अछाम जिल्लाका विभिन्न स्थानीय तहमध्ये ढकारी गाउँपालिका साबिकका पाँच वटा गाविस ढकारी, हिच्मा, वलाता, ढुङ्गाचाल्ना र घोडासैन मिलेर बनेको हो। यस गाउँपालिकाको नामकरणको सन्दर्भमा स्थानीय जानकारका अनुसार बजार क्षेत्र रहेको ढकारीमा धेरै समय पहिला ढाक्रे (भरिया) हरूको थकाइ मार्ने स्थान भएकाले साबिकको ढकारी गाविस हुँदै पालिकाको नाम पनि ढकारी रहेको हो। गत वर्ष भएको स्थानीय तह निर्वाचनमा यस पालिकाको अध्यक्षमा नेपाली कांग्रेस अछामका जिल्ला कार्यसमिति सचिव ४४ वर्षीय प्रकाशबहादुर साउद निर्वाचित हुनुभएको थियो। कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण
सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूलाई सवारीसाधनलगायत सुविधा बढाउन नियमावली नै संशोधन गर्ने तयारी भएको छ। प्रदेश सभा नियमावली २०७४ संशोधन गर्न लागिएको हो। नियमावली संशोधन गर्नका लागि नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्ताव सोमबार बसेको प्रदेश सभा बैठकबाट बहुमतले पारित भएको छ। मस्यौदा समितिको सदस्यमा प्रदेश सभा सदस्यहरू विक्रमसिंह धामी, मानबहादुर धामी, सुरेन्द्रबहादुर पाल, खुसीराम डङ्गौरा थारू, प्रकाश रावल, खेमादेवी विष्ट र डा. ताराप्रसाद जोशी रहनुभएको छ।
विराटनगरमा अव्यवस्थित ढङ्गले चलेका बजारका खुद्रा मासु पसलले अस्वस्थ्यकर माछा तथा मासु बिक्री गर्ने गरेको भन्दै यसको नियन्त्रण गर्ने अभियान सुरु भएको छ ।
रूपन्देहीको सैनामैना नगरपालिकाले पुराना तथा ऐतिहासिक थारू गाउँको विकास तथा संरक्षण गर्ने उद्देश्यले उज्यालो अभियान सुरु गरेको छ। नगरपालिकाले पाँच वटा पुराना थारू गाउँ सालझन्डीको बिचौवापुर, पर्रोहाको पर्रोहा गाउँ, बुद्धनगरको पकलभेडवा, रामापुरभित्रको भड्छा र ताली गाउँलाई उज्यालो गाउँ बनाउने अभियान सुरु गरेको हो। सो अभियान सञ्चालनका लागि गत वर्षदेखि बजेट उपलब्ध गराएर धमाधम निर्माणको काम भइरहेको पालिकाले जनाएको छ। सडक, बिजुली, खानेपानीलगायतका पूर्वाधार नहुँदा वर्षायाममा यहाँ घुँडा घुँडासम्म हिलोमा हिँड्नुपर्ने बाध्यता छ।
तीन पटक म्याद थपिँदासमेत भेरी अस्पताल नेपालगन्जको नयाँ तथा अत्याधुनिक भवन निर्माणको काम पूरा हुन सकेको छैन। २५० शय्याको सो अस्पताल भवनको निर्माण पूरा गरेर हस्तान्तरण कार्यमा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष प्रभाव बिरामीलाई परेको छ। भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले अस्पताल भवन जस्तो संवेदनशील संरचनाको निर्माणमा समेत ढिलाइ गरिनु निकै दुःखद भएको बताउनुभयो। तीन तीन पटकसम्म म्याद थप गरिँदासमेत अझै भवन निर्माण पूरा गर्नेतर्फ निर्माण कम्पनीले ध्यान नदिएको गुनासो उहाँको छ। भवन नहुँदाको प्रत्यक्ष असर उपचारका लागि आउने बिरामीलाई परिरहेको उहाँले बताउनुभयो।
राष्ट्रिय अपाङ्ग महासङ्घ–नेपालले अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकार कार्यान्वयनको अवस्थाका बारेमा अनुगमन गर्न माग गरेको छ । महासङ्घले सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई ध्यानाकर्षणपत्र बुझाउँदै अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ कार्यान्वयन तथा अनुगमन गर्न माग गरेको हो ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) हुप्सेकोट गाउँपालिका–५ बागखोरकी २८ वर्षीया दिलमाया सोमै मगर झरी परेको दिन निदाउन सक्नुहुन्न । दुई वर्षअघिको पहिरोसँगै आफू बस्दै आएको गाउँ नै भासिएपछि उहाँसहित १८ घरपरिवार पूर्णरूपमा विस्थापित भएको त्रासदीपूर्ण दिनको सम्झाना अझै बल्झिरहेको छ ।
कालिगण्डकी कोरिडोर अन्तर्गतको दाना–खुर्कोट प्रसारण लाइनको टावर पहिरोको उच्च जोखिममा परेको छ । २२० केभिए क्षमताको दाना–खुर्कोट प्रसारण लाइन अन्तर्गतको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित फगाम गाउँको गम्फु भन्ने स्थानमा निर्माण गरिएको टावर पहिरोको जोखिममा परेको हो । प्रसारण लाइनको टावर देखि तल गुइठेको भिरमा ठूलो पहिरो खसेका कारण टावर उच्च जोखिममा परेको दानाका वडाध्यक्ष रमेश पुर्जाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘बेनी–जोमसोम कोरला सडक देखि सुरु भएको पहिरो टावर रहेको भागसम्म पहिरो पुगिसकेको छ, उच्च
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । उहाँका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ ।
म्याग्दीको एक मात्रै सरकारी अस्पताल बेनी अस्पतालले जनशक्ति अभाव हुँदा पेडियाट्रिक (बच्चा) वार्ड छुट्टै सञ्चालन गर्न अप्ठ्यारो भएपछि मेडिकल वार्डमा गाभेर सेवा दिन थालेको छ। बच्चा वार्डका साथै सर्जिकल वार्ड सञ्चालनमा समेत अप्ठ्यारो परेकाले त्यसलाई पनि भाभिएको छ।
बाढी आएर खोलाको बाटो बिगारेपछि यातायात सञ्चालन हुन छाड्दा सर्लाहीको उत्तरी चुरेभेगका बासिन्दाको दैनिकी कष्टकर बनेको छ ।
परम्परागत खेतीबाट खासै आम्दानी नहुने र परिवार पाल्न पनि धौ धौ हुन थालेपछि मनाङका कृषक नगदे बालीतर्फ उन्मुख भएका छन्। स्याउ, मकै, भटमास, आलु र राजमाको खेती गर्ने किसान स्याउ खेती विस्तारमा लागेका छन्। परम्परागत यी बालीबाट राम्रो आम्दानी नभएपछि यहाँका किसान अहिले उच्च प्रविधिको इटाली र सर्बियाबाट ल्याइएको धेरै फल दिने फुजी, गाला, गोल्डेन र रेड डिलिसिस जातका स्याउ खेती विस्तारमा लागेका हुन्।
नेपालको भौगोलिक हिसाबले सबैभन्दा ठुलो तर जनसाङ्ख्यिक हिसाबले सबैभन्दा सानो प्रदेश हो कर्णाली । हिमाली र पहाडी भूभागका प्राकृतिक सम्पदा, संस्कृतिले पूर्ण कर्णाली नेपालकै पुरानो खस सभ्यताको मूल थलो हो । जडीबुटीको भण्डार यहाँ नै नेपालको सबैभन्दा गहिरो ताल से फोक्सुन्डो र ठुलो ताल रारा छन् । प्राचीन सभ्यता, अनेक जडीबुटी, सुन्दर भौगोलिक दृश्य, जलसम्पदाको धनी कर्णाली मानवविकास सूचकाङ्कमा नेपालको सबैभन्दा पछाडि परेको छ । विगतको केन्द्रीकृत राज्यप्रणालीले दुर्गम, अविकसित र गरिबीको विशेषण बोकाएको कर्णालीले सङ्घीय प्रणालीमार्फत समान अधिकार पाए पनि अझै हेपिएको
व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी गर्नु तथा आफूलाई प्राप्त अधिकारको दुरुपयोग गर्नु भ्रष्टाचार हो । यसलाई व्यक्तिगत फाइदाका लागि गरिने राज्यविरुद्धको अपराध तथा सार्वजनिक पदाधिकारीको अनैतिक व्यवहार वा क्रियाकलापको रूपमा लिने गरिन्छ । सार्वजनिक जीवनमा स्वीकृत मूल्यमान्यताविरुद्धको आचरणको रूपमा रहेको भ्रष्टाचार नीतिगत, प्रक्रियागत, संस्थागत र व्यक्तिगत स्वरूपको बारेमा चर्चा गर्ने गरिए तापनि भ्रष्टाचारको मूल जडको रूपमा रहेको बौद्धिकताको प्रयोग गरी गरिने राज्यविरुद्धको आर्थिक तथा सामाजिक अपराधको चर्चा सार्वजनि
अचेल समाज परिवर्तनका नाममा आफ्नो काम गर्ने संस्कार पनि परिवर्तन हुन थालेको छ । आफ्नो काम आफैँ गर्दा सानो भइन्छ कि भन्ने आडम्बरभित्र समाज घेरिएको जस्तो आभास हुन थालेको छ । भाषण, मन्तव्य तथा विश्लेषण ठुल्ठुलो तहकाले गर्ने तर सानो पनि काम नगर्ने पद्धतिको अभ्यास समाजभित्र भइरहेको छ । जसको कारणले समाजले मुलुकको आर्थिक विकासमा दिनुपर्ने योगदानमा असर परिरहेको छ । पछिल्ला दिनमा नेपाली समाज अति सामान्य काम कुरामा समेत परनिर्भर बन्दै गएको छ । नीतिनिर्माण तहमा बसेका अधिकारीदेखि राजनेताले कुरा गर्दा मुलुकलाई समृद्ध बनाउने, उत्पादन बढाउने र निर्यात गर्दै मुलुक