बाँकेको खजुरामा रहेको कपास विकास समितिलाई खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सर्वदलीय बैठकले सरकारसँग माग गरेको छ । खजुरास्थित कपास विकास समितिमा आयोजना गरिएको सर्वदलीय बैठकमा सहभागी सबै दलका स्थानीय नेताले समितिलाई खारेज गर्ने निर्णयले सयौँ किसान र व्यवसायी मर्कामा परेको ठहर गर्दै तत्काल निर्णय फिर्ता लिन माग गरेको हो ।
नेपालमा पहिलो पटक केरामा ‘पानामा’ रोग (टिआर–४) फेला परेको हो । केराका लागि यो रोगलाई निकै खतरनाक मानिन्छ । यसअघि टिआर–१ मात्र फेला परेको थियो तर पहिलो पटक कैलालीको टीकापुर क्षेत्रमा यो रोग फेला परेको पुष्टि भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जानकारी गराएको छ ।
सङ्घीय संसद्का दुवै सदनको गतिरोध हटाउने सन्दर्भमा सहमति जुटाउनका लागि सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठक बुधबार बस्ने भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार संसद्को काम कारबाही सुचारु गर्नका लागि प्रमुख प्रतिपक्षी दलका माग सम्बोधन गर्ने गरी निर्णायक संवाद गर्न शीर्ष नेताहरू छलफलमा जुट्नुहुने भएको हो।
विपन्न बिरामीको उपचारका लागि जलन उपचार कोष स्थापना गरिएको छ । सांसद डा. चन्द्र भण्डारी, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य संरक्षक रहने गरी कोष स्थापना गरिएको हो । कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख डा. किरण नकर्मीले सुरुवातमा १० लाख रुपियाँको अक्षय कोष कृषि विकास बैङ्कमा जम्मा गरेर कोष स्थापना गरिएको जानकारी दिनुभयो । उक्त कोषमा सांसद भण्डारीले एक लाख १०५ रुपियाँ प्रदान गर्नुभएको छ ।
सिआइबीका प्रमुख किरण वज्राचार्यले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान वस्तुगत र तथ्यपरक रूपमा भएको बताउँदै हिनामिना भएको सरकारी जग्गा पुनः राज्यका नाममा फिर्ता हुने आधार तय भएको दाबी गर्नुभयो।
११ मन्त्रालय रहेको बागमती प्रदेशमा मङ्गलबार यहाँ बसेको मन्त्रिपरिषद् बैठकले कार्यविभाजन बागमती प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेसँगै १२ वटा मन्त्रालय पुगेको छ।
हेटौँडा उपमहानगरपालिकाले हेटौँडामा मातृ शिशु सेवा सञ्चालनका लागि तयारी थाल्न हेटौँडा अस्पताललाई सहयोग उपलब्ध गराउने भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाका सदस्यले प्राकृतिक विपत् प्रभावितको समस्या समाधान गर्न माग गर्नुभएको छ। वर्षा याममा बाढी, पहिरोका कारण प्रदेशवासीको जनजीवन प्रभावित भएको भन्दै उहाँहरुले विपत् प्रभावितको समस्या समाधान गर्न प्रदेश सरकारसँग माग गर्नुभएको हो।
नेपाल विद्युत प्राधिकरण गोटागन्ती मिटर रिडर सङ्घर्ष समिति लुम्बिनीले प्राधिकरणको प्रादेशिक कार्यालय बुटवलमा धर्ना जारी राखेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत वितरण र निर्यातको लागि आवश्यक पर्ने पूर्वाधारका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरिहरेको बताउनुभएको छ।
तनहुँको भिमाद नगरपालिका –६, सेती नदीको किनार घुमाउनेमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा तेक्वान्दो मुख्यालय कुकिवनबाट छैटौँ डानको प्रमाण पत्र प्राप्त गर्नुभएको छ ।
मधेश प्रदेशमा बालविवाहका कारण बालबालिकाको मानसिक एवम् प्रजनन् स्वास्थ्यमा प्रतिकुल असर पर्नेगरेका कारण बालविवाह उन्मुलनका लागि तीनै तहका सरकारले योजनाबद्ध रूपमा कामकाज गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको अहिलेसम्म भएको विकास प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सम्भव भएको बताउनुभएको छ।
भारतीय रुपियाँ सटहीका लागि इलामको पशुपतिनगरस्थित राष्ट्रिय वाणिज्य बैङ्कले प्रक्रिया सुरु गरेको छ । वाणिज्य बैङ्कको विभागबाट भारतीय रुपियाँ सटही गर्न निर्देशनसहितको पत्र आएपछि आजबाट बैङ्कले प्रक्रिया थालेको हो ।