प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन भएको बताउनुभएको छ । मुलुकी संहिता दिवस, २०८० को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
नवलपुरमा रहेको अपाङ्गगता पुनः स्थापना केन्द्रमा डे केयर सेन्टर सञ्चालनमा आउन सकेको छैन ।
एसिया रग्बीको आयोजना र नेपाल रग्बी सङ्घको व्यवस्थापनमा एसिया रग्बी यू–२० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता शनिबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ ।
कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा प्रदेशस्तरीय निर्माण सामग्री जाँच प्रयोगशालाको निर्माणले गति लिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक खिचातानीका कारण संसद् अवरुद्ध भएको भन्दै सांसद अवरुद्ध नगर्न चेतावनी दिनुभएको छ।
निर्वाचन समितिले शुक्रबार वरिष्ठ लगानीकर्ता एनजी कोक सोङ, पूर्व वरिष्ठ मन्त्री शान्मुगरत्नम थर्मन र राष्ट्रिय ट्रेड युनियन कांग्रेसका पूर्व आय प्रमुख तान किन लियानलाई योग्यताको प्रमाणपत्र जारी गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर रहेको बताउनुभएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तिलकराम कँडेलविरुद्व छ लाख दश हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताउनुभएको छ ।
यस पटक अकबरेको फल नै बिक्री गर्नेकि बियाँ बिक्री गर्ने, सूर्योदय नगरपालिका –१२ का किसान मदन राई दोधारमा हुनुहुन्छ । राईले उत्पादन गरेको अकबरे फल र र बियाँ दुवैको माग उत्तिकै छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशको विकास र समृद्धिका लागि ऊर्जा क्षेत्रबाट योगदान दिने लक्ष्यसहित काम गरिरहेको बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेको हो ।
शहरी विकास मन्त्री सीता गुरुङले सरकारले बेथितिको अन्त्य गर्ने कार्यको सुरुआत गरेको बताउनुभएको छ ।
रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रशारण भएको २९ औं वर्षगाँठको अवसरमा तामाङ पत्रकार संघले दुई जना पत्रकारलाई आज सम्मानित गरेको छ ।