको छ ।
चलचित्र ‘गणपति’ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट चार सेकेन्ड लामो ट्रेलरमा चलचित्रको कथावस्तु बुझाउने प्रयास गरिएको छ । एक व्यक्तिको अस्वाभाविक रूपमा जन्म, बाल्यकाल र युवावस्थामा आउने उतारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । निःसन्तान दम्पतीलाई भगवान् गणेश जस्तो स्वरूपको पुत्रलाभ भएपछि आइपर्ने विविध परिस्थितिको कथा चलचित्रमा दर्शाउन खोजिएको छ ।
तिज आउन अझै एक महिना बाँकी रहँदा सञ्चार माध्यम र युट्युबहरूमा तिजलक्षित गीत र भिडियो धमाधम आउन थालेका छन् । यस वर्ष साउनमा मलमास परेकाले असोज १ गते मात्र हिन्दु महिलाले मनाउने तिज पर्व परेको छ । पुरुषोत्तम मासको व्रत सकिँदा नसकिँदै सञ्चार माध्यममा र सामाजिक सञ्जालमा छाउन थालेका तिजका गीतले महिलाहरूमा तिजको रौनक देखिन थालेको छ । गायकगायिका र म्युजिक भिडियो निर्माताहरू तिजका गीत बजारमा ल्याउने चटारो बढेको बताउँछन् । दिनहुँ जस्तो तिजका गीतका भिडियो बनाउन प्रस्ताव आउन थालेको भिडियो निर्माता एवं निर्देशक कृष्ण रूपाखेती बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बजार चलेका गायकगायिकाको भाउ यति बेला सुनभन्दा पनि चर्को छ । तिजको लहरमा लहड बनेर आएका गीतहरूको आयु पनि यही एक डेढ महिना रहने हो ।”
राजनीतिक पृष्ठभूमिको कथा रहेको चलचित्र ‘ऐँचो पैँचो’ मा अभिनेतृ स्वस्तिमा खड्काको प्रमुख भूमिका रहेको छ । उहाँ चलचित्रमा राजनीतिज्ञको भूमिकामा प्रस्तुत हुनुभएको छ । खड्काले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा आमनागरिकले राजनीतिबारे राख्नुपर्ने ज्ञान मसँग छ । कलेज जीवनमा नै यसलाई नजिकबाट नियालेकाले यससम्बन्धी केही ज्ञान छ ।” उहाँले आफू कुनै पार्टीको विचारसँग नभई केही व्यक्तिसँग प्रभावित रहेको बताउनुभयो ।
धादिङमा विद्युतको बक्यौदा उच्च देखिएको छ । नेपाल विद्युत प्राधिकरण धादिङ शाखाले दिएको जानकारी अनुसार ४१ करोड ३८ लाख ४५ हजार छ सय १६ रुपैयाँ विद्युत महशुल उठ्न बाँकी देखिएको हो ।
मानव जीवनलाई राम्रो गर्ने नियमलाई पालना गरेर मनाइने गुँला पर्व आजदेखि सुरु भएको छ । यो पर्व काठमाडौँ उपत्यकामा विशेषरुपमा मनाइन्छ ।