नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको उडानका लागि नयाँ नियम लागू गर्दा कर्णालीको रारा विमानस्थलमा उडान प्रभावित हुँदै आएको छ ।
लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा तथा कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिराले सडक अवरुद्ध बनाएको हो । बुधबार साँझदेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जोशीले प्रदेशसभा सदस्य भीमबहादुर कार्कीद्वारा दर्ता गरिएको लम्पी स्किन भाइरसविरुद्ध सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा उक्त जानकारी दिनुभएको हो ।
चितवनको गोन्द्राङ–पुलचोक छ लेन सडक निर्माणको काम निर्धारित समयमा नसकिँदा नारायणगढ बजार अस्तव्यस्त बन्न पुगेको छ । चितवन र आसपासका जिल्लाको मुख्य व्यापारिक केन्द्र नारायणगढको मुख्य बजारमा सडक निर्माणको काम अलपत्र पर्दा वर्षामा डुबान हुने गरेको छ । साढे दुई वर्षअघिदेखि सडक विस्तारको काम सुरु भए पनि समयमा निर्माण सम्पन्न नहुँदा र खनेर छाडेपछि बजार अस्तव्यस्त बनेको हो ।
कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन गर्दै आएका महिला उद्यमीले अचारसमेत उत्पादन थालेका छन् । उनीहरुले यसपटक आँपको अचार साढे सात क्विन्टल र गल्का एक क्विन्टल उत्पादन गरेका छन् । यसका साथै उनीहरु तामा, निउरो, हरियो खुर्सानी, करेला, मेथी, कुखुरा र सिद्राको अचार उत्पादनमा व्यवस्त छन् ।
रसुवाको गोसाइँकुण्ड आउने तीर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ । आगामी भदौ महिनामा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने तिर्थालुलाई सहजताका लागि चिकित्सक टोली तयारी अवस्थामा राखिएको छ ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय अब उत्तरी मकवानपुरको चित्लाङबाट सञ्चालनमा आउने भएको छ । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङबाट विश्वविद्यालय सञ्चालन गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको छ । हाल केन्द्रीय कार्यालय ललितपुरको सैँबुबाट सञ्चालन हुँदै आएकोमा अब भने चित्लाङमा केन्द्रीय कार्यालय र काठमाडौँ उपत्यकामा सम्पर्क कार्यालय रहने भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–८ को धनगढी गाउँदेखि वडा नम्बर १० जुगेडा सिगाउँसम्म जोड्ने सडकको अवस्था नाजुक बनेको छ। छ/सात वर्षदेखि बिग्रेको यो सडक अहिलेसम्म नबनाउँदा यस्तो अवस्था बनेको हो। स्थानीय तहको पहिलो निर्वाचनका बेला यही सडक चुनावी मुद्दा पनि बन्ने गरेको थियो तर धनगढीगाउँ–जुगेडा सडक बन्न सकेको छैन। धनगढी गाउँको भगत चोकदेखि जुगेडा सिगाउँसम्म सडकमा खाल्टाखुल्टी परेको छ।
हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ ।
सवारीमा सरुवा सहमति अनिवार्य लागु गरिएपछि सवारी दर्ता सङ्ख्यामा कमी आएको छ । प्रदेश प्रदेशमा भण्डारण गरी बिक्रीवितरण गरिने सवारीमा सरुवा सहमति लिनुपर्ने अनिवार्यता लागु गरिएका कारण सवारी दर्ता सङ्ख्या आधा जति कम भएको हो ।
बाजुरामा निगालोको चोयाबाट डोको बुन्ने सिप तथा व्यवसाय लोप हुँदै गएको छ। जङ्गलबाट घाँसदाउरा र हाटबजारबाट चामल, नुन तेललगायतका दैनिक खाद्य सामग्री बोक्न डोको प्रयोग हुने गर्छ। गाउँ गाउँमा गाडी गुड्न थालेपछि डोको व्यवसाय बिस्तारै लोप हुँदै गएको हो। खप्तड छेडेदह गाउँपालिका–६, बुडाबाडाका डम्मबहादुर बुढाले डोकोमा बोक्ने सामान गाडीले नै बोक्न थालेपछि डोको बुन्ने व्यवसाय बिस्तारै लोप हुँदै गएको बताउनुभयो।“पहिला गाउँ नजिक बजार थिएनन्। दैनिक खाद्यान्नका लागि दुई/चार दिन पैदल हिँड्नु पथ्र्याे। त्यसका लागि डोको आवश्यक हुन्थ्यो। अहिले गाउँबस्तीमा गाडी पुगेपछि डोकोसँगै डोको बुन्ने सिप लोप हुँदै गएको छ,” उहाँले भन्नुभयो। यसै गरी पहिले गाउँमा सबैले अर्गानिक खेती गर्थे।
सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको विकल्पका रूपमा निर्माण भइरहेको दैजी–जोगबुडा–बुडर सडकखण्डको निर्माण सुरु भएको छ वर्ष बित्दा पनि अधुरो रहेको छ। यस सडकखण्डको ३८ किलोमिटरमध्ये २८.५ किलोमिटर कालोपत्रेका लागि राजेन्द्र निर्माण सेवा र नागार्जुन निर्माण कम्पनीलाई छुट्टाछुट्टै ठेक्का दिइएको छ।
हरियो फर्कंदै गरेको कमलामाई नगरपालिका–९, बतासेका किसान ठाकुरदास श्रेष्ठको घरमुनिको खेत रातभरिको बाढीले बगरमा परिणत गरिदियो । साउन २२ गते राति कमला नदीमा आएको बाढीले उहाँको झन्डै १६ कट्ठा धानखेत बगर बनाएको हो । “रातभरि परेको पानीले पत्याउनै नसक्ने गरी खेत बगाएर सुकुमवासी बनायो । सपना जस्तै लागेको छ,” उहाँले भन्नुभयो । साउन २२ गते राति परेको पानीका कारण कमला नदीमा आएको बाढीले उहाँ जस्तै धेरैको खेत कटान गरी बगर बनेको हो ।
खडेरीका कारण यो वर्ष मकै उत्पादन घट्दा सर्लाहीको उत्तरी भेगका किसान चिन्तित बनेका छन् । मकैलाई पानी आवश्यक पर्ने जेठ र असार महिना पूरै खडेरी लाग्दा मकै उत्पादनमा व्यापक कमी आएको हो । उत्तरी भेगका किसानले अहिले धमाधम पाकेको मकै भिœयाइरहेका छन् । यहाँको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरे भेगमा आकाशे वर्षाको भरमा सँठिया मकै रोप्ने गरिएको छ । खडेरीले मकैमा पुड्का र थोते घोगा लागेका छन् ।
यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिनुभयो ।