• ७ जेठ २०८१, सोमबार

आज डिभी भर्ने अन्तिम दिन

blog

सन् २०२४ को डाइभर्सिटी भिसा (डिभी) आवेदन भर्दै आवेदक । तस्बिर : केशब गुरुङ

काठमाडौं, कात्तिक २२ गते । संयुक्त राज्य अमेरिकाको सन् २०२४ को लागि डाइभर्सिटी भिसा (डिभी) आवेदन भर्ने म्याद आजसम्म मात्र रहेको छ  । असोज १९ गते बुधबार राति ९ः४५ बजेबाट खुला भएको आवेदन कात्तिक २२ गते अर्थात् आज (मङ्गलबार)सम्म मात्र रहेको हो ।

न्यूयोककाे समयअनुसार आज राति १० बजेर ४५ मिनेटसम्म डिभी भर्न सकिनेछ । डिभी २०२४ का विजेताहरूले सन् २०२४ को सेप्टेम्बर ३० सम्ममा भिसा प्राप्त गर्न सक्नेछन् भने डिभीको नतिजा सन् २०२३ को मे महिनामा प्रकाशित हुने कुरा नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।