चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ स्थित ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण गर्न लागिएको हो ।
सर्केगार्ड गाउँपालिका– ६ को बराई गाउँका स्थानीयको घरघरमा खानेपानीका धारा जडान गर्ने वर्षौदेखिको सपना पुरा भएको छ । सो गाउँका लागि पागरपानी खानेपानी योजना निर्माण भएर सञ्चालनमा आउदा स्थानीयको सपना पुरा भएको हो । बराई गाउँका स्थानीय धनलाल टमटाले वर्षौदेखि घरघरमा धारा जडान गरेर खानेपानी प्रयोग गर्ने बराईवासीको सपना अहिले आएर पुरा भएको बताउनुभयो । यसअघि सो गाउँका स्थानीय बासिन्दाहरु गाउँ नजिकैको मुलको पानी प्रयोग गर्दै आउनु भएको थियो ।
भेटमा होलान र राजदूत खत्रीबीचको भेटघाटमा नेपाल–अमेरिका सम्बन्धको बहुआयामिक पक्ष, प्रजातान्त्रिक स्थिरता र नेपालको आर्थिक विकासमा अमेरिकाको आर्थिक सहायतालगायत पक्षमा छलफल भएको थियो ।
२०४८ सालमा रुखबाट लडेर ढाडको मेरुदण्ड भाँचियो । उपचारका लागि धेरै ठाउँमा भौँतारियो । धेरै रकम खर्च भयो । तर केही सिप नलागेपछि तीन वर्ष बेडमै बित्यो । अहिले पनि दिनहुँ नसाको औषधी खाइराख्नुपर्छ । ह्वील चेयरमा बसेर हिँडनुको विकल्प छैन । कावासोती नगरपालिका वडा नम्बर ७ को ऐलानी जग्गमा बसिरहेका ६० वर्षीय चुडामणि बोहरा २६ वर्षदेखि ह्वील चेयरमा हुनुहुन्छ । उहाँले गोठभरी दुहुना भैँसी पाल्नु भएको छ । एउटा पाडीबाट सुरु भएको भैँसी पालन केही वर्षअघिसम्म २२ वटा दुहुना भैँसीसहित पाडापाडी गरेर ३२ वटा पुगेका थिए । भैँसी स्याहार गर्ने सबै जिम्मा चुडामणिकै हो । भैँसीहरुलाई घाँस पराल गर्ने, पानी कुँडो दिने, दुहुने, गोबरसोत्तर गर्ने सबै काम चुडामणिको भरमा छ ।
सडक अवरुद्ध भएपछि दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नं. ७ र ८ का पहिरोपीडितले राहत पाउन सकेका छैनन् । पहिरोपीडित दुवै वडाका ६५ घरपरिवारलाई दाताले राहत दिन खोजे पनि पाउन नसकेको बताइएको छ ।
मुस्ताङको धार्मिक स्थल कागबेनीमा अघिल्लो हप्ता आएको बाढीले एक अर्ब रुपियाँ बराबरको क्षति पुर्याएको विवरण सार्वजनिक गरिएको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा गत साउन २८ गते कागखोलाको बाढीले ठूलो भौतिक क्षति पुर्याएको थियो । मंगलबार गाउँपालिकाले बाढीले पुर्याएको क्षतिको विवरण सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले किर्ते नागरिकताका दोषी र बलात्कार आरोपीलाई पक्राउ गरेको छ । किर्ते नागरिकताका दोषी फिदिम नगरपालिका–१४, का मेखबहादुर राई र बलात्कारका आरोपी मिक्लाजुङ गाउँपालिकाका ५० वर्षीय गंगा राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
१. फिफा महिला विश्वकप फुटबल प्रतियोगिता, २०२३ को उपाधि जित्ने राष्ट्र कुन हो ? स्पेन – इङ्ग्ल्यान्डलाई १–० गोल अन्तरले हराएर स्पेनले सो उपाधि जितेको । – महिला फुटबल विश्वकपमा स्पेन तेस्रो सहभागितामा नै उपाधि जित्न सफल भएको । – पुरुष र महिलातर्पm विश्वकप ट्रफी उचाल्ने जर्मनीपछि स्पेन दोस्रो राष्ट्र बनेको । – प्रतियोगितामा स्विडेन तेस्रो तथा अस्ट्रेलिया चौथो बनेको ।
शिक्षासम्बन्धी अधिकारको बाँडफाँट १. नेपालको संविधानमा शिक्षासम्बन्धी अधिकारको तहगत बाँडफाँट के–कस्तो रहेको छ ? उल्लेख गर्दै विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न स्थानीय तहको भूमिका के हुन सक्दछ ? प्रचलित कानुनी व्यवस्थासमेत विचार गरी जवाफ दिनुहोस् । सङ्घीय नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ । संविधानले तीनै तहका अधिकारहरू निर्धारण गरेको छ । एकल र साझा अधिकारका रूपमा वर्गीकरण गरिएका यी अधिकारको कार्यान्वयन गर्न तहगत समन्वय र सहकार्यमा जोड दिइएको छ । संविधानले शिक्षासम्बन्धी विषयलाई एकल र साझा अधिकारका रूपमा तीनै तहका सरकारको जिम्मामा छाडिदिएको छ । नेपालको संविधान अनुसार शिक्षासम्बन्धी अधिकारको तहगत बाँडफाँट
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
लघुकथा समाज नेपालले लघुकथाको श्रीवृद्धिमा योगदान पु-याउने तथा लघुकथा प्रतियोगितामा उत्कृष्ट हुने साहित्यकारलाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ । १६ औँ लघुकथा दिवसका अवसरमा समाजद्वारा मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रममा वरिष्ठ कथाकार लता केसीलाई नगदसहित ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०८०’ प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ आख्यानकार भागीरथी श्रेष्ठलगायतले उहाँलाई समाजको तर्फबाट सम्मान गर्नुभएको हो । नेपालको साहित्य इतिहासमा पहिलो पटक २००७ सालमा लघुकथासङ्ग्रह प्रकाशित गर्नुभएका पूर्णप्रसाद ब्राह्मणको नाममा सो पुरस्कार स्थापना गरिएको हो ।
साहित्यकार एवं गीतकार ज्ञानप्रसाद भट्टराईको नयाँ राष्ट्रिय गीत ‘माटोको माया’ सार्वजनिक भएको छ । गीतमा गायक नीमा शेर्पा र गायिका पुजन मिश्रले आवाज दिनुभएको छ । सङ्गीत संयोजन र गीतको एरेन्ज कमल अधिकारीले गर्नुभएको छ । त्यस्तै भिडियो निर्देशन र छायाङ्कन विजयराज भुर्तेलले गर्नुभएको हो । गीतमा राष्ट्रभक्त नेपालीले आफ्नो देशप्रति दर्शाएको माया र सद्भाव देख्न सकिन्छ । गीतकार भट्टराई विगत तिस दसकदेखि शिक्षण पेसामा आबद्ध हुनुहुन्छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
थाई एयरवेजले बैङ्कक–काठमाडौँ उडान पुनः सुरु गर्ने भएको छ । सन् १९६८ डिसेम्बर ४ मा नेपालमा पहिलो पटक जेट इन्जिन जहाजमार्फत उडान भरेको थाई एयरवेजले कोरोना महामारीका कारण बैङ्कक–काठमाडौँ नियमित उडान बन्द गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई एयरवेजले कात्तिक १५ देखि नेपालमा पुनः उडान सुरु गर्न लागेको हो ।
आफूले दैनिक बिक्री गरेको दुधमा बागमती प्रदेश सरकारबाट थप प्रोत्साहन रकम प्राप्त गरेपछि जिल्लाको बेथानचोक गाउँपालिकाका किसान खुसी भएका छन् । प्रदेश सरकारबाट दुधमा उत्पादनमा आधारित अनुदानको रकम बेथानचोकका करिब दुई सय किसानले प्राप्त गर्दै आएका छन् ।