नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक आठ दशमलव ०१ अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ अङ्क कायम भएको छ ।
नेपालमा आँखा पाक्ने रोग समस्याका रूपमा फैलिरहेको छ । प्रहरी हिरासतमा रहेकाको आँखा जाँच गर्दा काठमाडौँमा चार सयभन्दा बढीमा आँखा पाक्ने समस्या देखिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त दुई राजदूतले राष्ट्रपति भवनमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो।
झापाको दमक नगरपालिकाले दमक बसपार्कलाई व्यवस्थित गर्ने भएको छ । दमक नगरपालिकाको १३औँ नगर सभाबाट स्वीकृत नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने सम्बन्धमा सरोकारवालाहरूको उपस्थितिमा बसेको संयुक्त बैठकले दमक बसपार्क व्यवस्थापन र सुरक्षाका लागि आवश्यक काम सुरु गरिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जानकारी दिनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा रहेका विकृति र बेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै तहका कर्मचारीले राज्य सञ्चालनमा समान दायित्व महसुस गरेर सेवा प्रवाहको काम गर्नुपर्ने बताउनुभएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाले नकुहिने फोहोरमैला व्यवस्थापनका लागि सूक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याएको छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार अभियोगको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू-सतहको अध्ययन गर्नुपर्ने बताउनुभएको छ। बिहीबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले नेपालको भौगर्भिक र भू-सतहको अध्ययन गर्नु आवश्यक रहेको बताउनुभएको हो।
बन्दीपुर केबलकार एण्ड टुरिजमले निर्माण गरेको केबलकार सम्पन्न भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरेको हो ।
विद्यालयका बालबालिकामा आँखा पाक्ने सङ्क्रमण फैलिएपछि पाल्पास्थित रामपुरका सात वटा विद्यालय बन्द गरिएको छ ।
गुल्मीमा खेरा खेती कृषकको आम्दानीको मुख्य स्रोत बनेको छ । थोरै परिश्रमबाट धेरै आम्दानी लिन सकिने भएपछि यहाँका कृषकहरूको केरा खेतीमा आकर्षण बढेको हो ।
पचास हजारभन्दा बढी श्रीलङ्काली परिवार खडेरीको चपेटामा परेका छन् । श्रीलङ्काका नौ प्रान्तमध्ये आठ प्रान्तका ५० हजारभन्दा बढी परिवार खडेरीको चपेटामा परेका विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ ।
नेपालको ‘ए’ डिभिजन क्लब मच्छिन्द्रको एएफसी कपको यात्रा दोस्रो चरणमा सकिएको छ ।
पूर्वी नवलपरासी कावासोती नगरपालिकाले कृषि सिंचाइ विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । सिंचाइँ समस्याका कारण उत्पादनमा कमी नआओस् भनेर अनुदान दिन लागेको कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो ।