पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १२२ वटा मुद्दाहरूमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताउनु भएको छ।
कात्तिक शुक्ल पूर्णिमाका दिन अर्थात् आज (मङ्गलबार) ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ । आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा झण्डै पाँच लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १० वर्षमा मुलुकको राजनीतिलाई पूरै सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि पाँच बैङ्कले करिब आठ अर्ब रुपियाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बुधबार बैतडी आउने कार्यक्रम तय भएको छ।
राजेश चाम्लिङ राई कठमाडौं, कात्तिक २२ गते। निर्वाचन आयोगले निजी क्षेत्रका व्यवसायीलाई चुनावको थप माहोल बनाउन सहयोग गरिदिन आग्रह गरेको छ। मङ्गलबार आयोगको कार्यालयमा ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को सन्दर्भमा ‘निजी क्षेत्रसँग अन्तरक्रिया’ कार्यक्रम आयोजना गर्दै आयोगले यस्तो आग्रह गरेको हो। विभिन्न नेतृत्वदायी सङ्गठन तथा व्यक्ति सहभागी कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत आयोगका सूचना तथा सन्देश प्रवाह गरिदिन’ आग्रह गर्नुभयो। उहाँले आयोगमार्फत उत्पादित मतदाता शिक्षा, आचारसंहिता पालना तथा निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देश प्रवाह गरेर सहयोग गर्न आग्रह गर्नुभयो। व्यवसायीको सहयोग मुलुक र लोकतन्त्रका लागि महत्त्वपूर्ण हुने विश्लेषण गर्नुहुँदै उहाँले आ–आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई मतदान गर्न पाउनेगरी सहजीकरण गरिदिन आग्रह गर्नुभयो। उहाँले हाल देशको अर्थतन्त्र निक्कै अप्ठ्यारो स्थितिमा रहेका तथ्य विश्लेषण गर्दै निर्वाचनपछि यो माहोलमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले संसारको अभ्यासबाट निर्वाचनमा गरिने खर्च अनुत्पादक हुने देखिएको विश्लेषण गर्नुहुँदै आयोगले निर्वाचन मितव्ययी बनाउने क्रममा निजी व्यवसायीलाई असर परेको भए क्षमा गरिदिन आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष चन्द्र ढकालले निर्वाचन सफल बनाउने सन्दर्भमा आयोगले निजी व्यवसायीलाई पनि सम्झिएकोमा खुसी व्यक्त गर्नुभयो। यसअघि स्थानीय निर्वाचनमा मतपत्रमा धेरै निर्वाचन चिह्न हुँदा मतदाताहरू सही ढङ्गले मतदान गर्नेबारे अन्योलमा परेको उल्लेख गर्दै उहाँले यसपटक निर्वाचन आयोगले मतपत्रमा गरेको फेर बदलले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष रमेश थापाले निर्वाचन आयोगको आग्रह कार्यान्वयनमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनको दिन यातायातको सहज सञ्चालनमा सहयोग गरिदिन आग्रह गर्नुभयो। यसअघि पर्यटकका लागि निश्चित प्रावधानसहित बसको व्यवस्था गरिदिने अभ्यास रहेको स्मरण गराउँदै उहाँले यो मुख्य पर्यटकीय सिजन भएकोले यातायातको सहज आवागमन आवश्यक भएको बताउनुभयो। कार्यक्रममा सहभागी अन्य विभिन्न व्यवसायीले आयोगको आग्रह बमोजिम आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्ने क्रममा स्थानीय तहसम्म निजी क्षेत्रको संयन्त्रलाई सहभागी गराउन आग्रह गर्नुभयो।
संयुक्त राज्य अमेरिकाकाे सन् २०२४ को लागि डाइभर्सिटी भिसा (डिभी) आवेदन भर्ने म्याद आजसम्म मात्र रहेको छ । असोज १९ गते बुधबार राति ९ः४५ बजेबाट खुला भएको आवेदन कात्तिक २२ गते अर्थात् आज (मङ्गलबार)सम्म मात्र रहेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू चुनावी एजेण्डा मतदाताका घर-घर पुर्याउन दिनरात खटिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को सङ्क्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानि अपनाउन आग्रह गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडेर समृद्ध नेपाल बनाउन सकिने बताउनुभएको छ ।
काठमाडाैँ क्षेत्र नम्बर – १ का प्रतिनिधि सभा उम्मेद्वार रहनुभएका प्रकाशमान सिंहले विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकाश मतदाताको मन जित्न सफल भएको बताउनुभएकाे छ। आज घरदैलाे कार्यक्रमका क्रममा उहाँले उक्त कुरा बताउनुभएकाे हाे ।
बेलाइतका व्यापारनीति मन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई वेवास्ता गर्दै ताइपेइ पुग्ने मन्त्री ग्रेग पछिल्ला विदेशी व्यक्ति बनेका छन् ।