नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा नयाँ नियम लागु गरेपछि कर्णालीको रारा विमानस्थलमा उडान प्रभावित भएको छ। जिल्लाको विमानस्थलले उडान तालिका अनुसार मात्र उडान भर्नुपर्ने नियम लागु भएसँगै दैनिक उडान प्रभावित भएको हो। नागरिक उड्डयन प्राधिकरण रारा विमानस्थल कार्यालय प्रमुख सन्तोष गौतमका अनुसार बिहान बाक्लो कुहिरो लाग्ने, पानी पर्ने र बादल लाग्ने भएका कारण दुई सातायता दैनिक हवाई सेवा अवरुद्ध हुँदै आएको छ। प्राधिकरणले हवाई उडानका लागि नयाँ नियम लागु गर्दा पनि उडान प्रभावित भएको जानकारी दिएको छ।
सडकमा जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ
गए राति गएको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ । वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ ।
भेषराज कार्कीकाठमाडौँ,भदौ १ गते । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को अन्तिम प्रतिस्पर्धा भोलि शनिबार हुने भएको छ । यी दुई प्रतियोगिताका अन्तिम पाँच–पाँच प्रतियोगीले विजेता बन्न शनिबार प्रतिस्पर्धा गर्दैछन् ।इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरिरहेको दुवै प्रतियोगिताका विजेताले जनही रु एक करोड, उपविजेताले रु ३० लाख र दोस्रोले रु २० लाखसँगै अरु विभिन्न पुरस्कार प्राप्त गर्नेछन् । शनिबार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा हुने अन्तिम पाँचमा रहेका ‘टप फाइभ’ बीचको ‘ग्रान्ड फिनाले’को नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । नृत्यअन्तर्गत सामूहिक नृत्य पनि छ र त्यसमा प्रथम हुनेले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछ ।गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’तर्फ सिक्कमका शिशिर ठटाल र प्रितम राई, दार्जलिङका साइराज खाती तथा नेपालको सङ्खुवासभाका परेश राई र काभ्रेका शरद् हुमागाईँ अन्तिम पाँचमा हुनुहुन्छ । यस्तै नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’तर्फ मिङा डि लेप्चा (सिक्किम), खुसी कार्की ९थाइल्यान्ड०, देवी गर्वुजा मगर (बेल्जियम) तथा नेपालको नेशन सुस्लिङ मगर महोत्तरी र गोरखाका स्वस्तिक अर्याल अन्तिम पाँचमा हुनुहुन्छ ।तीन महिनासम्म प्रसारण भएका दुई कार्यक्रमले संसारभर रहेका नेपालीको ध्यान तान्न सफल भएको नेपाल तथा विश्वमा रहेका नेपाली कलाकारहरूले बताएका छन् । दुवै प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाको तयारीमा रहेका प्रतिभाहरूले यही प्रतिस्पर्धाका लागि आफ्नो मातृ तथा पितृभूमि नेपाल आउन पाएकामा खुसी व्यक्त गर्दै अन्तिम प्रतिस्पर्धामा रहेको भए पनि आफूहरूले एकले अर्कालाई सफल भएको देख्न चाहेको बताउँछन् ।फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताउँदै आउनुभएको छ ।आगामी वर्षहरूमा यस कार्यक्रमलाई अझै परिस्कृत, विश्वव्यापी र भव्य बनाउने योजना रहेको पनि अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “एउटै मञ्चमा विश्वभरका प्रतिभाशाली नेपाली सुन्दर फूल देखिए । उनीहरूको सपनासँगै कला र संस्कृतिलाई हामीले विश्वभरका नेपाली र नेपालीभाषीसम्म पुनः पुर्याउन सफल भएका छौँ । यसबाट संसारका सबै नेपाली खुसी छन्, उनीहरूले आगामी दिनमा यस कार्यक्रमले निरन्तरता पाओस् भन्ने कामना पनि गरेका छन् ।”गायन प्रतियोगिताका निर्णायकमा ‘मेरो भ्वाइस युनिभर्स’मा गायक दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, पुष्पन प्रधान, सुजता बर्मा हुनुहुन्छ भने नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’मा अभिनेत्री मिथिला शर्मा, शङ्कर बिसी, दिलीप रायमाझी, प्रियङ्का कार्की, केकी अधिकारी र नरमान राई निर्णायक हुनुहुन्छ ।यी प्रतियोगिताका लागि उक्त फाउन्डेसनले गत वर्षदेखि विश्वका विभिन्न ५२ देशबाट प्रतिभा छानेको थियो । ती देशबाट गायनमा एक सय २० र नृत्यमा एक सय २० जना कलाकार छानी उनीहरूलाई तीन महिनाअघि नेपाल ल्याएर प्रतिस्पर्धा गराएको थियो ।ती प्रतिस्पर्धाबाट छानिएका अन्तिम पाँच–पाँच जनाले गायन र नृत्यमा विजेता बन्नका लागि शनिबार अन्तिम प्रतिस्पर्धा गर्ने भएका हुन् । यो प्रतिस्पर्धालाई नेपाली कलाकारले नेपालको अहिलेसम्मको सर्वाधिक ठूलो राशिको पुरस्कारका कारण आकर्षक हुनुका साथै विश्वको विभिन्न भूगोलमा छरिएर रहेका नेपालीहरूको चासोको प्रतिस्पर्धाका रूपमा रहेको बताएका छन् । रासस
नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको लामो विगत छैन तर योजना निन्तर विस्तार हुँदै छ । अब अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई समेत आबद्ध गराउने कार्य औपचारिक रूपमा सुरु भएको छ । अनौपचारिक क्षेत्रका श्रमिकलाई २०८० साल वैशाख १ देखि कोषमा समेट्ने गरी गत मङ्सिरमा अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनसम्बन्धी कार्यविधि बनाइएको थियो । यसअघि गत चैतमा कोषको सो योजनामा वैदेशिक रोजगारीमा गएका श्रमिक र विदेशमै स्वरोजगार भएका करिब साढे दुई लाख श्रमिक समेटिइसकेका छन् । मर्यादित जीवनको अ
कुनै पनि राष्ट्रका लागि औपचारिक अर्थात् छाया अर्थतन्त्र बहुआयामिक र बहुमुखी चुनौती हुने गर्छ । विश्वका प्रायः सबै राष्ट्रलाई औपचारिक (छाया) अर्थतन्त्रले कुनै कुनै रूपमा समस्या पारेको हुन्छ । धेरै राष्ट्रले अनौपचारिक अर्थतन्त्रलाई गम्भीरताका साथ लिने गर्छन् । हाम्रो राष्ट्रको सरकारले जुन रूपमा गम्भीरता देखाउनु पर्ने हो त्यो रूपमा देखाउन सकेको छैन । पछिल्ला घटनाक्रम हेर्दा सरकारको ध्यान अनौपचारिक अर्थतन्त्रका छिद्रलाई पत्ता लगाई चोरी, ठगी, अपराध, भ्रष्टाचार गर्ने जो कोहीलाई कानुनको कठघरामा ल्याउनेतर्फ केन्द्रित हुन थालेको छ । यो सकारात्मक कदम हो । यसले निरन्तरता पाउनु पर्छ ।
बागमती प्रदेशका बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिने सहमति भए पनि अझै कार्यान्वयन भएको छैन । मन्त्रालय फुटाएरै/बढाएरै भए पनि बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई जिम्मेवारी दिनेबारे सत्ता गठबन्धनका दलहरूबिच सहमति भएको १० दिन बितिसके पनि उहाँले अझै जिम्मेवारी पाउनुभएको छैन ।
नेपालले दिगो विकास लक्ष्य हालको अवस्था तथा कार्यान्वयनको दिशाले तत्कालको आवश्यकता मूल्याङ्कन, तथा स्रोत र वित्तीय रणनीति अनि दिगो विकासको लक्ष्य स्थानीय स्तरमा मूलप्रवाहीकरण गर्ने काम भएको छ । जसले प्रत्येक दिगो विकास लक्ष्यका लागि आधारभूत, लक्ष्य तथा कार्यान्वयन र वित्तीय रणनीतिहरू परिभाषित गरेको छ । प्रभावकारी कार्यान्वयनका लागि आवश्यक संस्थागत संरचना पनि छन् । हाल आएर राष्ट्रिय रूपमा आर्थिक मन्दीको अवस्था बढ्दै गए पनि राष्ट्रिय रूपमा दिगो विकासको लक्ष्यलाई नेपालको राष्ट्रिय विकास ढाँचामा सकेसम्म एकीकृत गर्ने प्रयास गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले आज (शुक्रवार) आफू मातहतका सबै आय सङ्कलन काउन्टरहरू बन्द गरेको छ । आफ्नो ३८ औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणले काउन्टरहरू बन्द गरेको जनाएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को चौथो केन्द्रीय समिति बैठक यही साउन २१ गते पाँच दिनसम्म बसेर सम्पन्न भएको छ । बैठकले ‘घरघरमा माओवादी जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ सबै वडामा जनतासँंग माओवादी विशेष रूपान्तरण अभियान भदौ १२ गतेदेखि मङ्सिर १५ गतेसम्म चलाउने भएको छ । सरकारका राम्रा कामलाई नेता, कार्यकर्तामार्फत जनतामा पुर्याएर शक्ति आर्जन गर्न सम्पूर्ण पार्टी पङ्क्तिलाई वडा केन्द्रित गर्ने भएको छ । माओवादी केन्द्रको तीनमहिने अभियान, पार्टी विधान सम्मेलन र सरकारका कामकारबाहीका विषयमा केन्द्रित भई माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसंँग गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जन, समाचारदाता वीरेन्द्र ओली, भिडियोमा मनोज रत्न शाही र केशव गुरुङले गर्नुभएको अन्तर्वार्ताको सम्पादित अंश :
बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो । कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पुर्याएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनविपरीत काम गर्ने दुई वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र दुई कन्सल्टेन्सीलाई कारबाही गरेको छ । विभागले ऐन र नीतिविपरीत अवैधानिक विज्ञापन गरेकाले ऐन अनुसार दुई/दुई लाख रुपियाँ जरिबाना गरेको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
सशस्त्र प्रहरीका १२ जना एसपी एसएसपीमा बढुवा गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल नेपालले बढुवा हुनेको नामावली सार्वजनिक गरेको हो ।