राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई राष्ट्रपति पौडेलले बैठकमा बोलाउनुभएको छ।
सात बुँदे धनगढी घोषणापत्र जारी गर्दै सुदूरपश्चिम प्रदेश स्तरीय समावेशी र गुणस्तरीय शिक्षा सम्मेलन आइतबार धनगढीमा सम्पन्न भएको छ । रुडुकको आयोजनामा समावेशी र गुणस्तरीय शिक्षा तथा बालबालिकाको क्षेत्रमा बजेटको अवस्थाबारे प्रदेशस्तरीय सम्मेलन भएको हो ।
पाँच सय किलोग्रामभन्दा बढी पटकासहित जितेन्द्रकुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको छ ।
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले काठमाडौंबाट रसुवाको केरुङ नाका हुँदै तिब्बती मार्ग भएर हुम्लाका लागि खाद्यन्न बोकेका गाडी आइतबार काठमाडौंबाट छुटेका छन् । जिल्लामा खाद्यन्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यन्न पठाएको हो ।
नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठकमा नेताहरूले धारणा राख्नेक्रम जारी छ।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले भाषा आयोगले गरेको सिफारिसअनुसार कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई कामकाजको भाषा बनाउनमा सरकारले स्वीकार गरी पहल थाल्दा हुने बताउनुभएको छ ।
सुनसरीको रामधुनी नगरपालिका बाट १७ हजार ५ सय नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार रामधुनी वडा १ का ३६ वर्षीय रोशन चौधरीलाई ५ सय रुपियाँका ३५ थान नक्कली नोटसहित इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।
बाढी पहिरो तथा आगलागीबाट प्रभावित स्थानहरूमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । देशका विभिन्न स्थानमा परिचालित सेनाको फौजले उद्धार गरिरहेको नेपाली सेनाले जनाएको छ ।
झापाको हल्दिबारीमा विषालु सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका –२ निवासी ४५ वर्षीया जितेन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक सोमबारका लागि सरेको जानकारी दिनुभयो। उहाँका अनुसार मोर्चाको बैठक सोमबार बिहान ७:३० बजे बस्नेछ।
तराईको लाइफलाइनको रूपमा रहेको अति संवेदनशील चुरे क्षेत्रलाई जोगाउन नीतिगत रूपमा अगाडि बढ्नु पर्नेमा एक कार्यक्रमका सहभागीले माग गर्नुभएको छ ।
हङकङ र थाइल्याण्डले नेपालमा भएको एसिया यू–२० रग्बी सेभेन्सको उपाधि जितेका छन् । एसिया रग्बीको आयोजना र नेपाल रग्बी सङ्घको व्यवस्थापनमा भएको प्रतियोगितामा हङकङले पुरुष र थाइल्याण्डले महिलामा उपाधि जितेका हुन् ।
कुखुराको मासुमा नेपाल आत्मनिर्भर भए पनि भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसार भइरहेको र त्यसको अपेक्षित नियन्त्रण हुन नसक्दा आफूहरू उठ्नै नसक्ने मारमा परेको कुखुरा उद्योगी व्यवसायीले बताएका छन्।
मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपियाँभन्दा बढी रकम फेला परेको छ । आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैङ्कका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो ।
नेपाली राष्ट्रिय टोलीका स्ट्राईकर विमल घर्तीमगर विवाह बन्धनमा बाँधिनुभएको छ । विमलले आइतबार भद्रकाली मन्दिरमा प्रेमी लिना प्रधानसँग लगनगाँठो कस्नुभएको हो ।