राष्ट्रपति विद्यादेवी भण्डारी केहीबेर अघि आइसल्याण्ड प्रस्थान गर्नुभएको छ ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाले सञ्चारकर्मीका लागि निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्ष र आचारसंहिता कार्यान्वयनमा सहयोग पुगोस् भनी सो कार्यक्रम आयोजना गरेको हो ।
नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहितका बहुमत कार्यसमिति सदस्य नेकपा (एमाले) मा समाहित भएका छन् ।
स्वतन्त्र बाम उम्मेदवार घनश्याम भुसालले रुपन्देहीलाई पर्यटकीय र आर्थिक विकासको केन्द्रबिन्दु बनाउने योजनासहित आफूले रुपन्देही १ मा उम्मेदवारी दिएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य तनहुँ –१ का उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो ध्यान जनताले प्रत्यक्ष अनुभूत गर्ने र मुलुकको रूपान्तरणको लागि केन्द्रित भएको बताउनुभएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर ४ गतेपछि बन्ने एमाले नेतृत्वको सरकारले मात्र देशको आर्थिक समृद्धि कायम गर्न सक्ने बताउनुभएको छ ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले चुनावका बेला अनेक उम्मेदवारको चुनावी नारामा मतदाता नपरेर विकासप्रेमी उम्मेदवारको पहिचान गरेर मतदान गर्नुपर्ने बताउनुभएको छ ।
रुकुमपूर्व अस्पतालमा सुत्केरी भएकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका– ५ की ३४ वर्षीया सावित्री गुरुङलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।
काठमाडौंको जोरपाटीबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी केदारनाथ मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । तेह्रथुम अठराई गाउँपालिका–५ घर भएका ५४ वर्षीय केदारनाथ मिश्रलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
एक हप्तामा देशभरबाट तीन हजारभन्दा बढीमा डेंगु पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।
नेपाल सरकार र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी गर्ने भएको छ ।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका गैरआवासीय नेपालीहरुको हकहितको सम्बर्धन गर्नका लागि सहकार्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।
साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक ६.४३ अङ्क घटेर १९५८.९४ बिन्दुमा झरेको हो ।
पाकिस्तानमा केही महिना यतादेखि सुरु भएको डेंगुको प्रकोप झन् बढेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार पाकिस्तानका पूर्वी प्रान्त पञ्जावमा पछिल्लो समयमा यसको प्रकोप बढेको पाइएको छ ।