दैलेखको भगवतीमाई गाउँपालिका ४ राउटे चौरमा पानी बोकेर घरतर्फ जाँदै राउटे युवती
वार्षिकोत्सवका अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको बौद्धस्थित समता सामुदायिक अस्पताललाई पाँच लाख रुपियाँ सहयोग गरेको छ । अध्यक्ष शाहले समता अस्पतालका अध्यक्ष उत्तर सञ्जेललाई पाँच लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादी शक्तिले आफ्नो पार्टीलाई कमजोर बनाउन प्रयासरत रहेको बताउनुभएको छ । शनिबारबाट ललितपुरको गोदावरीमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उहाँले त्यस्तो बताउनुभएको हो ।
सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०७७÷७८ को योगदान रकमबाट प्राप्त ब्याजका साथै एक प्रतिशत प्रतिफल रकम योगदानकर्ताको खातामा जम्मा गरेको छ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानसहित सुरक्षा प्रमुखहरुले बेलहिया नाकालाई व्यवस्थित गर्न र कोभिड संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकाको निरीक्षण गरेका छन् ।
अवैध रुपमा नदीजन्य वस्तु उत्खनन् गरी ओसारपसार गर्ने तीन ट्याक्टरलाई जाजरकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताप्लेजुङस्थित डिभिजन वन कार्यालयले उत्कृष्ट कर्मचारी र वनकर्मीलाई पुरस्कृत गरेको छ । डिभिजन वन कार्यालयमा कार्यरत उत्कृष्ट कर्मचारी र सामुदायिक वन तथा निजी वनमा योगदान गर्नेलाई कार्यालयले पुरस्कृत गरेको हो ।
१. यति दरिद्र पनि के हुनु ? एकदुई तोला लज्जा पनि नहोस् आफूसँग यति दरिद्र पनि के हुनु ? तीनचार मासा इमान पनि नहोस् आफूसँग यति दरिद्र पनि के हुनु ? पाँचछ लाल निश्छलता पनि नहोस् आफूसँग
मान्छेको भूमिका बदलिन धेरै ठूलो घटना हुनु पर्दैन। बाटो फेरिन निकै ठूलो घुम्ती चाहिँदैन र लामो कालखण्ड आवश्यक पनि हुँदैन। जिम्मेवारी र जीवन मोडिन त एक दृश्य नै काफी हुन्छ। बेलायती नागरिक लिसा ह्वाइटहाउस फोस्केटको जीवनमा पनि त्यस्तै भयो। उनको भूमिका बदलिनुमा पनि कुनै ठूलो घटना भएको होइन। सानो दृश्य, बस एक सानो दृश्यले उनको मन फेरियो। त्यही दृश्यको रापले उनलाई जिम्मेवारीको ठूलो भारी बोक्ने प्रेरणा मिल्यो र उनले नयाँ भूमिकामा जीवन समर्पित गर्ने प्रण गरिन्। धेरैलाई अपनत्व मात्र होइन, ममतामयी अभिभावकत्व दिन उनी दृढ बनिन्।
भाइबहिनीहरू तिमीहरू सबैले खाएकै छौ होला महको स्वाद कति गुलियो, स्वादिलो अनि मीठो हुन्छ । यति मीठो मह बनाउने मौरी कति सानो हुन्छ । उनीहरूले समूहमा मिलेर बराबरी काम गर्छन् । नजिकै फुलेको फूलको रस चुसेर जम्मा गर्दै गर्दै धेरै मह आफ्नो घार अर्थात् उनीहरू बस्ने घरमा सङ्कलन गर्छन् । उनीहरू आफू पनि खाँदैनन् । यसका लागि उनीहरू फूलको रस लिन टाढा टाढा पनि पुग्छन् ।
झापाको कनकाई नगरपालिकास्थित सिंहदेवि आधारभुुत विद्यालयको बैँक खाता रोक्का भएको छ ।
आन्तरिक राजस्व कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ मा डेढ अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व कार्यालय सुर्खेतमा ६९ हजार बढी करदाता दर्ता छन् । ४० हजार करदाताबाट एक अर्ब ६७ करोड राजस्व सङ्कलन गरिएको हो ।
घोडाघोडी नगरपालिका–२ मा रहेको बौराहखोलाले गत असोजमा बगाएको काठेपुल पुनर्निर्माण नहुँदा वर्षाका बेला स्थानीय समस्यामा परेका छन् । वर्षाको बेला घोडाघोडी नगरपालिका–८, ६ र २ का स्थानीय जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन् । वडा नम्बर २ का स्थानीय कृष्णबहादुर विष्टले पुरानो काठेपुल जीर्ण भएको र भत्किएको पुलको पुनर्निर्माण नहुँदा समस्या भएको बताउनुभयो ।
रुपन्देहीको गैडहवा गाउँपालिकाको २५ लाख रुपियाँ लगानीमा निर्माण भएको पाँच सय मिटर सडक एक वर्ष नहुँदै भत्किएको छ । सडक भत्किएपछि स्थानीयले निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेको र प्राविधिक लापरबाही भएको भन्दै पुनः निर्माणको माग गरेका छन् ।