नापी कार्यालय, लहान सिरहामा कार्यरत अमिन दीपरन्जन यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।
इजिप्टको बेरोजगारी दर चालु वर्षको दोस्रो त्रैमासिकमा ०.१ प्रतिशतले घटेर ७ प्रतिशतमा पुगेको छ । देशको तथ्याङ्क निकाय क्यापमासले मङ्गलबार जारी गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।
नेपाली सेनाले बाढी पहिरोबाट प्रभावित स्थानहरुमा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् । नेपाली सेनाका अनुसार बाढी पहिरोबाट प्रभावित कालिकोट, चितवन, रौतहट र मुगुका विभिन्न स्थानहरुमा उद्धार कार्यलाई निरन्तरता दिएका हुन् ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका –८ याम्फुदिनमा रहेको खाँगे झरना पर्यटकको पर्खाइमा रहेको छ । हालसम्म प्रवद्र्धन र आवश्यक प्रचार प्रसारको अभावले ओझेलमा परेको खाँगे झरना पर्यटकको पर्खाइ गर्न बाध्य भएको हो ।
सङ्घीय संसदमा उपस्थित राष्ट्रिय मान्यताप्राप्त सात दलहरूबीच दुई बुँदे सहमति भएको भएको छ । यो सहमतिसँगै अब सदनका कारबाही सुचारु हुने भएको छ ।
केरा ओइलाउने (पानामा) रोगको नयाँ प्रजाति ट्रोपिकल रेस ४ (टीआरफोर) पहिलो पटक नेपालमा फेला परेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायले गरेको अनुसन्धानले टीकापुरका केरा बगैँचामा पानामा टीआरफोर रोग लागेको फेला परेको हो ।
विराटनगर महानगरपालिका–९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।
घरायसी कामदेखि होटल व्यवसाय, विकास निर्माणलगायतका कामका सिलसिलामा अन्य जिल्लाबाट मनाङ भित्रिएका कामदारका बालबालिकाले मनाङका विद्यालय सञ्चालन हुनेगरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङमा भएका बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो ।
अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकाभित्रका साँघुरा, कालोपत्र नभएका र खाल्डाखुल्डी भएका सडक अविरल वर्षाका कारण पानी जम्न थालेपछि सवारी आवागमन समस्या भएको हो ।
डिभिजन वन कार्यालय डडेलधुरामा एक साता यता कामकाज ठप्प भएको छ । योजना शाखामा ताला लगाई कर्मचारी घरबिदामा बस्दा कार्यालयको कामकाज ठप्प भएको हो ।
सगरमाथा आरोही सुशील शेर्मालाई लागेको थिएन कि रसियाको माउन्ट एल्ब्रस हिमाल आरोहण तुलनात्मक रूपमा कठिनाइ होला ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेका जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरूले शिष्टाचार भेट गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गौतम मिश्रका अनुसार अहिलेसम्म आठ जनाको शव निकालिएको छ ।
स्वरोजगारको रूपमा घरमा बसेर, सिलाइ, बुनाइ, इम्ब्रोइडरीलगायतका सिपमूलक काममार्फत आय आर्जन गर्ने नेपाली गृह श्रमिक (होम वेस्ड वर्कर) ले घर खर्च चलाउन ६२ प्रतिशत योगदान पुर्याइरहेको सर्वेक्षणले देखाएको छ ।