जिल्लाको जयपृथ्वी नगरपालिका र खप्तड छान्ना गाउँपालिका जोड्ने स्थानीय तमैल बजारमा सेती नदीमा करोडौँको लागतमा निर्माण भएको पक्की पुल सम्झौता भएको सात वर्ष पछि निर्माण भएको छ । पक्की पुल निर्माण भएसँगै स्थानीयवासीहरुमा खुसी छाएको छ ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको नाम अनुमोदन गरेको छ ।
वक्रकुण्ड महादेव मन्दिरको आयोजनामा श्री वक्रकुण्ड पञ्चेश्वर धार्मिक तथा पर्यटन विकास समितिको १३ औं वार्षिक उत्सव समारोह तथा निःशुल्क स्वास्थ्य शिविरका साथमा नागपञ्चमी मेला सम्पन्न भएको छ ।
कम्बोडियाका राजा नोरोदोम सिहामोनीले गत महिना सम्पन्न आम निर्वाचनपछि सोमबार नयाँ राष्ट्रिय सभाको पहिलो अधिवेशनको अध्यक्षता गर्नुभएको छ ।
इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ ।
नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा वीरेन्द्रनगर, सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यहाँ आइपुग्नुभएको हो ।
भारत सरकारले नेपाली टमाटरको आयातमा अनुमति दिएसँगै भैरहवा भन्सार हुँदै नेपालको टमाटार भारतीय बजारमा पुग्न थालेको छ ।
तनहुँ जिल्ला बाढी पहिरोको उच्च जोखिममा छ । जिल्लाका १० वटै पालिका बाढी पहिरो, आगलागी, चट्याङजस्ता विपद्को जोखिममा रहेका हुन् ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिने निर्णय भएको बताउनुभयो ।
बुद्ध जन्मस्थल लुम्बिनी घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको छ । गत वर्षको तुलनामा पर्यटक आगमनमा सुधार देखिएपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित छन् ।
वराहक्षेत्र मन्दिर जाने बाटोमा आइतबार राति पहिरो गएपछि बाटो अवरुद्ध भएको छ । कोशी पुलदेखि १ किलो मिटर अगाडि पहिरो गएपछि बाटो अवरुद्ध भएको हो ।
चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सम्पूर्ण कर्मचारीलाई बीमा गर्न आग्रह गरेको छ ।
कोभिड–१९ महामारीपछि रोकिएको ताप्लेजुङकै ऐतिहासिक एवम् ठुलो धनराशि भएको फुटबल प्रतियोगिता यो वर्ष सञ्चालन हुने भएको छ ।
यमन हुँदै खाडी मुलुक प्रवेश गर्न खोज्ने इथियोपियाली आप्रवासीमाथि साउदी सीमा सुरक्षा गार्डले ‘विस्फोटक हतियार’ प्रहार गरेको ह्युमन राइट्स वाच (एचआर डब्लु) ले सोमबार जनाएको छ ।
नेपाल सरकार मन्त्रिपरिषदको बैठकले विज्ञापन नियमावली संशोधन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको पहलमा विज्ञापन नियमावली संशोधन भएको हो । विज्ञापन बजारमा मौलाउन थालेको अपारदर्शिताको अन्त्य गर्न सञ्चारमन्त्री शर्माले विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लग्नुभएको थियो ।