• ८ जेठ २०८१, मङ्गलबार

नेपाल पत्रकार महासङ्घ जापानको अध्यक्षमा पहरी निर्वाचित

blog

जापान, कात्तिक २१ गते । नेपाल पत्रकार महासङ्घ जापानको अध्यक्षमा शान्त पहरी निर्वाचित भएका छन् । जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न अधिवेशनबाट पहरी अध्यक्षमा निर्वाचित भएका हुन् । 

पहरीले अध्यक्ष पदका उम्मेदवार दीपक गौतम कवि किरण न्यौपाने र पूर्णबहादुर चलाउनेलाई हराएका हुन् । उपाध्यक्षमा रवीन्द्र श्रेष्ठ, महिला उपाध्यक्षमा इन्दिरा खनाल, सचिवमा राजन गौतम, खुल्ला सहसचिवमा विश्वास आचार्य, समावेशी सहसचिवमा सजिना मोक्तान र कोषाध्यक्षमा अर्जुन लामिछाने चयन भएका छन् ।

सदस्यहरूमा लक्ष्मी पौडेल कृष्णप्रसाद अधिकारी, विकास लम्साल, भूपेन्द्र केसी, विष्णुप्रसाद सापकोटा, दुबल सिंह गुरुङ, प्रेमश शेर्पा, फुर्वा शेर्पा चयन भएका छन् ।

Author

सरिता थापा