नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व मन्त्री गगन थापाले नेपालमा अहिले विकासका लागि योजना दिने नेता र राजनीतिज्ञ चाहिएको बताउनुभएको छ ।
नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन् । शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई हराउँदै उनी च्याम्पियन बनेका हुन् ।
वर्षायाममा धेरै मानिस खेतीपातीमा व्यस्त छन् । तर देशकै सबैभन्दा ठुलो ऐतिहासिक मकवानपुरगढी दरबार घुम्नेको सङ्ख्यामा भने कृषिको चटारो अनि झमझम परिरहेको पानीले पनि कमी ल्याउन सकेको छैन ।
सङ्घीय संसद्मा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूको बैठक आह्वान गर्नुभएको छ ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको भोलि संसदीय सुनुवाइ गर्ने भएको छ ।
अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्नेहरु पनि उत्तिकै छन् ।
यात्रा रहेछ जिन्दगी... यात्रा नै रहेछ । मनमै लागिरह्यो, मैले पुग्नुपर्ने कहाँ, जाँदैछु कता वा मेरो गन्तव्य थाह नपाईकन म हिँडेको छु । मेरा एक मित्रले हातमा एउटा टेलिग्राम थमाइदिएर मलाई तत्काल बम्बई फर्किन आग्रह ग-यो ।
बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका ४० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । लम्पी स्कीनरोग विरुद्धको एक हप्ते खोप अभियान अन्तर्गत खोप लगाइएको प्रदेश सरकारको पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
सत्रौँ राष्ट्रिय सूचना दिवसका अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित ओखरेनी गाउँमा सूचनाको हकसम्बन्धी समुदाय जागरण अभियान सम्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचनाको वास्तविक मालिक नागरिक भएको बताउनुभएको छ । १७ औँ राष्ट्रिय सूचना दिवसको अवसरमा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
ज्येष्ठ नागरिक गङ्गाराम भट्टराई घरमा बसिरहन पट्यार लागेपछि वीरेन्द्रनगर नगरपालिका–८ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमा पुगेर भजन कीर्तनमा रमाउनुहुन्छ। सो सेवा केन्द्रमा नियमित हुने भजन कीर्तन, प्रवचन र देउडा गीतमा रमाउन उहाँसँगै अन्य नागरिक पनि त्यहाँ पुग्नुहुन्छ।
पहिराेले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ । आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडक पुनः अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।
समाजवादी मोर्चाको बैठक आज(आइतबार) साँझ ६ बजे नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक बस्न सकेको थिएन ।
नाम्खा गाउँपालिकाले जग्गाको वर्गीकरण सुरु गरेको छ। अन्य पालिकाले जग्गा वर्गीकरण गर्न नसकिरहेको बेला गाउँपालिकास्तरीय समितिले जग्गाको वर्गीकरण गरेको हो। गाउँपालिका अध्यक्ष एवं सङ्घीय भूउपयोग समिति अन्तर्गतको स्थानीय स्तरमा कार्यान्वयन समितिका अध्यक्ष प्रेमबहादुर लामाले पालिकाभित्रको जग्गा वर्गीकरण गर्न थालिएको बताउनुभयो। नाम्खा गाउँपालिकाले जग्गा वर्गीकरण गरेसँगै जग्गासम्बन्धी कारोबार गर्ने बाटोसमेत खुलेको छ। हालसम्म जग्गाको वर्गीकरण गर्न नसकेको भन्दै सबैतिर विरोध भइरहेको बेला नाम्खा गाउँपालिकाले आफ्नो कार्य पूरा गरेको छ।
काठमाडौँको वनस्थली ढुङ्गेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले आज बिहान विपरीत दिशाबाट आउँदै गरेको प्रदेश०२–०३७प ०७५५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।