काठमाडौं, भदौ ५ गते। मङ्गलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बुधबारका लागि सरेको छ।
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार मङ्गलवार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बुधबार दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको हो।
बैठक विशेष कारणले बस्न नसक्ने भएपछि प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख देवराज घिमिरेले बैठक बुधबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको हो।