तुलसीपुर (दाङ), भदौ ५ गते । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उहाँमा पढाइको भोक मरेन र अहिले उहाँ दैनिक विद्यालय जानुहुन्छ । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ । उहाँले पनातिसमेत देखिसक्नुभएको छ, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उहाँ कक्षा १ मा पढ्न थाल्नुभएको छ । चालु शैक्षिकसत्रदेखि उहाँले कक्षा १ को पढाइ सुरु गर्नुभएको हो । सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उहाँ पढ्न थाल्नुभएको छ । उहाँ पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्नुहुन्छ । “सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्”, उहाँले भन्नुभयो, “बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।”घरमा पनि उहाँ नातिहरूसँग बस्दै आउनुभएको छ । उहाँकी श्रीमतीको विसं २०३२ मा निधन भयो । त्यसपछि उहाँ एकलरूपमा घरमा बस्दै आउनुभएको थियो । उहाँको जेठो छोराको पनि निधन भएपछि अहिले नातिसँग बस्दै आउनुभएको छ । नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उहाँको भनाइ छ । उहाँले आफू बाँच्दासम्म पढिरहने बताउनुभयो । “सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो”, उहाँले भन्नुभयो, “जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।”उहाँ पढ्नमा पनि त्यति कमजोर हुनुहुन्न । कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएको बताउनुभयो । “परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छ”, उहाँले भन्नुभयो, “त्यो पुस्तिकाअनुसार उहाँले लेख्न सक्नुहुन्छ ।” अङ्ग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उहाँले राम्रोसँग पढ्न सकेको बताउनुभयो । उहाँजस्तो उमेरमा व्यक्ति विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताउनुभयो । “उहाँ सुरुमा आउँदा अच्चम्म पनि लागेको थियो, तै पनि कक्षा १ मा भर्ना गर्यौँ”, उहाँले भन्नुभयो, “अहिले उहाँ आउँदा मान्छे बूढो भए पनि पढाइ बूढो हुँदैन भन्ने एउटा उदाहरण बन्नुभएको छ ।”विद्यालयले उहाँलाई सम्मान गर्ने योजना बनाएको समेत प्रअ घर्तीले बताउनुभयो । उहाँ विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोशाक लगाउनुपर्ने भएकाले विद्यालय पोशाक पनि किनिदिने योजना बनाएको बताउनुभयो । रासस
नेतृत्वका बारेमा बुझाइ आआफ्ना होलान् तर समाज विज्ञानका दार्शनिक कार्ल माक्र्सले भने झैँ “म केही हैन तर म हरेक चिज हुँ” भन्ने उत्प्रेरक भनाइले नेतृत्वका बारेमा सङ्केत गर्छ । हरेक समय नेतृत्वले म सबथोक हुँ भन्यो भने ऊ आफू पनि सकियो, समाज पनि ध्वस्त बनाउँछ । खासखास बेलामा अर्थात् सङ्कटका बेलामा म केही पनि हैन भन्यो भने पनि समाज ध्वस्त हुनबाट कसैले बचाउन सक्दैन, त्यति बेला म सबथोक हुँ भन्न सक्नु पर्छ । नेतृत्वका बारेमा कार्ल माक्र्सको यो भनाइले राजनीतिक नेतृत्वलाई परिआएका बेला बलिदान गर्न र जोखिम मोल्न तयार हुने चरित्र नै नेतृत्वको चरित्र हो, त्यसमा पनि राजनीतिक नेतृत्वको अनिवार्य चरित्र
नेपाल कम्युनिष्ट पार्टी [एकीकृत समाजवादी]को केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने छ । पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि महाधिवेशन हुनसकेको छैन ।
संसदीय लोकतान्त्रिक शासन प्रणाली भनेको जनताको मतले छानिएका प्रतिनिधिले गर्ने शासन व्यवस्था हो । यो व्यवस्थामा संसद्को स्थान सर्वोपरि हुन्छ । संसद्ले नै सरकार निर्माण गर्छ । त्यो सरकार संसद्प्रति उत्तरदायी हुनु पर्छ । प्रजातन्त्र या लोकतन्त्रको आधारभूत संस्था भनेको नै जनताले चुनेको संसद् हो, जसले बनाउने कानुनका आधारमा राज्य सञ्चालन हुन्छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
सङ्घीय व्यवस्थाको आधारस्तम्भका रूपमा रहेको स्थानीय तहलाई नेपालको संविधानको धारा ५९, ६०, २२८, २२९ र २३० अनुसार धेरै हदसम्म वित्तीय स्वायत्तता दिइएको छ । कानुन, नीति, मापदण्ड, बजेट तथा कार्यव्रmम बनाउने, खर्च गर्ने, वित्तीय जवाफदेहिता र उत्तरदायित्व बहन गर्ने अधिकार स्थानीय तहले पाएको छ । त्यस्तै आफ्नो अधिकार क्षेत्रभित्रका करका दर र दायराको सम्बन्धमा निर्णय गर्ने सर्वाधिकारसमेत स्थानीय तहमा निहित छ ।
दार्शनिक लेनिनले भनेका छन्, “मलाई युवाको एक पुस्ता देऊ ! म संसारलाई नै रूपान्तरण गरिदिन्छु ।” युवा भनेको एक अजय शक्ति हो । युवा नवीन रचनालाई जन्म दिन सक्छन् अनि विश्वमा नै युगीन परिवर्तनको बिगुल फुक्न सक्छन् । युवा त्यस्तो ज्वार हो, जसले राष्ट्र र राष्ट्रियताका लागि भगीरथ तपस्या गर्न सक्छन् अनि विकास र परिवर्तनका लागि दरिलो र भरिलो आधार स्तम्भ बन्न सक्छन् । कुनै पनि देशको मेरुदण्ड भनेको युवा शक्ति हो । विश्वका अनेकौँ मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तन युवा शक्तिबाट नै भएको कुरा सर्वविदितै छ । युवा राष्ट्रिय विकासका प्रमुख मानव स्रोत र साधन भएकाले युवाको समुचित विकास नभई देशको विकास असम्भव छ । मानव जीवनकै सर्वाधिक ऊर्जाशील समयका रूपमा युवा अवस्थालाई लिइन्छ । युवाको अ
म्याग्दी सदरमुकाम बेनीमा परम्परागत बर्खेनाच देखाउन सुरु भएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ । बेनीमा विशेषगरी नेवार समुदायका अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ ।
बागमती प्रदेश सरकारले वार्षिक कम्तीमा ५० हजार जनालाई रोजगारी दिने लक्ष्यसहित ‘प्रदेश श्रम तथा रोजगार नीति, २०८०’ सार्वजनिक गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सार्वजनिक गर्नुभएको प्रदेश श्रम तथा रोजगार नीतिमा प्रदेशभित्र कम्तीमा ५० हजार जनालाई रोजगारी दिन प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने भनिएको छ । मुख्यमन्त्री जम्कट्टेलले श्रमसम्बन्धी मूल अधिकार सङ्घमा रहेको, श्रमसम्बन्धी अधिकार प्रदेशमा कम रहेको र केही अधिकार मात्र स्थानीय तहमा रहेको बताउँदै नेपालमा कृषि नै प्रमुख रोजगारीको क्षेत्र भएको बताउनुभयो ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार र यातायात क्षेत्रमा सुधारको प्रयास थालिएको छ । समस्यामा रहेका आयोजनालाई गति दिनेदेखि सेवा प्रवाहलाई चुस्त पार्न प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय लागिपरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार यस पटक ९२ प्रतिशत रोपाइँ मात्र भएको छ । सात वटा प्रदेशमध्ये सबभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ । अन्नको भण्डार मानिएको मधेश प्रदेशमा यस वर्ष ८२ प्रतिशत रोपाइँ मात्र भएको छ । गत वर्ष साउन २८ सम्म ९३ प्रतिशत रोपाइँ भएको थियो । मधेशमा चार लाख एक हजार ६५० हेक्टरमा खेती हुन्छ, त्यसमध्ये तीन लाख ३१ हजार १६५ हेक्टरमा मात्र रोपाइँ भएको छ । अर्थात् ७० हजार ४८५ हेक्टर क्षेत्रफलमा कम रोपाइँ भएको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
गायिका पुजन काफ्लेको स्वरमा रहेको तिज गीत ‘ए आमा गाउँदै नाच्ने हो’ सार्वजनिक भएको छ । गीतमा गायिका काफ्लेकै शब्द र आरसी रिमालको सङ्गीत छ । गायिका काफ्लेले तिजमा हर्षोल्लासका साथ मनाउनु पर्छ भन्ने भाव व्यक्त गरिएको बताउनुभयो । गीतको भिडियोमा गायिका काफ्लेसँगै मैया काफ्ले, कल्पना पाण्डे, पुनम काफ्ले, स्मृति भुजेल, कृति भुजेल, एलिजा काफ्ले, सरस्वती तामाङ, एन्जल काफ्ले, तारा लामा, उषा काफ्लेलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
कोहलपुरमा हाइजिन छविलाल खड्काको हाइकुसङ्ग्रह ‘वाटिका’ विमोचन गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर र ग्रिनपिस माविको समन्वयमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राज्ञ महानन्द ढकालले पुस्तक विमोचन गर्नुभयो । सो अवसरमा उहाँले २०४९ सालमा पहिलो कृति निकालेका कृतिकार खड्काले पछिल्लो समय साहित्यमा सक्रियता बढाउँदै साहित्यका विभिन्न विधामा कलम चलाएर कोहलपुरलाई चिनाएको बताउनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
साहित्य सन्ध्या कृबा पुरस्कार वरिष्ठ स्नायु तथा नसा रोग विशेषज्ञ डा. वसन्त पन्तलाई प्रदान गरिएको छ । साहित्य क्षेत्रमा विविध गतिविधि गर्ने उद्देश्यले ४० वर्षअघि स्थापित साहित्य सन्ध्याले २०७४ सालदेखि चिकित्सा क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्वलाई समेत सम्मान गर्न थालेको थियो ।