जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित १८ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९८ दशमलव २८ मा सीमित भएको छ ।
नेकपा (एमाले) का उमहासचिव प्रदीप ज्ञवालीले सरकारले साझा एवम् आधारभूत विषयमा सहमति खोज्नुपर्ने बताउनुभएको छ ।
बागमती प्रदेश सरकारले प्रदेशको श्रम तथा रोजगार नीति सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्रका श्रमिकलाई सङ्गठित हुन सहज हुने कानुनी र संस्थागत व्यवस्था गर्नेगरी बनाइएको प्रदेश श्रम तथा रोजगार नीति २०८० को बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभयो ।
उपप्रधान एवम् तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग थाइल्याण्ड र म्यानमारमा रहेका नेपालीभाषीहरुको प्रतिनिधिमण्डल थाइ नेपाल एसोशिएसनले भेट गरेका छन् ।
तस्करहरूले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत भएको परीक्षणबाट पाइएको लागेको छ ।
गएराति चितुवाले अछामको बान्नीगढी जयगढ गाउँपालिकामा एकै कृषकका आठ बाख्रा मारेको छ । बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्राका तिलक खड्काले पालेका आठ बाख्रा चितुवाले मारेको स्थानीय लक्ष्मी खड्काले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको हो ।
कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ मा पर्ने सुन्दर महभिर झरनाले पर्यटक लोभ्याउने गरेको छ ।
प्राचीन सहर बनेपा, जहाँ छोराभन्दा बढी छोरीलाई महत्त्व दिइन्छ । काभ्रेपलाञ्चोकको यस सहरमा ‘छोरालाई काखा, छोरीलाई पाखा’ भन्ने उखानलाई मिथ्या बनाइदिएको छ ।
जापानको मौसमसम्बन्धी निकायले सोमबार देशभरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी रहेको जनाएको छ ।
सोमवार बिहानबाट परेको अविरल वर्षाका कारण बाँकेको कोहलपुर नगरपालिकाको अधिकांश भागमा पानी भरिएर डुबान भएकोछ । पानी भरिएर नगरपालिकाको वडा ११ गोलपार्क क्षेत्रलगायत वडा १, २, १४, ८, ९ र १० मा डुवान भएको नगरपालिकाले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय प्रदीप गिरि बिपी कोइरालापछिकै विद्वान समाजवादी चिन्तक भएको बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले प्रदीप गिरी मुलुकको सर्वाधिक बौद्धिक व्यक्तित्व रहेको बताउनुभएको छ ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच भेटवार्ता भएको छ ।