सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले नेपालको क्रिकेटमा सुदूरपश्चिमको ठुलो योगदान रहेको बताउनुभएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँबामा रहेको फुङ्फुङ्गे झरना पर्यटकलाई सधैं आकर्षित तथा मोहित गराउने एक सुन्दर झरना हो। हिउँद तथा बर्खा दुवै मौसममा फुङ्फुङ्गे झरनाको भ्रमण गरेर आनन्द लिन सकिन्छ।
संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताउनुभएको छ । सङ्घीय संसद्द्वारा आज यहाँ आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तर्क्रियामा उहाँले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसँग नभएको उल्लेख गर्नुभयो ।
स्विडेन फिफा महिला विश्वकप फुटबलमा तेस्रो भएको छ । तेस्रो स्थानका लागि शनिबार भएको खेलमा स्विडेनले अष्ट्रेलियालाई २–० गोलले हरायो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद् बैठक नियमित अवरुद्ध गर्ने नेकपा (एमाले) को प्रवृत्ति गलत रहेको बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहलकदमी लिनुपर्ने बताउनुभएको छ ।
कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरूकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया प्रेमकुमारी गिरीले ध्यान दिएर पढ्नुहुन्छ ।
बागमती प्रदेशमा डेंगु सङ्क्रमित सङ्ख्या तीन हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भदौ १ गते शुक्रबारसम्म प्रदेशका १३ जिल्लामा तीन हजार एकसय १९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहबीच भेटवार्ता भएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनर्निर्माण गरिएको छ ।
सप्तरीको ट्राफिक प्रहरीले सवारी चालकसँग अवैध रकम असुली गरिरहेको चालकहरूको गुनासो छ । सप्तरीका विभिन्न चोक, गल्ली तथा सडक अस्तव्यस्त हुँदै गर्दा ट्राफिक प्रहरी सवारी चालकसँग अवैध रकम असुलीमा लागेको आरोप छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्याएर यसको नेटवर्कको पहिचान गरी दोषीमाथि कारबाही गरिने बताउनुभएको छ ।
साबिक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको लिगको पहिलो खेलमा बायर्नले वेर्डन ब्रेमनलाई ४–० गोलले हरायो ।
पूर्वी नवलपरासीको गैँडाकोट–९ देशमै पहिलो पूर्ण सहकारी वडा घोषणा भएको छ । गैँडाकोटको सो वडाका करिब ९४ प्रतिशत घर परिवारका सदस्य विकू सहकारीमा सदस्य बनेकाले पूर्ण सहकारी वडा घोषणा गरिएको हो ।
तीन दशक अगाडि नलकुप आयोजनाले सिँचाइका लागि बोरिङ जडान गर्दा वनगाईँ डोहोटे सडकको ट्रयाक खोलिएको थियो । सडक मर्मत गरी गाडी चल्ने बनाइएको थियो ।