युवाशक्ति नै देश विकासका संवाहक हुन्। राष्ट्रिय विकासको रथ तान्ने आधारभूत शक्ति भनेकै युवा वर्ग हो। युवाको आँट, जोश, जाँगर र हिम्मतलाई उपयोग नगरेसम्म देशले विकासको काँचुली फेर्न सक्दैन। नेपाललाई दक्षिण एसियाकै धेरै युवा जनशक्ति भएको देश भनिए पनि युवा रोजगारीका लागि विश्व बजारमा श्रम र सीप बेच्न बाध्य छन्। देशमा भएका युवा पनि अवसरको अभावले बरालिएका छन्। कोही राजनीतिक दलमा लागेर अनुत्पादक समय खर्च गरिरहेका छन् भने कोही कुलतमा फँसेका छन्। यसरी हेर्दा राज्यले युवाशक्तिलाई विकास निर्माणमा उपयोग गर्न सकेको छैन। उत्पादनको क्षेत्रमा लगाउन सकेको देखिँदैन।
सप्तरीको राजविराजस्थित गजेन्द्र चोकलाई प्रचारप्रसारका सामग्री टाँस्ने स्थलका रूपमा प्रयोग गरिएको छ। नगरलाई सफा बनाउने नारा बोकेका राजनीतिक दल तथा उम्मेदवार नै गजेन्द्र चोकलाई कुरूप र फोहोर बनाउन लागेका छन्।
नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा शान्त पहरी निर्वाचित भएका छन् । जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न अधिवेशनबाट पहरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा धनकुटामा रोचक प्रतिस्पर्धा हुने भएको छ। नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक वाम गठबन्धनका सुनील थापा र नेकपा एमाले नेतृत्वको गठबन्धनका राजेन्द्रकुमार राई चुनावी प्रतिस्पर्धामा रहनुभएको छ। यी दुई उम्मेदवारले एक अर्कासँग दुई पटक चुनावी प्रतिस्पर्धा गरिसक्नुभएको छ।
काठमाडौंको कीर्तिपुर नगरपालिका–६, चोभारमा १३२ केभीको सबस्टेसन निर्माणमा सहमति जुटेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
पूर्वराष्ट्रिय च्याम्पियन क्यान्डिडेट मास्टर नवीन तण्डुकारले आइतबार समृद्धि फाइनान्स नेसनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपमा एकल अग्रता बनाउनुभएको छ। पाँचौँ चरणको खेलमा अर्का पूर्वराष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्यमाथि जित हात पार्दै तण्डुकारले अग्रता बनाउनुभएको हो।
नेपालभाषाका साहित्यकारद्वय मोतीलक्ष्मी शाक्यको प्रबन्ध सङ्कलन ‘झिगु नेवाः संस्कार व संस्कृतिया धुकूपिकू’ (हाम्रो नेवार संस्कार र संस्कृतिको ढुकुटी) र मनदेवी ताम्राकारको कथासङ्ग्रह ‘छेँदुने’ (घरभित्र) नामक पुस्तक सार्वजनिक भएको छ।
विवाह र व्रतबन्धका बेला गाइने मागल गीत हुम्लाका पुराना र वृद्ध महिलाबाट नयाँ पुस्ताले सिक्न थालेका छन्। शुभ कार्यमा यो गीत अनिवार्य भएकाले नयाँ पुस्ताका महिलाले यसलाई सिक्न थालेका हुन्। सिमकोट गाउँपालिका–५ की बाँचु रावतले विवाह र व्रतबन्धमा महिलाले अनिवार्य रूपमा गाइने मागल सिपालु पुराना महिलाबाट सिक्न थालिएको बताउनुभयो। हुम्लामा विवाह, व्रतबन्ध र अन्य शुभ कार्यमा यो गीत अनिवार्य रूपमा गाउनुपर्छ।
आर्टेमिस एयरस्पेसले विश्वका छवटा हेर्नैपर्ने विमानस्थलमा नेपालको तेन्जिङ–हिलारी विमानस्थललाई पनि समावेश गरेको छ । विश्वका करिब ४१ हजार विमानस्थलमध्ये सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ–हिलारी (लुक्ला) विमानस्थल तेस्रो स्थानमा समावेश गरिएको छ ।
सिन्धुली, दुधौली नगरपालिका–११ निवासी ५० वर्षीय धर्म कुँमरले हरेक निर्वाचनमा उम्मेदवारले उठाउने गरेको विकासको मुद्दा ‘कमला नदी नियन्त्रण’ सुन्दै आउनुभएको छ। यो बीचमा धेरै जनप्रतिनिधि फेरिए पनि कमला नदी कटानको समस्या भने फेरिन नसकेको उहाँको दुखेसो छ। वर्षामा कमलाको बाढीजस्तै चुनावका बेला नेताहरूको आश्वासनको बाढी आउँछ। कमलाले खेत बगाउँछ, आश्वासनको बाढीले जनमत बढार्छ अनि मतदाताको समस्या ज्युँका त्युँ।
कोरोना महामारीका कारण बन्द रहेका नेपालगञ्जका क्यासिनो पुनः सञ्चालनमा आएका छन् । यहाँका तारे होटलमा रहेका क्यासिनो सञ्चालनमा आउँदा भारतीय पर्यटक बढेका हुन् । नेपालगञ्जमा सञ्चालनमा ल्याइएका क्यासिनोको प्रमुख बजारका रूपमा भारतको लखनउ, गोन्डा, बहराइच, बाराबङ्की, सीतापुर र लखिमपुर हुन् । यी स्थानबाट अहिले क्यासिनो खेल्नका लागि नै ठूलो सङ्ख्यामा भारतीय आउन थालेका हुन् ।
झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो ।
देशैभर ब्रोन्डब्यान्ड इन्टरनेट विस्तार गर्न सञ्चालित विभिन्न परियोजनामा साढे सात अर्ब रुपियाँभन्दा बढी खर्च भएको छ ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइएको छ। केही साना राजनीतिक पार्टी र समूहले निर्वाचन बहिष्कार गरी चुनावविरोधी गतिविधि र भ्रम फैलाउन सक्ने भएकाले देशभरको सुरक्षा सतर्कता बढाएर थप सुदृढ बनाइएको हो।
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेललगायत १० स्वतन्त्रसहित १९ जना उम्मेदवारकै कारण चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ राष्ट्रिय चासोको विषय बनेको छ।