• १९ असोज २०८१, शनिबार

२४ घण्टामा ६६ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

blog

पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

काठमाडौं, कात्तिक २२ गते। पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार १५० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १४ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। सङ्क्रमितको मृत्युदर शून्य छ भने ६६ हजार १६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७२ छ।