नेपाली कांग्रेसले विपक्षीले फैलाएको राजनीतिक एवम् अन्य भ्रम चिर्दै चार वटा प्रदेश सरकारको नेतृत्व गर्न सफल भएको यथार्थ विवरण जिल्ला मातहतमा बुझाउने काम भएको बताएको छ।
बागलुङको सबैभन्दा दुर्गम र विकट गाउँ निसेलढोर गाउँका स्थानीय जुमबहादुर बुढा मगर अहिले ७२ वर्षको हुनुभयो। निसिखोला गाउँपालिका–५,मा अवस्थित निसेलढोरबासी टुकी र दियालोको भरमा दैनिकी गुजारा चलाउँदै आएका छन् ।
राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ।
अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ ।
न्यायालयको नेतृत्व ३१औँ प्रधानन्यायाधीशका रुपमा आजदेखि विश्वम्भरप्रसाद श्रेष्ठको काँधमा आएको छ ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसद्को अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भूमिका खेल्न नसकेको बताउनुभएको छ ।
कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको जनगुनासोलाई गृह मन्त्रालयले कडाइपूर्वक सम्बोधन गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक रहेको बताउनुभएको छ ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार गत साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ ।
उत्तरी नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा खुर्सानी फलेको छ । तीन जना किसानले परीक्षणका रूपमा रोपेको खुर्सानी लटरम्मै फलेको छ ।
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको ‘दोस्रो आइएसएफ जिम्न्यासाइड–२०२३’ नेपालले बक्सिङबाट दुई कांस्य पदक जितेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले फर्मासिष्ट भन्दा फार्मेसीको सङ्ख्या बढी हुनुपर्ने बताउनुभएको छ ।
भनिन्छ ‘पढ्ने र सिक्ने कुनै उमेर हुँदैन’, पढाइ र सिकाइको महत्वबारे ज्ञान हुनेवित्तिकै इच्छा शक्ति हुने हो भने उमेरले पढ्न सिक्न छेक्दैन । भनाइलाई सार्थक बनाउनुभएको छ कोहलपुर–५ कि ६१ वर्षीया प्रेमकुमारी गिरीले ।
नेपालका कविर केसी र अभय महरा काठमाडौँमा जारी ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिपको यू– १७ पुरुष युगलतर्फ रजत पदकमा सीमित हुनुभएको छ ।