• २५ वैशाख २०८१, मङ्गलबार

इजिप्टमा २० लाखभन्दा बढी नागरिक बेरोजगार

blog

इजिप्ट, भदौ ६ गते । इजिप्टको बेरोजगारी दर चालु वर्षको दोस्रो त्रैमासिकमा ०.१ प्रतिशतले घटेर ७ प्रतिशतमा पुगेको छ । देशको तथ्याङ्क निकाय क्यापमासले मङ्गलबार जारी गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।

देशभर १२ लाख पुरुष र नौ लाख ४१ हजार महिलासहित २० लाखभन्दा बढी नागरिक बेरोजगार रहेको बताइएको छ । ६१.८ प्रतिशत बेरोजगार नागरिकहरु १५ देखि २९ वर्ष उमेर समूहका छन् ।

गत वर्षको यही अवधिमा भन्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १.३ प्रतिशतले वृद्धि भएको छ । इजिप्टको वार्षिक मुद्रास्फीति दर जुलाईमा बढेर ३८.२ प्रतिशत कायम भएको थियो । सिन्ह्वा