उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा संसद्को गतिरोध अन्त्य भएसँगै जनताका समस्यामाथि छलफल गर्ने वातावरण निर्माण भएको बताउनुभएको छ।
चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको ब्याडमिन्टनमा सहभागी हुने नेपाली टोलीलाई बुधबार केल्मीको ट्रयाक सुट प्रदान गरिएको छ ।
बाणगङ्गा नदी कटानका कारण चिन्तित बनेको खोरियावासीको समस्या समाधान हुने भएको छ । गत साता लगातार वर्षाका कारण नदीमा बनाएको पक्की बाँध नै भत्काएपछि स्थानीय समस्यामा परेका हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुनेभएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दैआएको थियो ।
अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा सामान्य असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घको आयोजनामा ५५औं एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स प्रतियोगिता भदौ १५ गतेबाट नेपालमा हुने भएको छ ।
मधेश प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा दिगो विकासका लक्ष्यलाई ध्यानमा राखी निर्माण गर्न वक्ताले आग्रह गर्नुभएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९ दशमलव ४७ अङ्कले बढेर दुई हजार ४५ दशमलव ४५ अङ्कमा कायम भएको छ ।
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानका लागि विभिन्न जिल्लामा तयारी बैठकहरू जारी राखेको छ ।
कैलालीमा डेङ्गुका बिरामी बढ्दै गएकाले रोकथामको अभियानलाई अझ प्रभावकारी बनाउन जरुरी रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक केही समय ढिला सुरु भएको छ ।
धादिङको गजुरी गाउँपालिका,२ चालिसेस्थित छहराको बस दुर्घटना हुँदा मृत्यु भएका आठ जनामध्ये चार जनाको सनाखत भएको छ।
डिभिजन वन कार्यालय तनहुँले दमौलीस्थित कार्यालय परिसरमा वन्यजन्तु उद्धार केन्द्र निर्माण गरेको छ ।
नेपालले मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ । बायोमास ओभल रंगशालामा बुधबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ३४ रनले हरायो ।
भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ । काठमाडौंको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् ।