भित्तामा झुन्ड्याएको क्यालेन्डरको पाना हरेक महिना पल्टाए जस्तै जीवनका पानाहरू पनि क्रमिक रूपमा पल्टिँदै गइरहेका छन् । बिहान क्यालेन्डरको पाना पल्टाउँदा सँगै झुन्डिएको फोटोमा मेरो आँखा पुग्छ । हुन त विगत १९ वर्षदेखि त्यही स्थानमा झुन्डिएको फोटो थियो त्यो तर पनि किन त्यस फोटोले गर्दा आज दिनभरि मुड अफ भइरह्यो । अर्थात् एक प्रकारको आत्माग्लानि लागिरह्यो । अफिसमा पनि ध्यान पटक्कै लागेन । आजबाट घरमा ट्युसन टिचर आउँछ छोरीलाई पढाउन । एसइईको रिजल्ट राम्रो ल्याई भने त्यसको पनि राम्रो हुन्थ्यो । कति चाँडो झमक्क अँध्यारो भएको हो । भर्खर त ५ बज्यो ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।
तिमी बादल हुन्थ्यौ भने म आकाश हुन्थेँ होला । हेर, यी दुईका सम्बन्ध न कसैको डर, न त चिन्ता
नेपाली उपन्यास लेखनको वर्तमान खण्डहर अवस्थामा पृथक् तर अति उत्सुकमय शीर्षकमा ‘बाँठी’ झुल्किएको छ । यस उपन्यासले सुदूरपश्चिम नेपालमा महिलाप्रति गरिने पुरुष विभेदको धज्जी उडाएको छ । झट्ट सुन्दा ‘बाँठी’ शब्दको अर्थ थारी, बाँझी अथवा सन्तान जन्माउन असफल महिला भन्ने बुझिन्छ । उपन्यासकी मुख्य नायिका गौमतीले बच्चा जन्माउन असफल भएपछि घर, परिवार, समाजद्वारा अपहेलित भई अन्त्यमा आफ्नो जीवनलाई मृत्युमा बलि चढाएर पाठक हृदयलाई आफूतर्फ आकर्षण गर्न सफल भएकी छन् ।
सिमसिम... सिमसिम... सिमसिम...। परिरह्यो पानी । एकाबिहानैदेखि पानी दर्किन थालेपछि मन कस्तो कस्तो भो । बिरसिलो–ओसिलो । हो, एकदमै कस्तो खिन्न–खिन्न, नमिठो । अँध्यारो भयो छाती । जानु छ पहाडतिर । पानी झन्–झन् चम्केर दर्केपछि लम्केका खुट्टा थच्चेलान् झैँ भए । पखेटा हालेर उडुँ–उडुँ भएको मन थन्किन पो खोज्यो । लौ, पानीले बित्यास पार्ने भो । के पो गर्ने होला ? गड्याम्म ! बिजुली पनि दह्रैसँगै चम्कियो । बिहानको ५ बजेदेखि सिमसिमाएको झरी अब त उर्ली–उर्ली दर्किन थाल्यो । अरगज्ज परेर बसेको छु म– एउटा कुनामा टोलाई–टोलाई । खाटको अर्को कुनोमा मोजा, रुमाल, चस्मा र डायरी छन् । “आज तिमेरलाई बोक्न जुर्ला जस्तो छैन !” खाटमा थपक्क बसेका ती सरसामान हेर्दै बोल्छु म ।
कृषि तथा वनविज्ञान विश्वविद्यालयमा अध्ययनरत छात्रा महिमा पौडेल सर्प पहिचान गर्न सक्ने हुनुभएको छ । “पहिला मैले रङ हेरेर मात्रै सर्प पहिचान गर्थें, अहिले छाला हेरेर सर्प पहिचान गर्न सक्ने भएको हुँ । सर्पले डस्दा के गर्ने, सर्पको व्यवस्थापन कसरी गर्ने भन्नेबारे पनि ज्ञान हासिल गरिसकेको छु,” पौडेलले भन्नुभयो ।
हिमालपारिको जिल्ला मनाङ पुग्ने रहर कसलाई हुँदैन र ! सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिने मनाङका तस्बिर र भिडियोले सबैलाई लोभ्याइरहेका हुन्छन् । हिमशृङ्खलाको काखमा टिल्पिलाइरहेका हिमताल मात्र होइन, बस्ती, संस्कार, संस्कृति, फाँटका फापर–करु र लटरम्म फलिरहेका स्याउका दानाले सबैलाई आकर्षित गर्छ ।
पुथाउत्तरगङ्गा गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत १४२ जना करार शिक्षकले आठ महिनादेखि तलब पाएका छैनन्। शिक्षकले सम्झौता अनुसारको तलब पाउनुपर्ने माग गरेका छन्। गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउँदै शिक्षकले समस्या समाधानको माग गरेका हुन्। शिक्षक हर्कबहादुर खड्काले भन्नुभयो, “हामीलाई काम गरेबापत दिने भनिएको ज्याला नपाउँदा हाम्रो दैनिकी चल्न गाह्रो परेको छ।”
नवलपुरको कावासोतीमा नमुना सदरमुकाम निर्माणका लागि स्रोत सुनिश्चित गर्ने काम अघि बढेको छ। रकम अभावले नमुना सदरमुकाम अलपत्र पर्ने आशङ्का भइरहेका बेला ८० करोड रुपियाँको स्रोत सुनिश्चितताका लागि सङ्घीय सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ।
सरसफाइ अभियान अन्तर्गत शुक्रबार २७ औँ सप्ताहमा जनकपुरधामको रामानन्द चोकमा सरसफाइ गरियो । सरसफाइ अभियान थालिएपछि धार्मिक नगरी जनकपुरधामको परिचय र परिदृश्य फेरिएको छ ।
फेदीखोला गाउँपालिकाले प्रदेश सरकारको साझेदारीमा सिद्धार्थ राजमार्गको कुभिण्डेदेखि भालुपहाड खण्डमा सिसी क्यामरा जडान गरेको छ। प्रदेश सरकारको साझेदारी कोष अन्तर्गत फेदीखोला गाउँपालिकाले पेस गरेको प्रविधिमैत्री सेवा प्रवाह तथा डिजिटलाइज फेदीखोला प्रस्ताव स्वीकृत भएसँगै सोलारसहितको सिसी क्यामरा जडान भएको हो। प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको ७० प्रतिशत र पालिकाको ३० प्रतिशत लगानीमा सिद्धार्थ राजमार्गको फेदीखोला खण्डमा पर्ने १३ किमीमा २२ वटा सिसी क्यामरा जडान गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले सरकारले भ्रष्टाचार विरुद्ध चालेको सकारात्मक कदममा आफूहरूको साथ र सहयोग रहेको बताउनुभएको छ ।
कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन विस्तारमा देखिएको जग्गा विवाद अझै सुल्झिएको छैन। विवाद समाधान नहुँदा तीन वर्षदेखि लाइन विस्तार कार्यमा अवरोध सिर्जना भएको छ। विद्युत् लाइन विस्तार गर्दा बाँकेको वैजनाथस्थित बस्ती प्रभावित हुने भन्दै स्थानीयले अवरोध सिर्जना गरेका हुन्। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार वैजनाथ गाउँपालिका–१ गाभर र वडा नं. ४ को बानियाभार हुँदै लाइन विस्तार गर्नुपर्ने छ। उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा रहेका विमानस्थलमा तोकेको उडान अवधिपछि निश्चित मापदण्ड पालना गरेर मात्र उडान अनुमति दिने भएको छ। यसअघि प्राधिकरणले साउन तेस्रो साता एक दर्जनभन्दा बढी पहाडी तथा हिमाली विमानस्थलमा असोज दोस्रो सातासम्म बिहान ६ देखि दिउँसो १२ बजेसम्म मात्रै उडान गर्न पाउने मापदण्ड तोकेको थियो। प्राधिकरणले बिहीबार पहाडी क्षेत्रका छोटो उडान र अवतरण हुने (स्टोल) विमानस्थलमा उडानका लागि चार वटा निर्णय गर्दै उडान खुला गरेको जनाएको छ।
सिमकोट गाउँपालिका–२ को ठेहे गाउँकी बाँचपुरी बोहरालाई हिउँद लागेपछि दन्याडीमा तोरी पेल्न फुर्सद हुन्नथ्यो। हातैले तेल पेल्ने परम्परागत काठको भाँडा नै सिमकोट मात्र होइन हुम्ला जिल्लामै तेल पेल्ने रैथाने प्रविधि थियो। यसरी तेल पेल्ने जिम्मा महिलाकै काँधामा हुन्थ्यो। अहिले परिस्थिति फेरियो। जीर्ण अवस्थाका दुई वटा काठका दन्याडी बाँचपुरीको घर करासोमा बेवारिस फालिएका छन्। यहाँका प्रत्येक घरमा पुराना एक दुई दन्याडी जीर्ण अवस्थामा फालिएका पाइन्छन्। बाँचपुरीले भन्नुभयो, “उहिले घर घरमा दन्याडी हुन्थ्यो। हरेक घरका महिला दन्याडीमा तोरी पेल्थे। अहिले फाट्टफुट्ट रूपमा दन्याडीमा तोरी पेलेको देख्न पाइन्छ।”