प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भेट गर्नुभएको छ । सदन अवरोध लामो समय देखि हुँदै आएपछि सदन खुलाउने विषयमा उहाँले प्रधानमन्त्रीसँग छलफल गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ । प्रधानमन्त्री–सभामुख भेट यो पाँचौँ पटक हो । बिहान ९ बजे देखि सुरु भएको छलफल १०ः३० बजे सकिएको छ ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
गाउँखाने कथाहरूको खोज अनुसन्धान ,सङ्कलन र सम्पादन गरेर स्रष्टा खडानन्द चौलागाईंले कर्णालीका गाउँ खाने कथाहरू नामक साइतर सङ्ग्रह प्रकाशित गर्नुभएको छ ।
मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउँदै आम उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराई स्वदेशमा खपत हुन नसकी बढी भएको विद्युत् निर्यात गर्ने दिशामा नेपाल विद्युत् प्राधिकरण क्रियाशील भएर लागेको छ ।
विगतमा अतिक्रमणको चपेटामा परेर उजाड बनेको कटारी नगरपालिका–५ को सिसाघारीस्थित सामुदायिक वन क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कृषि सिँचाइ मिटरको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ। सिँचाइको समस्याका कारण उत्पादनमा कमी नआओस् भनेर यस्तो अनुदान दिन लागिएको हो। कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले कृषि खेतीमा सहज होस् भनेर सिँचाइमा अनुदान दिन लागेको बताउनुभयो। उपप्रमुख फुलकुमारी थनेतले कृषि उत्पादनको लागत थोरै भए पनि घटाउन सहयोग पुग्ने र किसानले उत्पादन गर्ने कृषि उपजबाट धेरै आम्दानी गर्न सक्ने भएकाले सिँचाइ मिटरको शुल्कमा ५० प्रतिशत अनुदान दिन लागेको बताउनुहुन्छ। नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको किसानलाई सिँचाइमा सुविधा दिने योजना अनुसार बजेटसमेत व्यवस्थापन गरेको उहाँले बताउनुभयो।
कालिकोटको नरहरिनाथ गाउँपालिकामा एक महिलाको घाँस काट्ने क्रममा भीरबाट लडेर निधन भएको छ । घाँस काट्ने क्रममा वडा नं ५ की ३५ वर्षीया पसु सहकारीको भीरबाट लडेर निधन भएको हो ।
सुन तस्करीको अभियोगमा प्रहरीले थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरूलाई गए राति पक्राउ गरेको हो ।
नवलपुरको कावासोतीमा निर्माण हुने भनिएको नमुना सदरमुकाम निर्माणका लागि स्राेत सुनिश्चित गर्ने काम अघि बढेको छ । रकम अभावले नमुना सदरमुकाम अलपत्र पर्ने आशङ्का भइरहेका बेला ८० करोडको श्रोत सुनिश्चितताका लागि सङ्घीय सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले अलपत्र अवस्थामा रहेको धनगढी गाउँ–जुगेडा जोड्ने सडकको अनुगमन गर्नुभएको छ । नाजुक अवस्थामा रहेको उक्त सडक निर्माणका लागि उहाँले अनुगमन गर्नुभएको हो । सो सडकको अवस्था नाजुक भएको खबर बिहीबारको गोरखापत्रमा प्रकाशित भएको छ । सो समाचार प्रकाशित भएपछि मन्त्री देउवा सडकको स्थलगत अनुगमनमा जानुभएको हो । धनगढी गाउँदेखि जुगेडासम्म ६.३ किलोमिटर रहेको सो सडक अब प्रदेश सरकारले निर्माण गर्ने जनाइएको छ ।
अविरल वर्षाका कारण साउनको दोस्रो साता गौरीशङ्कर गाउँपालिका–७ र ८ मा गएको पहिरोका कारण ६५ घरपरिवारको बिचल्ली भएको छ । सल्ले
धार्मिक तथा सांस्कृति पर्वहरूको दैलो उघार्ने चाडका रूपमा परिचित गौरा पर्वको चहलपहल सुरु भएसँगै गौरा पर्व मनाउन आवश्यक पर्ने बिरुडा (पाँच प्रकारका गेडागुडी) भने भारतबाट आयात हुने गरेको छ । बिरुडा पञ्चमीका दिन तामाको भाँडामा बिरुडा (मास, गहत, गुरुँस, केराउ, गहुँलगायत पञ्च अन्न) भिजाएर गौरा पर्व आरम्भ हुने गर्द छ । गौरा पर्वमा व्रतालु महिलाले घाँटीमा लगाउने जनै धागोसमेत चीनबाट आउने गरेको छ ।
दुई/तीन वर्षअघिसम्म बाँदरको आतङ्कले गाउँ छाड्न लागेका किसान यतिबेला भने गाउँमै खुसी छन्। मकै तथा अन्य बाली बाँदरबाट जोगाउन नसकेका यहाँका किसानलाई अकबरे खुर्सानी खेतीले खुसीसँगै गाउँमै बस्ने आधार दिएको छ। बारीमा मकै, तरकारी तथा बाली लगाउँदा बाँदरबाट जोगाउने अवस्था थिएन। अहिले अकबरे खुर्सानी खेतीले श्रम र लगानी जोगिएको रिब्दीकोट–४, भैरवस्थानका किसानको भनाइ छ। स्थानीय किसान इशा गौतमले अकबरे खुर्सानी लगाएपछि बाँदरको हैरानीबाट मुक्त भएको बताउनुभयो। उहाँले भन्नुभयो, “दुई वर्षअघिसम्म मकै खेती गर्दा बाँदरबाट जोगाउनै मुस्किल थियो, बाँदरले गर्दा गाउँ छाड्ने हो कि भन्ने चिन्ता थियो तर मकै खेती छाडेर खुर्सानी खेती गरेपछि बाँदरको नोक्सान सहन परेको छैन।” अकबरे खुर्सानी खेतीबाट मकैको तुलनामा पाँच गुणा फाइदा भएको उहाँको भनाइ छ।
पूर्वमा महागढीमाई नगरपालिका, देवताल गाउँपालिका, उत्तरमा जितपुरसिमरा उपमहानगरपालिका, पश्चिममा फेटा र प्रसौनी गाउँपालिकाको बिचमा अवस्थित बारा
दाङमा पछिल्लो समय डेङ्गु रोगको सङ्क्रमण बढ्न थालेको छ। पानी परेसँगै पछिल्लो समय जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो। जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जिल्लामा हालसम्म ९१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार जिल्लामा सबैभन्दा धेरै सङ्क्रमित तुलसीपुर उपमहानगरपालिकामा २९ जना देखिएका छन्। लमही नगरपालिकामा २३, राप्ती गाउँपालिकामा १२, घोराही उपमहानगरपालिकामा १४ र गढवा गाउँपालिकामा १३ जनामा डेङ्गु सङ्क्रमण देखिएको चन्दले बताउनुभयो।