मङ्गलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बुधबारका लागि सरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन मङ्गलबार साउदी अरब प्रस्थान गर्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीको छायाका कारण राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेकपा (एमाले) नगएको बताउनुभएको छ।
सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा पनि तयार भएको छ । मङ्गलबार बिहान सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरू सम्मिलित कार्यदलले सो उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो ।
कागेश्वरी मनोहरा, नगरपालिका वडा नं. १ स्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालय, काठमाडौँका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धि विलास धितालविरुद्ध भ्रष्टाचार गरेको अभियोग लागेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विद्युत् उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पूरा गर्न लागि परेको बताउनुभएको छ ।
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।
बगनासकाली गाउँपालिका–६ का बोटे समुदायले अन्याय भएको भन्दै बगनासकाली गाउँपालिका कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङले शिष्टाचार भेट गर्नुभएको छ ।
मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका –४ कागबेनीमा गत आइतबार साँझ कागखोलामा आएको बाढीले श्री मुक्तिनाथ अन्नदान क्षेत्रको करिब ५ करोड रुपियाँ बराबरको क्षति भएको छ ।
छायाँनाथ रारा नगरपालिका–१० तल्लेखकी माया बुढा विद्यालयको कामको सिलसिलामा जिल्ला सदरमुकाम गमगढी आउँदा जाँदा गमगाढ खोला तर्नका लागि खोलामाथि राखिएका काठका दुई लाप्का भएर खोला तर्दा काँप्दै खोला तर्ने गर्नुहुन्छ ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरपालिकाले हाल महामारीको रूपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने बायो लार्भासित (जैविक औषधि) छर्किन लागेको हो ।
बाँके युनेस्को क्लबसँगको साझेदारीमा च्यारेटीले जिल्लाका खजुरा र राप्तीसोनारी गाउँपालिकाका अति विपन्न २१ परिवारलाई आयआर्जनका लागि चल्ला, दाना, भाडा वर्तन, खोर निर्माणका लागि जस्तापाता लगायतको सहयोग प्रदान गरेको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पार्टीका नेताहरुको प्रदेश र विभागको जिम्मेवारी तोकेको छ । सो पार्टीको सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको हो ।
अफ्रिकाको दक्षिण पूर्वको मध्यमा रहेको भूपरिवेष्ठित राष्ट्र जिम्बाबेमा अगस्ट २३ अर्थात् भोलि (बुधबार) आम निर्वाचन हुँदैछ । यो निर्वाचनले राष्ट्रपतिको चयन गर्नेछ ।