प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआराधना गरेर मनाइँदैछ ।
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ । सिंहदरबारमा आज संसदीय सुनुवाइ समितिमा उहाँको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको हो ।
आफ्ना दुई खुट्टाले मात्रै शरीर धान्न नसकेपछि स्टिलका चार वटा खुट्टा भएको ‘वाकर’ को सहारामा बसेको ठाउँबाट थरथराउदैँ उठ्नुभयो ८४ वर्षीय श्रीराम पावे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
चान्द्रमासअनुसार श्रावण शुक्लपक्षको तेस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । यसवर्ष सौमास अनुसार साउन महिनामा अधिकमास परेकाले चान्द्रमास अनुसारका सोमबार पनि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तवजनको भीड लागेको हो ।
झापाको बुद्धशान्तिमा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ । आइतबार बिहान एजुकेशन फाउन्डेसनको मे १ क ८६० नम्बरको स्कुल बसले ठक्कर दिँदा गम्भीर घाइते बालिकाको उपचारका क्रममा आज (सोमबार) मृत्यु भएको हो ।
ऐतिहासिक तर लुकेको सो धार्मिक क्षेत्रको थप प्रचारप्रसार गर्न तथा राज्यको ध्यानाकर्षण गर्न गाउँपालिकाले वृहत महोत्सव गर्न थालेको हो ।
वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ ।
काठमाडौँ महागरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ ।
यसरी धेरैले सम्झिनलायक आँखा अस्पताल बनाउनमा वरिष्ठ समाजसेवी नरेशप्रसाद सिंहको योगदान अथक रहेको छ । उहाँ विगत ४१ वर्षदेखि अस्पताल भौतिक पूर्वाधारलगायत अन्य क्षेत्रको श्रीवृद्धिमा अनवरत मिहिनतका साथ लागिरहनुभएको छ ।
कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार अनुपस्थित भएपछि उहाँले बिहान बोलाउनुभएको कार्य व्यवस्था परामर्श समितिको बैठक स्थगित गरिएको छ । कार्य व्यवस्था परामर्श समितिका सदस्यहरूबिचको अनौपचारिक छलफलले बैठक स्थगित गरी आजै मध्यान्ह सवा १२ बजे बैठक बस्ने सहमति गरेको थियो ।
कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा बैठक सञ्चालन गर्न असमर्थ रहेको बताउनुभएको छ । अचानक बिरामी परेको भन्दै भदौ ४ गते र त्यसभन्दा पछाडिको बैठक सञ्चालन गर्न नसक्ने जानकारी उहाँले प्रदेशसभा सचिवालयलाई दिनुभएको हो ।
बाजुराको बडीमालिका नगरपालिका–६, कोर्धका धनी थापा उमेरले ६५ वर्ष पुग्नुभयो। उमेर ओराली लागेसँगै उहाँलाई नियमित स्वास्थ्य जाँच गराइराख्नुपर्छ। पिसाब पोल्ने रोगले ग्रसित थापालाई महिनाको दुई पटक उपचारका लागि अस्पताल पुग्नै पर्ने बाध्यता छ। नियमित चेकजाँच र औषधी किन्न मात्रै एक पटक कम्तीमा दुई हजार खर्च हुने गरेको छ। त्यो खर्च स्वास्थ्य बिमा र विपन्न परिवारको सुविधाबाटै व्यवस्थापन गर्ने गरेको उहाँले बताउनुभएको छ। बिमा कार्यक्रम लागु हुनुभन्दा अगाडि एक पटक उपचार गर्नका लागि १० हजार रुपियाँभन्दा बढी खर्च गर्न परेको उहाँले सुनाउनुभयो। तर, अहिले सो कार्यक्रम लागु भइसकेपछि निःशुल्क उपचार हुने गरेको थापाले बताउनुभयो।
दार्चुलाको एक विद्यालयका प्रधानाध्यापक छ दिनदेखि बेपत्ता भएका छन् । लेकम गाउँपालिका–२ स्थित श्री सरस्वती आधारभुत विद्यालय बिटोराका प्रधानाध्यापक अनिरुद्ध भट्ट छ दिनदेखि बेपत्ता भएको आफन्त अम्बादत्त भट्टले जानकारी दिनुभयो ।
साबिकका त्रिवेणी, कटारी, स्वरुङछबिसे, रिस्कु, सिरिसे, लिम्पाटार, मयाखु, हर्देनी र लेखानीसमेत गरी १० वटा गाउँ विकास समितिलाई एकीकृत गरी गठन गरिएको कटारी नगरपालिका उदयपुरको दोस्रो ठुलो नगरपालिका हो ।