राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको सिन्धुली निर्वाचन क्षेत्र १ र २ मा उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो ।
वर्षको ६ महिना पनि विद्यालय जान नपाएका बालवालिका शनिबार र बिदाको दिनमा समेत विद्यालयमा पढ्न पाएपछि खुशी भएका छन् । जिल्लाको पूर्वी–उत्तर क्षेत्र बुढीनन्दा नगरपालिकाका –७ डाप्कमा रहेको सिद्धेश्वर आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिले शनिबार र विदाको दिन समेत बालवालिकालाई विद्यालयमा पठनपाठनको व्यवस्था गरेपछि विद्यार्थी खुशी भएका हुन् ।
मोगादिसुको दक्षिणी भागमा रहेको सैन्य प्रशिक्षण शिविरको प्रवेशद्वारमा शनिबार साँझ भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको चितवन निर्वाचन क्षेत्र १, २ र ३ मा उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले धनकुटाले जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा कांग्रेस र माओवादीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरी निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताउनुभएको छ ।
भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको एक सर्वेक्षणले महानगर र आसपासका क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदूषणसँग सम्बन्धित रोग भएको देखाएको छ ।
सन् २००९ सेप्टेम्बरमा वाटर फाउन्डेसनले अराल सागरका बारेमा एक डकुमेन्ट्री बनाएको थियो, जुन इसाबेलले बनाएकी थिइन्। सन् १९५० को दशकसम्ममा आरल पृथ्वीको चौथो ठूलो सागर थियो। पहिलो थियो क्यास्पियन समुद्र तथा त्यसपछि लेक सुपेरियर र लेक भिक्टोरिया थिए, ६७ हजार तीन सय वर्ग किलोमिटर क्षेत्रफल भएको अराल चौथो स्थानमा पर्दथ्यो। अराल सागरमा धेरै माछा पाइन्थे र सोभियत सङ्घमा त्यति बेला उपभोग गरिने कुल माछाको छ भागको एक भाग अरालबाटै आपूर्ति हुने गथ्र्यो। अरालका माछाको स्वाद राम्रो हुने भएकाले विश्वभरि त्यहाँको माछाको माग हुने गर्दथ्यो।
रुँदा रुँदा थाकेको आँखा लोलाएर चमेली कुर्सीमा झोक्राइरहेकी थिई । बाहिर टन्टलापुर घाम लागिरहेको थियो । पसिनाले निथ्रुक्क भिजेर बसेकी आमालाई घरमा देखेर फराज र समिन खुसी भए । बिहान सबैरै र बेलुका रातपरेपछि मात्र उनीहरू आमालाई कोठामा देख्न पाउँथे ।
कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मिथिलामा मनाइने सामाचकेवा पर्व अन्तिम चरणमा पुगेको छ ।
लहान–३ मा रहेको प्रादेशिक अस्पतालको हाताभित्र रहेको एक बिगाहा पन्ध्र कठा जमिन अस्पतालको नाममा रजिस्ट्रेसन नहुँदा अस्पतालको स्तरोन्नतिमा समस्या भएको अस्पतालले जनाएको छ ।
विश्वव्यापी जलवायु परिवर्तनमा अत्यन्त न्यून मात्र भूमिका रहेको नेपालले अर्थतन्त्रमा भने नराम्रो क्षति बेहोर्नुपर्ने देखिएको छ। जलवायु परिवर्तनबाट सिर्जित जोखिमको न्यूनीकरण हुन नसके मुलुकको अर्थतन्त्र त्यसको चपेटामा पर्ने प्रक्षेपण गरिएको छ।