जिल्ला प्रशासन कार्यालयले अनुमतिबिना खाना पकाउने ग्यास बेच्ने पसललाई विक्रीमा रोक लगाएको छ । प्रशासनले गरेको अनुगमनमा विक्री अनुमति लिएको नपाइएपछि जिरो किलोमिटर र कुलधारामा रहेका दुई पसललाई ग्यास बेच्न नपाउनेगरी रोक लगाइएको हो ।
भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान–३ अवतरण गरेर इतिहास बनाएको छ। चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान अवतरण गरेर भारतले अन्तरिक्ष यात्रामा इतिहास बनाएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको भनिएका पूर्व प्रधानमन्त्रीलाई सरकारले छानबिनको दायरामा नल्याएको भन्दै आपत्ति जनाउनुभएको छ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टी–स्टेट जग्गाबारे अनुसन्धान गर्न आवश्यक भएमा सरकारले अनुसन्धान गर्नसक्ने बताउनुभएको छ ।
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौँ र नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जले संयुक्त रूपमा प्रहरी एकेडेमी मैदानमा शनिबार ‘आऊ खेल खेलौँ’ नामक खेलकुद दिवस आयोजना गर्दैछ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवम् सांसद योगेशकुमार भट्टराईले सुन तस्करी छानबिनका लागि सरकार आफैँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई स्वतन्त्रतापूर्वक काम गर्न नदिएको आरोप लगाउनुभएको छ।
राजर्षि गुरुकुल स्कुलको आयोजनामा बुधबारदेखि सुरु भएको आरजी इन्टर स्कुल फुटसल प्रतियोगितामा लर्निङ जोन एकेडेमीले दोहोरो जित हात पारेको छ ।
सर्वोच्च अदालतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको विवाद पुनः असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हन्ना सिंगर–हम्दीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
वैदेशिक रोजगारीको प्रलोभन देखाइ एक लाख ५० हजार ठगी गर्ने सुमन बुढाथोकीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा आबद्ध लिग खेल्ने विभिन्न ३२ क्लबहरूले एन्फाको भदौ २४ गते बोलाइएको विशेष साधारणसभा भौतिक उपस्थितिमा संचानल गर्न माग गरेका छन् ।
स्याङ्जामा प्याजको मूल्य दोब्बरले बढेको छ । गएको हप्ता प्रतिकेजी ६० देखि ६५ रुपियाँ रहेको प्याजको मूल्य पछिल्लो दिन प्रतिकेजी एक सयदेखि एक सय १० रुपियाँसम्म विक्री गरिएको छ ।
नेपाली कांग्रेसले धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लामा सञ्चालित आँखा उपचार केन्द्रहरूको स्तरोन्नतिका लागि नेत्रज्योति सङ्घ र आईकेयर फान्डेशनका बिचमा सम्झौता भएको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका-२, लुलाङबासी एक महिनादेखि अन्धकारमा बस्न बाध्य छन् । गत असार २८ गते अविरल वर्षासँगै खसेको पहिरोले मरेनीस्थित दरखोला दोस्रो जलविद्युत परियोजनाको विद्युत गृह बगाउँदा विद्युत आपूर्ति बन्द भएको हो ।