कलाकार तथा गायक राजु ढुङ्गेलको मौलिक पञ्चेबाजामा आधारित माइतीघर बजारमा आएको छ । गायक ढुङ्गेलले आफैँले संरक्षण गरेको भाका माइतीघरमा ढुङ्गेलको सङ्गीत रहेको छ ।
निर्वाचन नजिकिँदै जाँदा सर्लाहीका मतदाताले अघिल्लो निर्वाचनमा उम्मेदवारबाट पाएको आश्वासन अझै पूरा नभएको गुनासो गरेका छन्। जिल्लामा वर्षौंदेखिको समस्या ज्युँका त्युँ रहेको मतदाताको भनाइ छ। विशेष गरी यहाँ हुलाकी सडकको समस्या समाधान नहुँदा मतदातामा नैराश्यता बढी देखिएको छ। गोडैता नगरपालिका–७, का स्थानीय सञ्जित दासले प्रत्येक निर्वाचनमा उम्मेदवारले हुलाकी सडकको एजेन्डा उठाए पनि सडकको अवस्था भने सुधार हुन नसकेको बताउनुभयो। “हुलाकी सडकको अवस्था हेर्दा हामीलाई नै लज्जा महसुस हुन्छ तर यहीँबाट चुनाव जितेर गएका उम्मेदवार फेरि हुलाकी सडकलाई मुद्दा बनाएर मत मागिरहनुभएको छ,” दासले भन्नुभयो, “यो
पठनपाठन चलिरहेका बेला धादिङस्थित नीलकण्ठ बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू अकस्मात् प्लेकार्ड लिएर क्याम्पस प्राङ्गणमा उभिए। प्लेकार्डमा लेखिएको थियो, ‘खै रिजल्ट मुसाले खायो, खै मुसो टीयूभित्र पस्यो,’ ‘सङ्ख्यामा विश्वमै एक नम्बर, गुणस्तरमा विश्वमै अन्तिम,’ ‘शिक्षामा राजनीति गर्न पाइँदैन, यस्तो विश्वविद्यालय चाहिँदैन,’ ‘विश्वविद्यालयमा राजनीति बन्द गर, विद्यार्थीको भविष्यमाथि खेलबाड नगर।’
एक महिनाअघिसम्म घनश्याम भुसाल र छविलाल विश्वकर्मा नेकपा (एमाले)का खम्बा हुनुहुन्थ्यो। फुटबल मैदानमा एउटै टोलीबाट गोल हान्न तयार दुई ‘स्ट्राइकर’ जस्तै। एमालेको १०औँ महाधिवेशनमा छविलाल सचिवमा निर्विरोध निर्वाचित हुनुभयो, भुसाल उपाध्यक्षमा पराजित हुनुभयो। पराजित भए पनि भुसाल स्थायी कमिटीमा पुग्नुभयो। २०६५ मा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनबाट भुसाल र छविलाल केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै दुवै जना पोलिटब्युरो सदस्य बन्नु अर्को संयोग थियो।
‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीतमार्फत चर्चामा आएका गायक कृष्ण विकको दोस्रो गीत सार्वजनिक भएको छ। सो गीत उहाँले गायिका समीक्षा अधिकारीसँग मिलेर गाउनुभएको छ। श्रीकृष्ण बम मल्लको शब्द रहेको गीतमा सङ्गीत र एरेन्ज स्वयं गायक कृष्णकै रहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्य र अभिनेता राजेश हमालको विशिष्ट आतिथ्यतामा सोमबार गीतको भिडियो सार्वजनिक गरिएको हो।
लोकतन्त्रको मूल आधार आवधिक निर्वाचनलाई मानिन्छ। आउँदो मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाका निम्ति मतदान कार्य हुँदै छ। मुलुकका सातै प्रदेश र ७७ जिल्लामा एकै चरणमा हुन लागेको यो आमनिर्वाचनको ऐतिहासिक र विशेष महत्त्वसमेत छ। मूल कुरा त एकै चरणमा देशभर निर्वाचन हुँदै छ। निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित तवरले सम्पन्न गर्नु यतिबेलाको मूल दायित्व हो। एकै चरणमा निर्वाचन सम्पन्न गर्नु सुरक्षाका दृष्टिकोणले निकै नै चुनौतीपूर्ण कार्य हो। अझ यसमाथि निर्वाचन बिथोल्नका लागि केही समूह लागिपरेका कारण थप सुरक्षा चुनौतीसमेत देखिएको छ। एकै चरणमा देशभर निर्वाचन सम्पन्न गर्ने योजना आफैँमा विशेष महत्त्वपूर्ण छ।
आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यको निर्वाचन हुन गइरहेको छ। सो निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा गराउन निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ। सामान्यतः आचारसंहितालाई एउटा नैतिक बन्धनका रूपमा बुझिन्छ तर यसलाई पछिल्ला दिनमा राजनीतिक संस्कारको विकास र कानुनी दण्ड सजायका रूपमा पनि बुझिन थालेको छ। आयोगले मतदानको नजिकका १७ दिन मात्रै उम्मेदवारले आम
वैदिक शिक्षाको आधारमा नै आधुनिक शिक्षाले निरन्तरता पाइरहेको छ। वेदको रचना हजारौँ वर्षअघिदेखि ऋषिमुनिहरूले भन्दै आएका कुरा हुन्। यिनै भनाइलाई वेदव्यासले लिपिबद्ध गरेका थिए। आर्यावर्त, हिमवत्खण्ड उद्गम रहेको चार वेद आर्यका ज्ञानका स्रोत थिए। वेदमा आर्यलाई ज्ञानी समुदाय वा सिद्धान्त भनी व्याख्या गरिएको छ। सबै समुदायका व्यक्ति तिनका बुद्धि र क्षमताको सफलतापूर्वक प्रयोग गर्नेलाई आर्य भनिन्थे। मानव सभ्यताका सबैभन्दा प्राचीन ग्रन्थ वेद हो भने त्यसमा पनि ऋग्वेद सबैभन्दा प्राचीन ग्रन्थ हो। दस मण्डल र १,०१७ सूत्रमा विभाजित ऋग्वेदमा राजनीति, कूटनीति, आचार, विचार, परम्पराको पद्यात्मक व्याख्या गरिएको छ। यसमा समष्ठिगत रूपमा आर्यहरूको जीवनशैली र ज्ञानलार्ई परिभाषित गर्ने प्रयास गरिएको छ।
नयाँ राजनेताको उदय र नयाँ नीति सार्वजनिक हुने अस्त्रका रूपमा चुनावलाई चित्रण गरिन्छ। नयाँ नेताको उदय हुन दल नै अनिवार्य आवश्यकता हो भन्ने पनि छैन। दलबिनाको व्यक्तिको राजनीतिमा प्रतिनिधित्व हुँदा लोकतन्त्र संस्थागत हुन सक्दैन भन्ने ठहर कतिपय विज्ञको छ । विज्ञको निष्कर्ष जे भए पनि कहिलेकाहीँ सार्वजनिक क्षेत्रका मानिसले चुनावमा सफलता हासिल गरेर देशलाई समृद्ध पनि बनाएका छन्। स्वतन्त्र व्यक्तिले अक्सर अभिजात वर्ग (एलाइट क्लास)को ठाउँमा आममानिसलाई प्रतिनिधित्व गर्ने खालको कार्यक्रम ल्याएर विजयी बनेको देखिएको छ।
सङ्घीय र प्रदेश सभा निर्वाचन नजिकिएसँगै राजनीतिक सरगर्मी बढ्न थालेको छ। नयाँ संविधान जारीपछि २०७४ मा पहिलो निर्वाचन भएको थियो। मङ्सिर ४ मा हुने निर्वाचन दोस्रो हो। यो निर्वाचनको छुट्टै महत्त्व र विशेषता रहेको विश्वास छ। यो पटकको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि नागरिकको स्थानीय आवश्यकताको सम्बोधन हुने आमअपेक्षा छ। अघिल्लो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विभिन्न दलले नागरिकलाई बाँडेका आश्वासन कतिको पूरा भए, भएनन् भन्नेतर्फ सबैको ध्यान जानुपर्छ। शिक्षा, स्वास्थ्य, रोजगार, वैदेशिक सम्बन्धका बारे भए–गरेका कार्य, राष्ट्र र राष्ट्रियताको सन्दर्भमा भए–गरेका कार्यको फेहरिस्त मतदाताले माग्नुपर्छ। दलहरूले घोषणा गरेअनुरूपका घोषणापत्रमा उल्लिखित कार्य कतिको पूरा भए, भएनन् सोकोसमेत लेखाजोखा यो
आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन ।
सुर्खेतमा कम गुणस्तरका दूध तथा दुग्धजन्य पदार्थ र पानी बिक्री हुने गरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतले चालू आर्थिक वर्षको तीन महिनामा अनुगमनका क्रममा फेला परेका गुणस्तरहीन तेल, घिउ, दूध र दुग्ध पदार्थ नष्ट गरेको छ। उहाँका अनुसार २१ हजार ९१० रुपियाँ बराबरको तेल तथा घिउजन्य पदार्थ र ७२० रुपियाँको दूध तथा दुग्ध पदार्थ नष्ट गरिएको कार्यालयले जनाएको छ।
निर्वाचन आयोगले राष्ट्रिय अनुसन्धान विभागको बर्दिया जिल्लामा कार्यरत सहायक सूचक कृष्णप्रसाद आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा एमालेका उम्मेदवारहरूको निर्वाचन प्रचारप्रसार गरेको सम्बन्धमा उजुरी आएकाले आवश्यक कारबाहीका लागि विभागलाई पत्र पठाएको छ ।
गणतन्त्र स्थापनार्थ महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने कृष्णप्रसाद सिटौला र राजतन्त्रका पक्षधर राजेन्द्र लिङ्देनबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। गत २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा लिङ्देन विजयी हुनुभएको थियो भने सिटौलाको पराजय भएको थियो। चुनावी मैदानमा दुवै उम्मेदवार पुनः आमनेसामने भएकाले उहाँहरूबीचको प्रतिस्पर्धालाई लिएर झापा निर्वाचन क्षेत्र नं. ३ मा चर्चा र चासो बढेको छ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वगृहमन्त्री सिटौला गठबन्धनका तर्फबाट र राप्रपाका अध्यक्ष लिङ्देन
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित सात उम्मेदवारलाई स्पष्टीकरण माग गरेको छ ।